
विश्व वातावरण दिवसको उपलक्ष्यमा अखिल नेपाल तेक्वान्दो संघ -एन्टा) ले राजधानीमा जनचेतना जगाउने उद्देश्यले विभिन्न प्लेकार्डसहित प्रभातफेरि गर्यो । एन्टाका महासचिव, विश्व तेक्वान्दो संघका अन्तर्रर्ााट्रय रेप
|mी तथा प्रशिक्षक अनुयाज गौतमको नेतृत्वमा एन्टाका सिनियर प्रशिक्षकहरु टीकादत्त दाहाल, अनिल श्रेष्ठ, मीरा देउला, पदम राना, सपना श्रेष्ठ, कविराज नेगी, रीना र्राई, कृष्ण गुरुङलगायत ३५० खेलाडीले गौशालाको पिंगलास्थान बाट निकालिएको जनचेतना र्यालीले का.म.न.पा. वडा नं.८, ९, १० र ३४ का विभिन्न स्थानको परिक्रमा गरी, बानेश्वर चोक हुँदै पुनः गौशाला आई र्यालीको विर्सजन गरे ।धुवाँ र धूलो हटाउँ वातावरण स्वच्छ बनाउँ, ध्वनी प्रदुषण नियन्त्रण गरौं, रुख रोपी हरियाली जोगाऔं भन्ने जस्ता सन्देश लेखिएका विभिन्न प्लेकार्डसहितको र्यालीले जनमानसलाई केही हदसम्म भए
पनि वातावरण प्रदूषणप्रति घचघच्याउन सफल भइन्छ भन्ने विश्वास लिइएको कार्यक्रम संयोजक गौतमले बताउनुभयो ।