काठमाडौं, असार १८ । माओवादी पीडित राष्ट्रिय संघर्ष समिति काठमाण्डौँले प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष १५ सुत्रीय माग पेश गरेको छ । समितिले आज प्रधानमन्त्रीका निजी सचिवमार्फत माग पत्र पेश गरेको हो ।
विगत १० महिनादेखि चरणवद्ध आन्दोलनमा रहेको समितिले द्वन्द्वकालमा माओवादीले कब्जा गरेका सम्पत्ति फिर्ता गर्नुपर्ने, अपहरित व्यक्तिलाई र्सार्वजनिक गर्नुपर्ने र हत्या गरिएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने लगायतका १५ सूत्रीय माग राखेको छ ।
समितिले राखेका माग पूरा नगरिए सम्पूर्ण माओवादी पीडितलाई आन्तरिक शरणार्थी घोषणा गर्नुपर्ने समितिका महासचिव गोपाल शाहले बताए ।