काठमाडौं, असार १८ । निर्ममतापूर्वक हत्या गरिएकी ख्याति श्रेष्ठको शव जलाइएको छ । आज पशुपति आर्यघाटमा उनको अन्तिम दाहसंस्कार गरिएको हो ।
दश जोड दुइकी विद्यार्थी ख्यातिलाई यसै महिनाको शुरुमा अपहरणपछि हत्या गरिएको थियो । उनको शव विभिन्न चार स्थानमा टुक्रा पारी फालिएको अवस्थामा फेला परेको थियो ।
हत्यामा संलग्न शिक्षक वीरेन प्रधान पक्राउ परिसकेका छन् ।