REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
राष्ट्रपति शासन ल्याउने षड्यन्त्र भइरहेको छ-किरण
July 02 2009

काठमाडौं, असार १८ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरणले देशमा राष्ट्रपति शासन ल्याउने षड्यन्त्र भइरहेको बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै कांग्रेसको एउटा गुट र एमालेको केपी ओली गुट भारतको दलाली गर्दै राष्ट्रपति शासन ल्याउने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् ।

मुठभेडको अवस्था बनाएर संकटकाल हुदै राष्ट्रपति शासन ल्याउने षड्यन्त्र भइरहेको छ, किरणले भने, नेपाली कांग्रेसको एउटा गुट र एमालेको केपी ओली गुट भारतको दलाल बनेर षड्यन्त्रमा लागेका छन् । आफूलाई लोकतन्त्रको मसिया भन्नेहरुनै लोकतन्त्रको हत्या गर्न उद्धत रहेको उनको आरोप थियो । वर्तमान सरकार विदेशीको कठपुतली भएको टिप्पणी गरे । भारतको पत्रिकालेनै वर्तमान सरकारलाई भारतीय पक्षको भनी व्याख्या गरेको उल्लेख गर्दै भने, सरकार विदेशी दलालहरुको हो भन्ने प्रमाणित भइसकेको छ ।

रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै सरकार लामो समय टिक्न नसक्ने बताए । प्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजीनामा दिनुपर्नेमा उनको जोड थियो । उनले भने, यो सरकार टिक्ने कुनै नैतिक आधार छैन । सरकार संचालनमा अदृश्य हातहरु रहेको बताए ।

आफूहरुले राष्ट्रपतिको कदम पछि उत्पन्न असमझदारी हटाउन सदनमा नागरिक सर्वोच्चताका लागि प्रधानमन्त्री माधवकुमार नेपालको सम्बोधन आउनुपर्ने भन्दा भन्दै बेवास्ता भएको भन्दै कडा कदम चाल्ने चेतावनी दिए । नागरिक सर्वोच्चताका पक्षमा सम्बोधन नआएसम्म सदन चल्न नदिने बताए । उनले भने, नागरिक सर्वोच्चताका पक्षमा प्रधानमन्त्रीबाट सम्बोधन नआएसम्म सदन चल्न दिदैनौं । आफूहरु जनव्रि्रोहको बाटोलाई कायमै राखी मेलमिलापको सरकार निर्माणमा लागेको बताए । वर्तमान सरकारविरुद्ध गणतन्त्रवादी, राष्ट्रवादीहरु एक भएर लाग्नुपर्ने बताए । जनताको बलले सरकार ढल्ने भन्दै त्यसपछि आफ्नो दलको सरकार बन्ने बताए । सरकारमा माओवादीबाट कस्को नेतृत्व रहन्छ भन्ने प्रश्नमा उनले भने, हाम्रो दलमा प्रधानमन्त्री बन्नसक्नेमा प्रचण्ड, डा.बाबुराम भट्टर्राई, नारायाकाजी श्रेष्ठ मात्र होइनन् बादल, कृष्णबहादुर महरा, देव गुरुड. जस्ता नेताहरु पनि छन् । सेना समायोजन विशेष कमिटिमा माओवादी अध्यक्ष प्रचण्डनै रहनुपर्ने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले माओवादी संकटकालको अवस्था सृजना गर्न लागिपरेको बताए । टुंगो लागिसकेको विषयमा ढिपी नछाडेर मुठभेडको अवस्था ल्याउन खोजेको बताए । उनले भने, सरकार, सदनको कार्यव्यवस्था समिति र संविधानसभामा प्रतिनिधित्व गर्ने २२ दलले टुंगो लगाइसकेको विषयमा ढिपी गरेर अस्थिरता सृजना गर्न खोजिदैछ । भविष्यमा उत्पन्न हुनसक्ने कुनैपनि परिस्थितिको जिम्मेवार माओवादी हुनुपर्ने उनको भनाई थियो ।

विदेशीलाई गाली गर्ने माओवादी शैलीमा कुनै राजनीतिक इमान्दारिता नभएको बताए । उनले भने, आफ्नो सरकारलाई र्समर्थन गर्नेलाई अन्तराष्ट्रिय र्समर्थन भन्ने अनि अरुको नेतृत्वको सरकारलाई र्समर्थन गर्न विदेशी दलाल भन्ने यो इमान्दारिता भएन । माओवादीकै कारण विदेशीको हेपाहा प्रवृत्ति आएको बताए । अध्यक्ष प्रचण्ड विगतमा पटक पटक भारतीय राजदूतावास छिरेको प्रसंग औल्याउदै भने, आफूले गर्दा ठिक अनि अरुले गर्दा रडाको मच्चाउने माओवादीमा इमान्दारिता रहेन । र्

वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको बताए । माओवादीले सरकार ढालेर अर्को सरकार बनाउछु भन्नु कल्पना मात्र भएको बताए । उनले भने, नेपाली जनतालाई सरकार फर्ेर्नेमा मात्र लागेर अलमलिने समय छैन । यो सरकारलाई नै राष्ट्रिय सरकारको स्वरुप प्रदान गर्न माओवादी समेत सहभागी हुनुपर्नेमा जोड दिए । माओवादीले जिम्मेवारीका साथ प्रस्तुत भएर वर्तमान सरकारलाई काम गर्न दिनुपर्ने बताए ।

बजेट ल्याउनका लागि तत्काल सदन सुचारु गर्न दिन आग्रह गरे । सदन अवरुद्ध भइरहने हो भने बैठक अन्त गरी अध्यादेशको सम्भावना रहने औल्याए । उनले भने, अध्यादेशको अवस्था आउन नदिन माओवादी जिम्मेवार बनोस् ।

रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सहमतिबाटै अगाडि बढ्न आग्रह गरे । सहमति, सहकार्य र एकता बनाएर नयां संविधान निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.