REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
राष्ट्रपति र प्रधानमन्त्रीको संवैधानिक अधिकार स्पष्ट पार्न माओवादी प्रस्ताव
July 02 2009

काठमाडौं, असार १८ । एकीकृत नेकपा माओवादीले संविधानमा राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार स्पष्ट पार्नुपर्ने प्रस्ताव गरेको छ । आज नेकपा एमाले र नेपाली कांग्रेससंग छुट्टाछुट्टै छलफल गरी माओवादीले उक्त प्रस्ताव अगाडि सारेको हो ।

सिंहदरबारमा भएको बैठकमा सदनको गतिरोध अन्त गर्ने उपायबारे विकल्पहरुबारे छलफलका क्रममा माओवादीले राष्ट्रपतिको अधिकार स्पष्ट व्याख्या गरिनुपर्ने प्रस्ताव राखेका प्रवक्ता दिनानाथ शर्माले बताए । उनले भने, राष्ट्रपति र प्रधानमन्त्रीको संवैधानिक अधिकार के हो स्पष्ट पारिनुपर्छ, स्पष्ट नभएको विषयमा संविधानमा व्यवस्था गरेर जानुपर्छ । उनले दलहरुबीच सहमति बनाएर संविधान संशोधनमा जोड दिए । शर्माले सदन सुचारु गर्न आफूहरु सकारात्मक भएको तर भविष्यमा नागरिक सर्वोच्चतामाथि प्रहार हुने अवस्था नआउने स्थिति सुनिश्चित गर्नुपर्ने बताए ।

सदनमा पेश्की बजेट ल्याउन दिन आफूहरु सकारात्मक भएको शर्माले बताए । सदनमा महत्वपूर्ण विषयहरुमा छलफल अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीबाट नयां प्रस्ताव आएकाले छलफल पश्चात अघि बढ्न सकिने बताए । राष्ट्रपतिको कदम ठिक भएकाले कुनै सम्झौता नहुने स्पष्ट पारे ।

यसअघि एमालेसंगको छलफलमा नागरिक सर्वोच्चताका लागि प्रधानमन्त्री माधवकुमार नेपालको सम्बोधन आउनुपर्ने अडान माओवादीले राखेको थियो । माओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टर्राईले सदन सुरुचारु गर्नेबारे सहमतिको सम्भावना बढेको बताए । आफूहरुले उठाएको मागबारे एमाले सकारात्मक देखिएको उनको भनाई थियो ।

छलफलमा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा.बाबुराम भट्टर्राईलगायत सहभागी थिए । एमालेबाट प्रधानमन्त्री माधवकुमार नेपाल, सचिव समेत रहेका संचारमन्त्री शंकर पोखरेललगायत सहभागी थिए । कांग्रेसबाट संसदीय दलका नेता रामचन्द्र पौडेल सहभागी थिए ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.