REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रेम र जीवन
सिनेमामा सिर्जनाको पुनर्जीवन
June 22 2007

नायिका सिर्जना बस्नेत

बिजु रञ्जितको निधनपछि नायिका सिर्जना बस्नेतको मनमा तीनपटकसम्म आत्महत्याको भावना आयो । तर, त्यतिबेला सिर्जनासित विष किन्ने पैसासमेत थिएन । बिजुको मायाले आत्महत्या गर्ने विचार छोरा विराजका मायाले रोक्यो । कता कता हराएकी कुनै जमानाकी चर्चित नायिका सिर्जनालाई फेरि सिनेमामा पुनर्जीवन दिनुभयो निर्देशक सुरेन्द्र शाहले ।

जीवनदेखि हारेर आत्महत्या गर्ने तहमा पुगेकी यी नायिका माइतीमा बस्नुभयो । सिनेमामा सम्बन्ध बिच्छेद त भएको थियो नै, मोटाएर तौल ८५ किलो पुगिसकेको थियो । आप\mनी प्रिय नायिकाको यस्तो अवस्था निर्देशक शाहले देख्न सक्नुभएन । फेरि सिनेमा ल्याउने जमर्को गर्नुभयो उहाँले । शाहकै सत्प्रयासमा सिनेमा क्षेत्रमा सिर्जनाको नयाँ प्रवेश र्सार्थक भएको छ । कोठीमा बस्ने केटी अभिनय गर्ने समेत तयार हुनुहुन्छ । सन्तु तामाङ र मनोज केसीको अगुवाइमा नेपाल चलचित्र प्राविधिक संघले हालै उहाँलाई उत्कृष्ट नायिकाको सम्मान दिएको छ ।

बिहान ५ बजे उठ्ने र दैनिक साढे ९, १० बजे सुत्ने समय तालिका छ उहाँको । दिनहुँ डेढ-दर्ुइ घण्टा रंगशाला धाउँदै गर्दा उहाँमा आत्मविश्वास बढेको छ । जानेर गर्नु र नजानेर गर्नु धेरै फरक छ । एक्सन नायिका बन्ने कोसिस छ उहाँको । ध्यान, योगा, हर्स राइडिङ, मार्सल आर्ट, स्विमिङ, स्केटिङ, उसु, खेलमा निरन्तर लागिरहनुभएको छ । तौल घटेर ५० किलोमा झेरको छ । 'सुरेन्द्रबाट मैले नयाँ जीवन पाएको छ,' उहाँले भन्नुभयो- 'अर्को जुनीमा पनि सुरेन्द्र नै पाउFm ।' उहाँले अभिनय कला र क्षमता पाखेको पछिल्लो चलचित्र हो, गाउँले गंगाराम ।

२०३१ सालतिर कुलेखानीमा दानबहादुर र ज्ञानु बस्नेतको कान्छी छोरीका रुपमा सिर्जनाको जन्म भएको थियो । सिर्जनाकी एक दिदी पनि हुनुुहन्छ । सानैमा बुबाको मृत्यु भयो, आमाको छत्रछायमा उहाँ हर्ुर्किनुभयो । उहाँको बाल्यकालको अधिकांश काठमाडौंको डिल्लीबजारमा बितेको थियो । खासमा डिल्लीबजारमा फुपू बस्नुहुन्थ्यो । विजय मेमोरियल हाइस्कुल डिल्लीबजारमा पढे पनि दरबार हाइस्कुलबाट एसएलसी गर्नुभयो उहाँले ।

त्यसपछि पद्मकन्या क्यापसमा पढ्दानपढ्दै उहाँ नेपाल कथानक चलचित्रमा देवतामा नायिकाका रुपमा अनुबन्धित हुनुभयो । 'मेरो दाइ -फूपुको छोरा) तुलसी घिमिरे र युवराज लामाको ब्यानरमा काम गर्नुहुन्थ्यो'- सिर्जनाले सुनाउनुभयो- 'लामा र घिमिरेले नयाँ नायिका चाहिएको कुरा सुनेर उहाँले मेरी बहिनी पनि छिन् भन्नुभएछ ।'

सुन्दरी सिर्जना घिमिरे र लामाको छनोटमा नपर्ने कुरा थिएन । सानैदेखि सिनेमामा खेल्ने शोख थियो सिर्जनाको । शिक्षालाई अधुरै छाडेर देवतामा नायिका बन्नुभयो । सिनेमामा दर्ुइ नायक श्रवण घिमिरे र राजेश हमालको एउटै नायिका हुुनुभयो उहाँ । सिर्जनाको बिर्सन नसक्ने क्षणचाहिँ देउताको नायिकाका रुपमा अभिनय गरेको क्षण नै हो । नायिका बनेपछि उहाँलाई कलेज जाने समय भएन । त्यसपछि उहाँले ज्वाला, टुहुरो, यस्तै रहेछ जिन्दगी, गोठालो, भूल, पृथिवी, धर्मात्मा, अग्निपथ, करणअर्जुन, ठूली, बगर, गाउँले गंगारामलगायत दर्ुइ दर्जनजति चलचित्रमा नायिकाका रुपमा काम गर्नुभएको छ ।

