REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
सरकारद्धारा राजनीतिक नियुक्ति
July 01 2009

काठमाडौं, असार १७ । सरकारले राजनीतिक नियुक्तिहरु गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संचारलगायतका क्षेत्रहरुमा नियुक्तिहरु गरेको हो ।

नेपाल टेलिभिजनका कार्यकारी निर्देशकमा कुन्दन अर्याल, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षमा विजय चालिसे, महाप्रबन्धकमा शम्भु श्रेष्ठ, चलचित्र विकास बोर्डको अध्यक्षमा अमर गिरी, राससको कार्यकारी निर्देशकमा बालकृष्ण चापागाइं, गुठी संस्थानका अध्यक्षमा नारायाणप्रसाद आचार्य नियुक्त गरिएको सरकारका प्रवक्ता समेत रेहका सूचना तथा संचारमन्त्री शंकर पोखरेलले बताए ।

बैठकले काठमाडौं उपत्यकाको फोहोरको दीघकालिन समस्या समाधानका लागि अन्तरेडांडामा ल्याडपिल्ड साइट विस्तार गर्ने प्रस्ताव पारित गरेको मन्त्री पोखरेलले बताए । जलस्रोत मन्त्रालयका ठाउँमा ऊर्जा मन्त्रालय नाम परिवर्तन गर्ने निर्णय गरेको छ ।

बैठकमा सुरक्षा अवस्थाबारे छलफल भएको थियो । गृहमन्त्री भीम रावललाई सुरक्षा कडा पार्न भन्दै मन्त्रीहरुले आवश्यक सहयोगका लागि तयार रहेको जानकारी गराएका थिए ।

सेना समायोजनको विशेष कमिटि गठनबारे पनि छलफल भएको मन्त्री पोखरेलले बताए । सचिवहरुको बढुवा र सरुवाबारे छलफल अगाडि बढेपनि कुनै निर्णय हुन सकेन । मन्त्री पोखरेलले आगामी सोमबार बस्ने मन्त्रिपरिषद बैठकले टुंगो लगाउने बताए ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
छुट्टा छुट्टै घटनामा दुईको मृत्यु
[March 09 2010]
काठमाडौ २५ फागुन । दाङको तुलसीपुरमा वसको ठक्करवाट एकजना वालकको मृत्यु भएको छ । तुलसीपुर नयाँ वसपार्क नजिकै ना ३ ख २९२४ नम्वरको वसले ठक्कर
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Republic Day of India
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Oil Corporation
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.