REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
र्दुघटनामा मृत्यु भएकाका आफन्तद्धारा सडकमा अवरोध
July 01 2009

गणेश आचार्य, दाङ । घोराहीमा हिजो भएको सवारी र्दुघटनामा तीन जनाको मृत्यु भएपछि मृतकका आफन्तले अबरुद्ध गरेको घोराही लमही सडकखण्ड अझै सुचारु भएको छैन । मृतकका आफन्तले सडकमै शव राखेर अबरुद्ध गरेका छन् ।

सडक खुलाउने बिषयमा आज बिहान १० बजे छलफल हुने दाङका प्रहरी प्रमुख टिकाराम सिजवालले बताउनुभएको छ । यातायात समितिका पदाधिकारी सर्म्पर्कमा नआएकाले वार्ता हुन ढिलाई भएको बताए । चौघेराबाट घोराहीतर्फ आउदै गरेको ना ३ ख ४९०१ नम्बरको बस र घोराहीबाट लमहीतर्फजादै गरेको रा १ प ३८७९ नम्बरको मोरटसाइकल घोराही नगरपालिका-४ कटुवाखोला नजिक ठोक्किदा हिजो मोटरसाइकलमा सवार ढिकपुर-४ बस्ने २७ बर्षिय दिपेन्द्र बिक र रामपुर-४ निबासी ३० बर्षिया अञ्जु बिक तथा पैदल यात्री घोराही नगरपालिका-६ गिठेपानीका ३० बर्षीय राजु बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।

र्दुघटनामा घोराही-६ गिठेपानीका प्रेमबहादुर र्घर्ती र लोकबहादुर बुढा घाइते भएका छन् । घाइतेको नेपालगञ्जमा उपचार भैरहेको छ ।यसैबीच केही दिनअघि जिपको छतबाट खसेर एकजनाको मृत्यु भएपछि मृतकका आफन्तले क्षतिपूर्तीको माग गर्दै हिजो दिउंसोदेखि अबरुद्ध गरेको तुलसीपुर-घोराही, तुलसीपुर-सुर्खेत र तुलसीपुर-सल्यान सडक पनि अझै सुचारु भएको छैन । आइतबार विहानैदेखि तुलसीपुर-हापुरे सुर्खेत सडक खण्ड अवरुद्ध गरेका आफन्तले हिजोदेखि थप सडक अबरुद्ध गरेका हुन् । धनौरीको रगैचाबाट तुलसीपुरतर्फ आउदै गरेको ना १ ज १३७६ नम्बरको जिपको छतबाट खसेर केहिदिनअघि तुलसीपुर नगरपालिका-८ दुधेना निवासी २१ वर्षीय सन्तोष वलीको ज्यान गएको थियो । बिभिन्न र्दुघटनाका कारण सडक अवरुद्ध भएपछि पर्ूवपश्चिम राजमार्ग बाहेक जिल्लाका अन्य सडकमा कुनै पनि यातायातका साधनहरु चल्न सकेका छैनन् । जिल्लाभरी नै यातायात ठप्प हु"दा जनजीवन कष्टकर भएको छ ।

 

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.