
नेपाली राजनीतिमा किसुनजी एउटा आकर्ष बिम्ब हो । त्यसै बिम्बको पछि लागेर कांग्रेस नेता बलबहादुर केसीले आजन्म विवाह नगर्ने आदर्श
राख्नुभयो । तर, वयोवृद्ध किसुनजीलाई देखेर विवाहको प्रेरणा पनि पाउनुभयो । म कति बाँच्छु मलाई थाहा छैन, म बाँचिरहेँ भने मैले दु ख पाउँछु,' केसीले अठोट गर्नुभयो- अहिलेसम्म ठीकै छ, अव विवाह गर्छ /'संयोग के भने, विवाह नगर्ने आदर्श पनि किसुनजी हुनुभयो र विवाह गर्ने प्रेरणा पनि उहाँबाटै मिल्यो । ५१ वर्षो अधबैंसे उमेरमा नेता केसीको विवाह भयो । २०६१, २१ माघमा विवाह तय भएको थियो । तर, कुन्नि के संयोगले विवाह १७ माघमै भयो । १९ माघमा कू भइहाल्यो । उहाँलाई लाग्छ- लगन नसारेको भए मेरो विवाह नै नहुने रहेछ । सबैलाई थाहै छ, १९ माघपछि सबैभन्दा कष्ट नेताहरुले उठाए नै ।
केसीलाई मनपराउने केटी थुप्रै थिए । लभ लेटर कति आए, कति गए यसको लेखाजोखा नै रहेन । विवाहको धेरै प्रस्ताव आए । तर, जेल, राजनीति, निर्वाचनमा अल्मलिनुभयो उहाँ । विवाहको निर्ण्र्ाा
नै गर्न सक्नुभएन । कसलाई छान्ने निम्न स्तरको या उच्च स्तरको - कतिलाई उहाँले विवाहको वचन पनि दिनुभयो । कुरा छिनियो, तर विवाह भएन । उहाँको निक्र्योल के रह्यो भने, जमिन र श्रीमतीचाहिँ पुन्पुरोमा लेखेकै पाइन्छ । जसले तीलकुश समातेको छ, त्यसलाई फेला पारेपछि उसले पनि मनपराउँछ, आफूले पनि मन पराइन्छ, । पीके क्याम्पसकी पर्ूव स्ववियु सभापति रीना उप्रेतीसित उहाँको फिप\mटँी फिप\mटी भयो -एजेन्ज प्लस लभ) । लेखेको कुरा नै सहर्षस्वीकार गर्नुभयो ।उहाँको विचारमा राजनीतिक पृष्ठभूमिकी रीनामा सहयोगी भावना छ । तर, अहिले विशुद्ध गृहिणीको भूमिकामा हुनुहुन्छ । विवाह तेस्रो वर्षा छ । बच्चाको भगवान्को हातमा छ । प्रेम स्वाभाविक कुरा हो । मनपरेको कुरामा नै प्रेम हुन्छ,' प्रेम र सेक्सबारे नेता केसीको धारणा छ, मान्छेलाई र्रि
|mेस गराउने सेक्स नै जीवन अघि बढाउने मूल आधार हो ।' केसीको विचारमा विवाह अघिको सेक्स इमोसनल मात्र हो । विवाहपछि सेक्स आत्मीय हुन्छ । उमेरले सेक्सलाई त्यति फरक पार्दैन ।लडाकू शैलीका नेता केसीको जन्म २०१० सोलुखुम्बुको सल्यान गाविस वार्ड नं ३ मा भएको हो । लालबहादुर केसी र महेश्वरी केसी पाँच भाइ छोरामध्ये बलबहादुुर माइलो हुनुहुन्छ । रमेशबाबु केसी, होमबहादुर, रामकुमार र बालकुमार केसी उहाँका दाजुभाइ हुन् । राजनीतिमा उहाँ एक्लै हुनुहुन्छ । अरु कोही इन्जिनियरिङ छन् त कोही होटल व्यवसायमा लागेका छन् ।
