चिनिया नेता नेपाल आउँदै
July 01 2009
काठमाण्डौं असार १७ । चिनिया कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य तथा नेपालका लागि पूर्वराजदूत झाङ जिउह्वान आज काठमाण्डौँ आउँदै हुनुहुन्छ । उहाँ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कुटनीतिक भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो । परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासले भ्रमणबारे औपचारिक जानकारी नदिए पनि उहाँ आज विहानै नेपाल आइपुग्ने र साढे ११ बजे परराष्ट्रमन्त्री सुजाता कोइरालासँग भेट गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ । भेटमा नेपालमा तिब्बतविरोधी गतिविधि रोक्न आग्रह गर्नुका साथै नेपाल भारत सुपुर्दगी सन्धिबारे छलफल हुने बताइएको छ । त्यसैगरी प्रधानमन्त्री माधवकुमार नेपालको आसन्न चीन भ्रमणका एजेन्डाबारे पनि छलफल हुनेछ । पूर्वराजदूत झाङको भ्रमणको अवधिबारे औपचारिक जानकारी दिइएको छैन । उहाँ सन् १९९५ नोभेम्बरदेखि १९९८ मे सम्म नेपालका लागि चिनिया राजदूतको रुपमा रहनुभएको थियो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस