काठमाडौं, असार १८ । देशमा थप दुइजना स्वाइन फ्लु प्रभावित भएका छन् । आज स्वास्थ्य मन्त्रालयले थप दुइजना स्वाइन फ्लु प्रभावित भएको उल्लेख गरेको छ ।
अमेरिकाबाट नेपाल आएका तीनजनामा स्वाइन फ्लु देखिएको केही दिनमै थप दुइजना फेला परेका हुन् । दुवैजना अमेरिकाबाट फर्किएकाहरुको सर्म्पर्कमा आएका एकै परिवारका सदस्य भएको बुझिएको छ ।
रोग प्रभावितहरुलाई चिकित्सकको निगरानीमा उपचार भइरहेको बताइएको छ ।