विराटनगर, असार १९ । कांग्रेस सभापती गिरिजा प्रसाद कोइरालाले तोकिएकै समयमा संविधान निर्माण हुने भएकाले यसमा शँका नगर्न सबैलाई आग्रह गरेका छन् । गृहनगर विराटनगरमा पुगेका कोइरालाले आज कार्यकर्ताहरु संगको भेटमा तोकिएको समयमा जसरी पनि संविधान निर्माण हुने भएकाले यसमा शँका नर्गर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
छिमेकी मुलुकहरुले पनि तोकिएकै समयमा संविधान बनिसक्नुपर्नेमा जोड दिएको बताए ।
आराम गर्नका लागि काँग्रेस सभापती कोइराला हिजो गृहनगर विराटनगर आएका हुन् ।