१२ नेपालीको शब काठमाण्डौं ल्याइदै
July 01 2009
कतारको दोहामा भएको पानी जहाज दुर्घटनामा मृत्यु भएका १२ जना नेपाली शब काठमाण्डु ल्याउने तयारी भइरहेको छ । १२ जनाको नै शव प्रप्ात भएपनि कुन शब कसको हो भने २ जनाको मात्रै पहिचान भएको छ । दुइ जना महोत्तरीका शेषनाथ यादव र तिलकबहादुर खुम्चाको हिजो सनाखत भएको थियो ।
अन्य मृत्यु हुनेमा आज धादिङ गुम्दी ५ का गंगाबहादुर गुरुङ बाग्लुङ छिम्ती १ का लिलाबहादुर पौडेल बारा फेटा ८ महेदी हुसेन मियाँ बाँके बठपुजा १ का अब्बास महम्वद सई अर्घाखाँची दीभर्ना ३ का मानिसंह खत्री रहेका छन् । त्यसैगरी महोत्तरी सुगा भवानी ५ का राजिव कुमार दत्त दाङ हापुरे २ का शंकर प्रसाद विष्ट पर्वत अर्घा ३ का ऋषिप्रसाद शर्मा रोल्पा जौली पोखरी ८ का जयबहादुर पुन मगर र नवलपरासि हप्सेकोटका धनश्याम कार्कि रहेका छन् । संयुक्त अरब इमिरेट्सको दुबईबाट कतारको दोहाजाँदै गरेको पानी जहाज पसर्ियन समुद्रमा डुब्दा १२ जना नेपालीको मृत्यु भएको थियो । परराष्ट्र मन्त्रालयले मृत्यु भएका नेपालीको शब नेपाल ल्याउने तयारी गरिहरको छ । उहाँ हुनुहुन्थ्यो परराष्ट्र मन्त्रालय मदनकुमार भट्टराई दोहामा पानी जहाज डुबेर नेपालीको मृत्यु भए पछि शव ल्याउने विषयमा भइरहेको प्रयास बारे जानकारी दिनुहुँदै । मृत्यु भएका सबै नेपाली दुबईको एचबिके कम्पनीमा कार्यरत थिए ।
[September 02 2010]
काठमाडौ, १८ भदौ । गएराती साढे आठ बजे सर्लाहीको बरहथवाका एक व्यापारीको गोली हानी हत्या गरिएको छ । बरहथवामा पसल भएका शम्भु दासलाई हतियारधारीले गोली