काठमाडौं, असार १७ । सरकारले सचिवहरुको सरुवा बढुवाबारे आगामी सोमबार टुंगो लगाउनेभएको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचारमन्त्री शंकर पोखरेलले आज त्यसबारे छलफल भएपनि सोमबार मात्र निर्णय हुने स्पष्ट पारे ।
लामो समयदेखि दुइ दर्जनभन्दा बढी सचिव पद रिक्त छ । राष्ट्रि्य योजना आयोगलाई पूर्णता दिनेबारे पनि सोमबारनै टुंगो लाग्ने बताइएको छ । आज सिंहदरबारमा बसेको बैठकमा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट मन्त्री रवीन्द्र श्रेष्ठले प्रस्ताव ल्याएपनि छलफल मात्र भएको बुझिएको छ ।
बैठकले काठमाडौं उपत्यकाको फोहोरको दीघकालिन समस्या समाधानका लागि अन्तरेडांडामा ल्याडपिल्ड साइट विस्तार गर्ने प्रस्ताव पारित गरेको मन्त्री पोखरेलले बताए । जलस्रोत मन्त्रालयका ठाउँमा ऊर्जा मन्त्रालय नाम परिवर्तन गर्ने निर्णय गरेको छ ।
बैठकमा सुरक्षा अवस्थाबारे छलफल भएको थियो ।