REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
माओवादीद्धारा एमाले र कांग्रेससंग छलफल
July 02 2009

काठमाडौं, असार १८ । एकीकृत नेकपा माओवादीले नेकपा एमाले र नेपाली कांग्रेससंग छुट्टाछुट्टै छलफल गरेको छ । सिंहदरबारमा भएको छलफलमा सदनको गतिरोध अन्त गर्ने उपायबारे छलफल भएको माओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टर्राईले बताए ।

भट्टर्राईले सदन सुरुचारु गर्नेबारे सहमतिको सम्भावना बढेको बताए । आफूहरुले उठाएको मागबारे एमाले सकारात्मक देखिएको उनको भनाई थियो ।

एमाले सचिवसमेत रहेका सूचना तथा संचारमन्त्री शंकर पोखरेलले भोलिसम्ममा कुरा मिल्ने बताए । उनले भने, सहमतिको नजिक पुगिएको छ ।

छलफलमा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा.बाबुराम भट्टर्राईलगायत सहभागी थिए । एमालेबाट प्रधानमन्त्री माधवकुमार नेपाल, सचिव समेत रहेका संचारमन्त्री शंकर पोखरेललगायत सहभागी थिए ।

एमालेसंग छलफलपछि माओवादीले कांग्रेससंग छलफल गरिरहेको छ । छलफलमा नागरिक सर्वोच्चताका लागि प्रधानमन्त्रीबाट आउनुपर्ने सम्बोधनबारे छलफल भइरहेको बुझिएको छ ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
झापा बन्द
[March 10 2010]
काठमाडौ,२७ फागुन । चालक हत्याको विरोधमा यातायात मजदुरहरुले आज झापा बन्द गराएका छन् ।झापाको गौरादहमा जन्तीले सामान्य विवादमा कुटपिट गर्दा हिजो बेहुली लिएरफर्कदै गरेको मे
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Beema Sansthan Press Bigyapti
Suvakamana
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.