REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रेम र जीवन
खर्चालु करिश्मा, एक्लो विनोद
February 27 2007

करिश्मा र कविताका साथ विनोद

चार वर्षअघि अमेरिका गएकी नायिका करिश्मा मानन्धरले यो वर्षछोरी कवितालाई समेत लिएर गएपछि पत्नी र छोरीबिनाको जीवन बिताउन विनोद मानन्धर बाध्य बने । केही महिनाअघिसम्म पत्नी अमेरिका बसे पनि छोरीको अनुहार हेरेर चित्त बुझाउने विनोद यतिखेर नितान्त एक्लो भएका छन् ।करिश्माबिनाको व्यथा बोकेका विनोदको दिन एक्लो र रात चिसो भएको पनि वर्षौ भैसकेको छ । तर पनि पत्नी करिश्मालाई नेपाल फर्कनुपर्दछ र तिमीबिनाको मेरो जिन्दगी अधुरो भयो भनेर यो वर्षपनि उनले रोक्न सकेनन् । अमेरिका बसेर करिश्माले अझ धेरै कुरा सिक्न बाँकी छ ।

दुःख भनेको कुन चराको नाम हो उनलाई अझै पनि थाहा छैन् । त्यो पनि बिस्तारै बुझ्दै छिन् । सम्भवतः अर्को वर्षउनी नेपाल आउँदा म उनलाई फर्काउदिन होला भन्ने विनोदको करिश्मासँग बिहे भएको पनि १६ वर्षलागिसकेको छ । यो वर्षबाट विनोद पनि उमेरको उकालोमा ५० पुगिसकेका छन् । विनोदकै अनुसार करिश्मा ३३ काट्दै छिन् । उमेरको हकमा दुवैबीच १६-१७ वर्षको फरक भए पनि मायामा उमेरले केही फरक पार्दैन भन्ने उदाहरण बने विनोद र करिश्मा । त्यो बेला लन्डनमा चलचित्र कस्तुरीको सुटिङताका नेपाल फर्कने बेलामा करिश्माले लोलाएको मायालु नजरले हेरिदिँदा भक्कानिएको मनलाई समाल्न निक्कै गाह्रो भएको क्षणलाई पनि उनले भुल्न सकेका छैनन् ।

वास्तवमा करिश्मा र विनोदको प्रेम कस्तुरीको सुटिङको समयमा नै बिस्तारै मौलाएको थियो । विनोद करिश्माको सुन्दरता र मायालु व्यवहारले नै लठ्ठिएका थिए । कस्तुरीको निर्माणपश्चात् नेपाल आउने विनोदलाई त्यसै पनि बहाना मिलेको थियो । प्राय नेपाल नआउने विनोद अझ करिश्मालाई नै भेट्ने अभिलासाले वर्षकै २-४ पल्ट आउने-जाने गर्दा उनलाई धेरैले जिस्क्याउँथे ।

चलचित्र कस्तुरीकै सहनिर्माता गायक किरण प्रधान र क्यामरामेन गौरीशंकर धुंजुले तिमीलाई करिश्माले ज्यादै मन पराउँछे, यही मौका हो, बिहे गरेर मात्र लन्डन फर्क भनेर उक्साएपछि बाबुआमाको स्वीकृतिबेगर नै बिहे गरेको अझै पनि उनको आँखामा नाचिरहने गरेको छ ।

ँकरिश्मासँग बिहे गर्दा म ३५ पुगिसकेको थिएँ । उनी त्यो बेला सानै उमेरकी थिइन् । उनको हरेक व्यवहार बच्चाको जस्तो थियो । साना-मसिना कुरामा पनि किचकिच गर्ने र बिनसित्तीमा निहुँ खोजेर झगडा गर्ने बानीले म कायल बनेको थिएँ । उनले अगाडि बताए- त्यो बेलाको कुरा सम्झँदा मेलै त्यो बेलामा व्यर्थै आफूभन्दा सानो उमेरकीसँग बिहे गरेछु भनेर पछुताएको पनि थिएँ । त्यो सबै उनको उमेरको कारण थियो । उनलाई परिपक्व बनाउन मलाई त्यस्तै ५ वर्षजति लाग्यो ।’