सिर्जना बस्नेत अभिनयमा अब्बल नायिकाको नाम हो । उहाँले अभिनय यात्राको सुरुवातमै युवराज लामा निर्माता रहेको ब्यानरमा काम गर्न पाउनुभयो । भूमिका पाउन अन्य नायिकाले जस्तो समस्या भोग्नुपरेन । सजिलै नायिका बन्न पाउनुभयो । सिर्जनाको अधिकांश सिनेमामा नायक राजेश हमाल नै छन् । उहाँको मनपर्ने नायक पनि राजेश हमाल नै रहेछन् । सिर्जना राजेशलाई महानायक नै भन्न चाहनुहुन्छ । सिर्जनाको दृष्टिमा जल्दोबल्दो नायिका रेखा थापा नै हुन् । अभिनय, फाइट र नाचमा पोख्त । त्यस्तै, उहाँलाई निर्मातामा युवराज लामा र निर्देशक सुरेन्द्र शाह मन पर्दो रहेछ ।

निर्देशक सुरेन्द्र शाहको सिकाउने शैली औधी मनपराउनुहुन्छ सिर्जना बस्नेत । रंगमञ्चबाट उठेका सुरेन्द्रले नैै सिनेमामा सिर्जनालाई पुनर्जीवन दिनुभएको हो । त्यसो त उहाँ सिर्जनाको बच्चैदेखिको साथी हुनुहुँदो रहेछ । लामो विश्रामपछि सिर्जनामा आत्मविश्वास थिएन, मोटाएर बस्नुभएको थियो । सुरेन्द्रले नै उहाँलाई मार्सल आर्ट तालिम लिन लगाएर आत्मविश्वास बढाइदिनुभयो । 'पहिले म युवराज लामाका कारण सिर्जना बस्नेत भएकी थिएँ,' उहाँ भन्नुहुन्छ- 'बीचमा जिरो रहेँ सुरेन्द्रका कारण अहिले फेरि सिर्जना बस्नेत हुन पाएको छु ।'

फिल्ममा खेल्न थालेपछि बढेको चेलीलाई विवाह प्रस्ताव आउनु स्वाभाविकै थियो । सिर्जनाले मन पराएर २०५१ मा विजु रञ्जितसित विवाह गर्नुभयो । बिजु पनि फिल्म उद्योगमा नै हुनुहुन्थ्यो । अन्तर्जातीय विवाह भएकाले घरपरिवारमा मेलमिलाप थिएन । त्यो विवाहलाई उहाँ भाग्य भन्न चाहनुहुन्छ । बिजुसित उहाँको ७, ८ वर्षबित्यो । झगडा नपर्ने त कुन परिवार हुन्छ र - शैलीमा मात्र फरक हुन्छन् । बिजुको अनिच्छाका कारण सिर्जनाले तीनचार वर्षचलचित्र खेल्नुभएन ।

दर्ुभाग्यबस २०५९ मा क्यान्सरले बिजुको मृत्यु भयो । फिल्म पनि थिएन, बिजु पनि भएनन् । 'म माइतीमा बसेँ, घरतिरबाट कुनै सहयोग भएन,' सिर्जनाले भन्नुभयो- 'बिजु करोडपति भए पनि मैले धनसम्पत्तिका निम्ति विवाह गरेकी थिइनँ ।' बिजुलाई औधी माया गर्नु हुन्थ्यो सिर्जना । उहाँले गरगहना बेचेर समेत उपचार गराउनुभयो । बिजुतिरका सिर्जनाका नौ वषर्ीय एकमात्र छोरा छन् विराज । उनी चार कक्षामा पढ्दैछन् । लामो अन्तरालपछि दाइ र दिदीको प्रेरणाले फेरि ब्रेक पाउनुभयो उहाँले । त्यो चलचित्रको नाम थियो, ठूली । त्यसमा विशेष भूमिका निर्वाह गर्नुभएको थियो ।

