REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

पहिरोमा परी ९ जनाको मृत्यु
July 01 2009

पोखरा, असार १८ । केहीदिनदेखि परेको अविरल बर्षाका कारण गएराति देशका विभिन्न ठाउँमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ । कास्की जिल्लाको देउराली गाविस वडा नम्बर ८ को ठूलो पँधेरो भन्ने ठाउँमा पहिरोले एउटा घर पुरिंदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८० वर्षकी मंगली गुरुङ्ग, २५ वर्षी सोनी गुरुङ्ग र डेढ वर्षकी पूर्णिमा गुरुड रहेको प्रहरीले जनाएको छ ।

पहिरो आएको बेला घरका सीमबहादुर गुरुङ्ग र उनकी श्रीमती घर बाहिर रहेकाले उनीहरु सकुशल रहेको प्रहरीले बताए । आज बिहान ३ बजेतिर परेको भीषण पानीसँगै घर माथिबाट रुख सहित पहिरो बगेर आएको थियो ।

त्यसैगरी तनहुँको थपे्र गाविस वडा नम्बर ५ मा एक घर पहिरोले बगाउँदा ३ जनाको मृत्यु भएको छ ।

स्थानीय कृष्ण बहादुर भुजेलको घर पहिरोमा पर्दा उहाँसहित श्रीमती ३६ वर्षकी भगवती भुजेल र ११ वर्षकी छोरी सीमा भुजेलको मृत्यु भएको हो ।

विहान २ बजेतिर गएको पहिरोले केही चौपायाहरु पनि बगाएको छ ।

यस्तै मुगुको सेरा गाविसमा पहिरोले पुरिएर हिजो बेलुका ३ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेरा गाविसका रामबहादुर बुढा, नरबहादुर बुढा र रत्न बुढा रहेका छन् ।

यस्तै रौतहटको शितलपुर बैरगनिया गाविस वडा नम्बर ५ मा रहेको अरुवा नदीको बाढीले १४ घर डुबानमा परेका छन् ।

गएराती परेको अविरल वषर्ापछि नदीमा आएको बाढी बस्तीमा पसेपछि जयकरण साह, थगा बैठा, जोशीराय यादव लगायत १४ घर परिवार बिस्थापित भएका हुन् ।

उनीहरु अहिले अन्यत्र गई बसेको स्थानीय शम्भु दासको भनाइ उधृत गर्दै हाम्रा रौतहट सहकर्मी रत्न अधिकारीले जनाएका छन् ।

लगातारको बषर्ात पछि दोलखाका प्राय सवै ग्रामिण सडकहरुमा यातायात सेवा पनि अवरुद्ध भएको छ ।

वषर्ाका कारण सडक हिलो हुन थालेपछि यातायातका साधन फस्न थाले पछि हिजोदेखि दोलखा सिंगटी सडकमा यातायात सेवा ठप्प भएको छ ।

दोलखा सिंगटी सडकमा नियमित यातायात सेवा संचालन गर्दै आएको अरनिको र रोल्वालिङ यातायातले सडकको अवस्था बिग्रिएको कारण जनाउदै हिजोदेखि नैं यात्रु वाहक बस संचालनमा नगरेका हुन् ।

सडक अवरुद्ध भए पछि दोलखाका उत्तरी क्षेत्रमा पर्ने २२ गाविसका जनताहरु यातायात सेवावाट वञ्चित भएका छन् भने खाद्यान्न र दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या उत्पन्न भएको छ ।

यसैगरी बर्षाका कारण फस्कु, क्षेत्रपा, मिर्गे, गैरीमुदी-जोरमाने सडकमा पनि यातायात सेवा अवरुद्ध भएको छ ।

त्यस्तै भिरकोट, झुले र जुँगुको पनि यातायात अवरुद्ध हुने सम्भावना बढेको यातायात व्यवसायीको भनाइ उधृत गर्दै हाम्रा दोलखा सहकर्मी लक्ष्मण खड्काले जनाएका छन् ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
झापा बन्द
[March 10 2010]
काठमाडौ,२७ फागुन । चालक हत्याको विरोधमा यातायात मजदुरहरुले आज झापा बन्द गराएका छन् ।झापाको गौरादहमा जन्तीले सामान्य विवादमा कुटपिट गर्दा हिजो बेहुली लिएरफर्कदै गरेको मे
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Beema Sansthan Press Bigyapti
Suvakamana
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.