मुकेश बस्नेत, वीरगंज । मधेशी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान निर्माण गर्नै नसक्ने ठोकुवा गरेका छन् । आज वीरगंजको टिवडेवाल धर्मशालामा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय सरकारको आवश्यकतामा जोड दिएका छन् ।
वीरगंजमा सुरु भएको जिल्ला एवं भातृ संगठनहरुको संयुक्त अन्तरक्रिया कार्यक्रममा सहभागी हुनका लागि वीरगंज आएका फोरम अध्यक्ष यादव सहमति जुटेपछि मात्र सरकारको नेतृत्व कस्ले गर्ने भन्ने कुराको टुंगोमा पुग्ने बताए । उनले समयमा नै संविधान बनाउने र शान्ति प्रक्रियालाइ तार्किक निष्कर्षा पुर्याउन जोड दिए ।
केही महिना अघि फोरम यादवको केन्द्रीय बैठकमा यादव र गच्छेदार समूहको महिलाबीच लुछाचुडी भएको प्रश्नको प्रतिउत्तरमा उनले भने गच्छेदार समूहका कम पढेलेखेका महिलाहरुले बैठक भाड्ने प्रयास गरेको आरोप लगाए ।
फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ताले फोरमको मुद्दामा पटक पटक बाधा हाल्ने विजयकुमार गच्छदार मधेशको विरोधी भएको आरोप लगाए।
पत्रकार सम्मेलनमा जयप्रकाश गुप्ता, शशि कपूर मियांलगायतको उपस्थिति थियो।