करिश्माकै लागि लन्डनका करोडपति बाउको सम्पत्ति र व्यापार-व्यवसायलाई पनि खासै महत्व नदीकन नेपाल बसेका विनोदलाई जीवनको उत्तरार्द्धमा आएर एक्लै बस्नुपरेको कारण के थियो रु विनोद र करिश्माबीच के कुरामा मतभेद थियो भन्ने प्रश्न राख्दा विनोद निक्कै गम्भीर बनेका थिए । गोजीबाट चुरोट झिक्दै लामो सर्को तानेपछि अलिकति शान्त मन लिएर आफ्नो मनभित्रको कुरा यसरी खोले- ँवास्तवमा हामीबीच शारीरिक सम्बन्धमा कुनै प्रकारको समस्या परेको छैन् । उनको शारीरिक आवश्यकता पूरा गर्नमा मैले कुनै कसर बाँकी राखेको थिइन । उमेर जति पुगे पनि त्यो मामलामा म अलि बलियो नै छु । तर लोग्ने-स्वास्नी भएपछि जसको पनि सामान्य मतभेद हुने गर्दछ । त्यो मतभेद हामीमा पनि हुने गर्दथ्यो । त्यसलाई नै माध्यम बनाएर करिश्मा अमेरिका काम गर्न बसेकी भने होइन।’

उनले फेरि अर्को चुरोट सल्काएको अगाडि बताउँदै गए- ँवास्तवमा करिश्मालाई अमेरिका राख्नुको पछाडि उनले त्यहाँ बसेर पैसा कमाओस् भन्ने मेरो कुनै चाहना होइन । पैसाको लागि उनी त्यहाँ बसेर दुःख गर्नु नै पर्दैन । मेरो मनग्गे सम्पत्ति नै काफी छ । तर पनि मैले उनलाई अमेरिका पठाउनुको कारण चाहिँ उनले पनि पैसालाई चिनुन् भनेर हो । नेपाल हुँदा करिश्माले पैसा चिन्न नै सकिनन् । फोकटमा ४०-५० हजारको सपिङ गरेर खर्च गर्ने प्रवृत्तिले म आजित बनेको थिएँ । उनी निक्कै खर्चालु बनेको देख्दा म यति हैरान बने कि, हे भगवान् यसले कहिले पैसो चिन्ने हो भनेर भगवानसँग प्रार्थना पनि गर्थे ।’

करिश्माको खर्चालु बानीले हैरानीमा परेको त्यो तीतो-सत्यलाई सम्झँदै उनले अगाडि भने- ँराजविराजमा जन्मेर काठमाडौंको आनन्दकुटी विद्यालयमा अध्ययन गरी लन्डन गएर जीवनका दुःखसुख मैले निक्कै नजिकबाट बुझेको थिएँ । पैसालाई मैले राम्ररी चिनेको पनि थिएँ । त्यसैले कस्तो स्थानमा कसरी खर्च गर्नुपर्दछ भनेर मलाई काइदासँग आउँछ । तर करिश्मालाई भने यस बारेमा कुनै चासो नै थिएन । जसको कारण पैसा कमाउन कति गाह्रो छ भनेर बुझाउनकै लागि पनि उनलाई एक्लै अमेरिका पठाएको थिएँ । उनको भाग्य नै ठूलो भएको कारण अमेरिकी सरकारले ग्रिनकार्ड समेत दियो । यसमा मलाई गौरव लागेको छ ।

 

Comments
Posted By: kuber
Jul 31, 2008
karishma 33 now? 2-4 din aghi matra baltimore ma dekhda ta uni 40 ma chha jasto lageko ho malai.
Posted By: RAJU
Dec 20, 2008
BINODJILE SARAI DHATNU BHAYE JASTO LAGYO.PAISANAI CHINOS BHANERA CHAHI HOINA JASTO LAGCHHA." PURUSKO BHAGYA AAIMAIKO CHHARITRA " BHANEKO SUNNU BHAYEKAI HOLA.TARA PANI INTERVIEW MA YESARI BHANNU BHANEKO BINODJI KO KARISMA PRATI MAYALE GARDA HO.JUN THHALMA KHAYO TESAIMA THUKO KARISMALE.FILM LINEKO PARYO GATILO KAHA HUNNCHHARA.HOINATA
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.