उहाँले आठ,नौ वर्षो उमेरसम्म घरमै सामान्य लेखपढ गर्नुभयो । त्यसपछि ओखलढुंगाको सगरमाथा हाइस्कुलमा पढ्नुभयो । त्यतिबेलासम्म सोलुखुम्बुमा हाइस्कुल थिएन । सात कक्षादेखि चाहिँ सल्लेरीको जनजागृति हाइस्कुल पढ्नुभयो । सोलुखुम्बुमा एसएलसी सेन्टर थिएन । २०२६ सालमा दोलखा पुगेर एसएलसी दिनुभयो । दोस्रो श्रेणीमा उत्तीण् हुनुभयो । त्यसपछि उहाँ सोलुखुम्बुबाट पाँच दिन हिँडेर काठमाडौं आउनुभयो । बाह्रबीसेमा मात्र बस देख्नुभयो । र, पहिलोपटक बस चढ्नुभयो । त्यसपछि उहाँ महेन्द्ररत्न कलेज बसन्तपुरमा भर्ना हुनुभयो । उहाँ कमर्सको विद्यार्थी हुनुहुन्थ्यो । र, युनियनको सभापति चुनिनुभयो ।
राजनीतिमा आकस्मिक रुपमा आउनुभयो उहाँ । बाल्यकालमा जागिर खाने सपना थियो । परिवार र गाउँघरको सोचाइ के थियो भने, जागिर खाएपछि मात्र ठलो मान्छे होइन्छ । तर, उहाँमा सानै उमेरदेखि व्रि्रोही स्वभाव थियो । अन्यायसित लड्नुहुन्थ्यो विद्यालयमा, परिवारमा, समाजमा । धेरैले उहाँबाट कुटाइ खाएका छन् । त्यतिबेला उहाँको निकनेम थियो, गम्बु । गम्म परेकाले गम्बु भनिने गरिएको केसीको भनाइ छ । उहाँको पिटाइबाट बच्नका निम्ति गाउँघरमा मित लगाउँथे । धेरैले मित लगाएर आप
\mनो रक्षा गरे । कसैले फट्याइँ र अन्याय गर्यो भने, उहाँ लडिहाल्नुहुन्थ्यो ।ओखलढुंगाका बालगोविन्द राजभण्डारी उहाँका शिक्षक हुनुहुन्थ्यो । अहिले होटल चलाएर बस्नुभएको छ । विद्यालयका विषयमा झगडा भयो । त्यहाँका प्रभावशाली व्यक्ति आङटावाले उहाँका ठूल्दाजुलाई पिट्नुभयो । त्यसपछि विद्यालयमा आन्दोलन भयो । त्यसको नेतृत्व केसीले लिनुभयो । आन्दोलनपछि उहाँले स्कुल छाडिदिनुभयो र नयाँ विद्यालय खोलिदिनुभयो, जनज्योति मावि नेले । त्यतिबेला उहाँहरुलाई साथ दिने रमेश थुलुङ हुनुहुन्थ्यो । यो घटनाले केसीमा उत्साह बढ्यो । यसरी सोलुको नेले र सल्लेरीबाट पञ्चायती व्यवस्थाको विरोध सुरु भयो ।
काठमाडौंमा क्याम्पस पढिसकेपछि स्ववियु चुनाव आयो । नेविसंघ भनेको केसीलाई थाहै थिएन । उहाँले सभापति उठ्ने विचार गर्नुभयो । तर, उहाँलाई आधिकारिक उम्मेदवार बनाउने अवस्थाथिएन । देऊ वा नदेऊ, म उठेँ,' उहाँले घोषणा गर्नुभयो । बिहानी सत्रमा विद्यार्थीको संख्या धेरै थियो । उहाँलाई नदिए चुनाव हार्ने निश्चित भएपछि बाध्यताले उहाँलाई आधिकारिक उम्मेदवार बनाइयो । त्यो समय देशभरि नेविसंघले जम्मा तीन क्याम्पस जितेको थियो । महेन्द्ररत्नमा बलबहादुर केसी, जनकपुर क्याम्पसमा युवराज खाती, कर्ीर्तिपुरमा कौशलले । त्यतिखेरबाट उहाँको औपचारिक राजनीति सुरु भएको हो । त्यसपछि बमकाण्ड भयो । नरबहादुर कार्की भन्ने नेविसंघका नेता उहाँका फूपुका छोरा हुनुुहुन्थ्यो । बम हानेको अभियोगमा शिव कंगाल र नरबहादुर कार्कीलाई सरकारले पक्राउ गर्यो । केसीका अत्यन्त नजिक भएको साथी केशव खरेल गुप्तचर रहेछ । त्यसै घटनामा