संजीवकुमार झा, जनकपुरधाम । मातृका यादवले नेतृत्व गरेको नेकपा माओवादीले धनुषा जिल्लामा ५२ बिघा जमिन कव्जा गरेको छ । धनुषा जिल्लाको धनुषाधाम गाबिस स्थित सुन्दर भटर्राईको नाममा रहेको ५२ बिघा जमिन आज बिहान कव्जा गरेको छ ।
पार्टीका एरिया सेक्रेटरी दुखि यादबको नेतृत्वमा गएको टोलीले त्यो जग्गा कव्जा गरि लगभग आठ सय गरिव परिवारलाई बाडेको छ । १२ वर्ष सम्म एकीकृत नेकपा माओवादीको कव्जामा रहेको उक्त जमिन फेरि माओवादीले कव्जा गर्दा जग्गा धनी पिडामा परेका छन् ।