सास्कृतिक अबधारणको मस्यौदामाथि छलफल सकिदै
July 01 2009
काठमाण्डौं असार १८ । सास्कृतिक सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समितिले तयार पारेको मस्यौदा माथि आज अन्तिम छलफल हुँदैछ ।
मस्यौदा माथि धारणा राख्न बाँकी सभासद्हरुले संविधानसभाको आजको पुर्ण बैठकमा बोल्ने र त्यसपछि समितिकी सभापति नबोदिता चौधरीले जवाफ दिनुहुने भएको छ । अहिलेसम्म सभासद्हरुले राखेको धारणाको बारेमा आज अन्तिम दिनको छलफलमा सभापति चौधरीले जवाफ दिनुहुने भएको हो । समितिले तयार पारेको मस्यौदा माथिको छलफलका लागि ५ दिनको समय तोकिएकोमा ४ दिन छलफल भइसकेको छ । समितिको मस्यौदा माथिको छलफलमा सरकारी कामकाजको भाषाको विषयमा विवाद कायमै छ ।
यसैबीच व्यवस्थापिका संसदको बैठक पनि आज साँझका लागि बोलाइएको छ । एकीकृत माओवादीका सभाषद्हरुको अवरोधका कारण लगातार अवरुद्ध हुँदै आएको बैठक आज साँझ सम्मका लागि भन्दै हिजो स्थगित गरिएको थियो ।
आजको बैठक साँझ सवा ७ बजेका लागि बोलाइएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस