REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
मधेशी युवा फोरम नेपालद्धारा पार्टी विभाजनबाट रोक्न अध्यक्ष यादवलाई दबाब
July 01 2009

काठमाडौं, असार १७ । मधेशी युवा फोरम नेपालले मातृ दल मधेशी जनअधिकार फोरमको एकताका लागि दबाब सृजनागर्ने कार्यक्रम ल्याएको छ । आज फोरमको गच्छेदार समूह निकट युवाहरुले रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी युवा फोरम पुनगठन घोषणा गर्दै अध्यक्ष उपेन्द्र यादवलाई संसदीय दल विजयकुमार गच्छेदारसहितका नेतामाथि कारबाही गर्ने निर्णय फिर्ता लिई एकताका लागि गम्भीरतापूर्वक काम गर्न आग्रह गरेका छन् ।

युवा फोरमका अध्यक्ष मोहम्मद युसुफ साफीले उपाध्यक्ष रामबाबु यादवलाई विधान विपरित काम गरेको भन्दै निष्काशन घोषणा गरेका छन् । साफीले तत्काल पार्टी एकताका लागि दबाब सृजना गर्न सबैलाई आग्रह गरे । उनले भने, संसदीय दलका नेता विजयकुमार गच्छेदारमाथिको कारबाही तत्काल फिर्ता लिई पार्टीलाई एकढिक्का बनाउनुको विकल्प छैन ।

पुर्नगठन पछि उनकै अध्यक्षतामा नयां कार्यसमिति गठन भएको हो । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हिरालाल लोनियां बांके, उपाध्यक्षहरु अजयकुमार चौधरी र्सलाही र ध्रुवनारायण चौधरी सुनसरी, महासचिव रामअवतार ठाकुर सुनसरी, सचिव मदन यादव नवलपरासी, सहसचिव मोहम्मद आमामुदिन हवारी सहसचिव पर्सा, कोषाध्यक्ष सन्तोषकुमार मिश्र कपिलवस्तु सदस्यहरुमा पुनदेव चौधरी, शिवराम यादव, सल्मा खातुन, जनकलाल उराउ, खुलाराम थारु, सुशील शर्मा, मोहम्मद रफिक, रितु शाही, गेन्दाकुमारी थरुनी, सुशील रोकाय, मनोजकुमार चौरसिया, नागेन्द्र मण्डल, भेषनारायाण चौधरी, नसरुद्दिन अन्सारी, त्रिलोकचन्द सदरार थारु, सुनिता दास, रामदेव थारु, रामसेवक माझी थारु, मोहम्मद तवरेज हक, शहदेव यादव, हरिकिसुन मेहता, मोहम्मद मोसाहिद हुसेन, त्रिलोकी चौधरी,मोहम्मद सैदर अन्सारी र कन्हैयालाल साहु छन् ।

महासचिव रामअवतार ठाकुरले युवा फोरम मधेशको युवालाई सशक्त बनाउन सक्रिय हुने बताए । उनले पार्टी एकतामा जोड दिए ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
लोडसेडिङ बढयो
[March 11 2010]
काठमाडौ२८ फागुन । नेपाल विद्युत प्रधिकरणले लोडसेडिङको समय १ घण्टा थप गरेकेा छ । दैनिक ११ घण्टा हुदै आएको लोडसेडिङ आजदेखि दैनिक १२ घण्टा हुने भार
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Beema Sansthan Press Bigyapti
Suvakamana
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.