केसीलाई चार वर्षथुनामा राखियो । वीरेन्द्रको राज्याभिषेकपछि छाडियो । जेलमा नै किसुनजी, शेरबहादुर देउवासित उहाँको चिनजान भयो । र, केसी किसुनजीबाट अत्यन्त प्रभावित हुनुभयो । सरल चित्तको, सवैलाई समान माया दिने व्यक्तित्व । किसुनजी जेलमा सात रुपैयाँ पाउनुहुन्थ्यो । किसुनजीका निम्ति सानो कसौडीमा भात पाक्थ्यो, अरु राजनीतिक बन्दी मेसमा खान्थे । साँझ गफगाफ हुन्थ्यो । त्यहाँ हुक्का तान्नुहुन्थ्यो किसुनजी । किसुनजीसित बस्दा उहाँलाई जेल बसेको अनुभूति नै भएन । केसी त्यतिबेला १८, १९ वर्षो मात्र हुनुहुन्थ्यो । चार वर्ष
जेल बस्दा उहाँ नेता भइसक्नुभएको थियो । उहाँ भन्नहुन्छ, राजनीति गर्दिन भन्दाभन्दै पनि मैले राजनीति गर्नुपर्यो किनभने म किन जेल परेँ भन्ने पुष्टि पनि गर्नु थियो ।जेलबाटै उहाँले बीएड गर्नुभयो । त्यहाँ उहाँका गुरु कृष्णप्रसाद भट्टर्राई, भीमबहादुर तामाङ, रामराजाप्रसाद सिंह हुनुहुन्थ्यो । त्रिभुवन विश्वविद्यालयमा पढ्न थालेपछि नेविसंघको इकाई सभापति हुनुभयो । त्यसपछि उहाँलाई शेरबहादुर देउवाले नेविसंघको कार्यवाहक सभापति दिनुभयो । दर्ुइ वर्षकार्यवाहक सभापति चलाउनुभयो उहाँले । त्यसपछि जनकपुरमा नेविसंघको अधिवेशन भयो । विमलेन्द्र निधि अध्यक्ष हुनुभयो । शेरबहादुर देउवा, चिरञ्जीवी वाग्ले, विपिन कोइराला, रामचन्द्र पौडेल, शिवबहादुर खड्का, नरबहादुर कार्की, दमननाथ ढुंगाना त्यतिबेलाका चर्चित नेता हुनुहुन्थ्यो । उहाँहरु कोही बीपी त कोही सुवर्ण्र्ाामूहका रुपमा चिनिनुहुन्थ्यो । शैलजा आचार्यहरु बनारसमा हुनुहुन्थ्यो ।
नेविसंघको सदस्यता लिएपछि उहाँले आधिकारिक रुपमा कसैबाट सदस्यता लिनुभएको छैन । त्यति उहाँहरु नै कांग्रेसजस्तो भइसक्नुभएको थियो । नेताहरुको विश्वास थियो । त्यसैले कुनै रसिद लिनुपरेन । नेविसंघ छाडेपछि उहाँ जिल्ल्ाा राजनीतिमा क्रियाशील हुनुभयो । २०४९,५० मा किसुनजीले उहाँलाई कांग्रेस केन्द्रीय समितिमा ल्याउनुभयो । तर, गिरिजाबाबु सभापति भएपछि हटाउनुभयो । नेपाली कांग्रेसको इतिहासमा आफूले गौरव गर्ने स्थिति रहेको नेता केसीको भनाइ छ । इतिहासका निर्ण्ाायक मोड अर्थात् २०३६, २०४२, २०४६ र २०६२ का आन्दोलनहरुमा उहाँ नेतृत्व तहमा रहनुभयो । पटक पटक गरेर सात वर्षजेल बस्नुभयो उहाँ ।
२०४६ सालको आन्दोलनताका आन्दोलनकारीलाई अमिता कपाली र कृष्णा अमात्य घर खोज्ने र लुकाउने काममा सक्रिय हुनुहुन्थ्यो । उहाँहरु एउटा घरमा राति लुक्नुभयो । कुरा चल्यो । घरबेटीले बलबहादुर केसीलाई चिनेको रहेनछ । उसले भन्यो- बलबहादुर त साह्रै जन्डो रहेछ । कसैले भनिदियो- तपाईँँेले चिन्नुभएको छैन - उहाँ त हो नि - जन्डो भन्ने मान्छे एकाएक फेन्ट भयो । उहाँहरु एकछिन पनि नबसी अर्को घरतिर लाग्नुभयो । त्यो क्षण अझै पनि उहाँलार्इँ अविस्मरणीय लाग्छ ।