सुरेन्द्र शाहसित दर्ुइ वर्षघि सिर्जनाको दोस्रो विवाह भयो । तर, दोस्रो हनिमुनचाहिँ मनाउनुभएन । किनभने, सिर्जना छोराका लागि बाँचिरहनुभएको थियो भने सुरेन्द्र छोराका निम्ति नै समर्पित हुन चाहनुहुन्थ्यो । 'मलाई बुझेको र परिपक्व व्यक्तित्व छ उहाँमा,' सिर्जना भन्नुहुन्छ- 'उहाँका मलाई सबै गुण मलाई मनपर्छ ।' त्यसो त सुरेन्द्रको पनि यो दोस्रै विवाह थियो । मेरो मान्छे यस्तो होस् भन्ने सबै गुण छन् सुरेन्द्रमा । अव फेरि छोराछोरी पाउने सोचाइ छैन उहाँको । 'हामी दुुवै पीडित हौं,' सुरेन्द्रको भनाइ छ- उनमा अभिभावकको आवश्यकता मैले महसुस गरेँ ।' बिजुतिरका छोरालाई पनि सुरेन्द्रले आप\mनै सन्तानको ममता दिनुभएको छ । 'छोराले बिजुलाई चिन्दै चिनेन, मलाई नै बाबा भन्छ,' उहाँ भन्नुहुन्छ- 'बिरामी हुँदा ऊ आमालाई भन्दा मलाई नै सम्झन्छ, जे भयो त्यसमा निर्दोष बालकको गल्ती थिएन ।' अव छोराछोरी थप्ने भन्दा पनि उसलाई योग्य र सक्षम बनाउने सपना छ यो दम्पतिको । बिजुबाट अलिकति दुःखी पनि हुनुहुन्छ सिर्जना । किनभने, जुन बेला सिनेमाको टप पोजिसनमा हुुनुहुन्थ्यो सिर्जना, त्यसबेला बिजुले रोक्नुभयो । दुःख यत्ति हो कि फिल्म लाइनको मान्छे भएर पनि उहाँले सिर्जनाको प्रतिभा र क्षमतालाई बुुभ\mनुुभएन ।

सिर्जनाको दृष्टिमा प्रेम दर्ुइ आत्माको पवित्र मिलन हो । एकले अर्कालाई देखावटी भन्दा भावना बुझेर गरिने व्यवहार नै प्रेम हो । सिनेमामा सेक्स स्क्यान्डल देखाउनुभन्दा संकेत गरे पुग्छ, अश्लील दृश्य देखाउनु आवश्यक छैन । उहाँको विचारमा सेक्स पनि दर्ुइ आत्माको मिलन नै हो । मान्छेदेखि प्राणीजगत्सम्म यसको महत्व छ । विवाहअघिको सेक्सलाई उहाँको भोट छैन । अरु नायिकाको सेक्स स्क्यान्डलमा उहाँको सरोकार छैन । 'अरु नायिका के गर्छन्, कसो गर्छन्, मलाई थाहा छैन,' उहाँ भन्नुहुुन्छ- 'राम्रो, नराम्रो सबै क्षेत्रमा हुन्छन्, तर कतिपय कुरा हल्लामात्र हुन सक्छ ।'

सिर्जना आफूलाई सम्पत्तिवाल मान्नुहुन्न । त्यसो त महल हुुुँदैमा सुखी भइने पनि होइन । बस्, थाकेर घर पुग्दा एक गाँस खान पाइयोस् । उहाँको बैंक ब्यालेन्स छैन । घर नबनाए पनि जीवन चलिरहेकै छ । पैसाको अभाव नहुने कुरा होइन । तर, उहाँलाई पैसाभन्दा नाम, इज्जत, लोकप्रियता नै महान् लाग्छ । 'मेरो केही पनि छैन,' उहाँ भन्नुहुन्छ- 'मैले दर्शक कमाएको छु, बस् त्यत्ति हो ।'

 

सिर्जनालाई राजनीतिको र पनि थाहा छैन । नेताहरुचाहिँ चिन्नुहुन्छ । गिरिाजाप्रसाद कोइरालालाई टिभीमा मात्र देख्नुभएको छ । प्रचण्डको व्यक्तित्व मनपर्छ उहाँलाई । नेपालमा शान्ति छाओस् भन्ने उहाँको एकमात्र कामना छ । राजतन्त्र, गणतन्त्र भन्दा पनि स्वतन्त्र हुन पाइयोस् भन्ने कामना छ । दालभात तरकारी मनपराउने जिन्स र ट्राउजर शोख छ । हि्वस्की र चुरोट मन पर्दैन उहाँलाई । मन्दिरमा उहाँको आस्था छ । तर, मन्दिर गएर टाउको ठोक्काउँदैमा धर्म हुन्छ जस्तो लाग्दैन । उहाँको विचारमा दुःखीगारिबमा छ भगवान् । देशबाहिर कार्यक्रमको सिलसिलामा कतारमात्र पुग्नुभएको छ उहाँ । नेपालका थुप्रै नायिका देशबाहिर पुगेका छन् । तर, उहाँमा दोस्रो नागरिक हुने इच्छा थिएन ।

प्रस्तुतिः ऋषि धमला

Comments
Posted By: HARI
Dec 20, 2008
WA FILM KA KALAKAR HARU. LOGNE CYANSAR BHAYERA MAREKO BHANNE, BAJARMA TA AATMHATTYA GAREKO BHANCHHANI KASO,BIDUR FILM PRODUCER BHAYEKO MANCHHELE KATAI NABHAYERA FILM NAKHEL BHANCHHA RA , BARU AFNAI BUDILAI LIYER A FILM BANAUCHHA NI , SRIJANAKO CARACTER BARE THAHA PAYERA AATMHTTYA BHAYEKO SAMCHAR MA AAYEKAI THIYO NI, JO AHILE SURENDRA SWIKARNAI PARYONI .
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.