गणेश आचार्य, दाड. । आगोमा जलेर सल्यानमा आज एक वालिकाको मृत्यु भएको छ । खैराबाङ गाविस वडा नं. ३ की डेढ वर्षिया पुष्पा बस्नेतको आगोमा जलेर ज्यान गएको उनका काका घनश्याम बस्नेतले जानकारी दिए ।
घरमा कोहि नभएको अवस्थामा सुतिरहेकी पुष्पा आगोमा परेर र्घाईते भएपछि उपचारको लागी जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा ज्यान गएको हाम्रा सल्यान सम्बाददाता पुरुषोतम गिरीले जनाएका छन ।
यसैबिच सल्यानमा आज दुइवटा जिप एक आपसमा ठोकिदा २ जना घाइते भएका छन । दाङ्गको तुलसीपुरबाट जन्ती लिएर सीतलपाटि जादैगरेको बा ६ च ४९३९ नम्बरको जिप र सल्यानबाट दाङ्गको तुलसीपुर आउदै गरेको रा १ ज १५५ नम्बरको जिप कपुरकोटको आरन खोलामा ठोकिदा दाङ्ग आउदै गरेका यात्रु लेखपोखरा ५ का ३० बषर्ीय अम्बीका भण्डारी र झिम्पे ८ कि ३० बषर्ीय पबिता बि.क.र्घाईते भएका छन् । घाइते भण्डारी र बि.क को अहिले राप्तीलाईफ केयर अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।