२०४८, २०५१ र २०५६ तीनै आम निर्वाचनमा उहाँ सोलुखुम्बुबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । कृष्णप्रसाद भट्टर्राई र शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा उहाँ पटकपटक मन्त्री हुुनुभयो । शिक्षा तथा खेलकुद, पर्यटन, सामान्य प्रशासन, आवास तथा भौतिक र श्रम मन्त्रालय सम्हाल्नुभयो । तर, गिरिजाबाबुको सरकारमा मन्त्री बन्न पाउनुभएको छैन ।
२०५९ सालमा नेपाली कांग्रेस फुट्यो । पार्टर्ीीेतृत्वको कार्यशैलीसित असहमत केसीलगायतका नेताहरुले प्रजातान्त्रिक कांग्रेस खोल्नुभयो । नेपाली कांग्रेसको राजनीतिमा दर्ुइ थरी धार छन्, एउटा देशभित्रै बसेर संर्घष् गर्ने र अर्को देशबाहिर रहेर संर्घष्ा गर्ने । देशभित्रै रहेर संर्घष्ा गर्नेको नेतृत्व किसुनजीले लिनुभयो, बाहिरको नेतृत्व बीपी कोइराला, त्यसमा पनि गिरिजाबाबुले । गिरिजाबाबुसित त्यतिखेरदेखि नै उहाँको सम्बन्ध रहेन । शेरबहादुरजी चाहिँ हाम्रो नेता हुनुहुन्नथ्यो, खास नेता किसुनजी हो,' केसीको भनाइ छ, कसै न कसैलाई नेता बनाउनुको विकल्प थिएन, त्यसैले उहाँ नेता बन्नुभयो ।' अहिले कांग्रेस एकताका निम्ति लाग्नुभएको छ उहाँ । पार्टर्ीीे सैद्धान्तिक कुरा र कार्यशैलीमा खासै फारक देखिएन । समयले प्रजातान्त्रिक शक्तिको ध्रुवीकरणको आवश्यकता देखिएको उहाँकोा धारणा छ ।
☺एकता नभई सुख छैन, कांग्रेस एकता नभइकन संविधानसभा निर्वाचन हुँदैन,' उहाँ भन्नुहुन्छ, एकताको कुरा सबै मिलेको छ, अव घोषणा हुनमात्र बाँकी छ ।'निजामती कर्मचारीले मुख्य सचिव हुन खोज्छ भने मन्त्रीले प्रधानमन्त्री हुन खोज्नु स्वाभाविकै हो । तर, अहिले प्रधानमन्त्री हुन खोज्नु महत्वाकांक्षी ियोजना हुने उहाँको धारणा छ । प्रधानमन्त्री बन्न भाग्य चाहिन्छ, टीका लगाउन बाँकी हुँदा पनि धेरै खुस्केका छन् । उहाँका प्रिय नेता किसुनजी हो । बितेका नेतामा गणेशमानजी । उहाँको दृष्टिमा कोइराला परिवार प्रजातन्त्रका मानेमा सकैसित सम्झौता गर्दैन । तर, अवगुण के छ भने, जे कुरा पनि आप
\mनै हातबाट मात्र गराउन चाहने । गिरिजाबाबुले पछिल्लो समय आफूलाई कांग्रेस सभापतिभन्दा अलिकति माथि राख्ने कोसिस गर्नुभएको छ । गिरिजाबाबु एक त भाग्यमानी हुनु हुँदो रहेछ, उहाँले गर्दा नै राजनीति धानिएको छ । उहाँमा धेरै परिवर्तन देखिएको छ ।युवा नेता केसीलाई खानामा कोदोको ढिँडो र कुखुराको मासु मनपर्छ । लगाउनमा जे भए पनि हुन्छ । हि्वस्की अहिले अलि कम पिउने गर्नुभएको छ । चुरोट त उहाँ जन्मजात खानुहुन्थ्यो । उहाँ भगवान्मा पूण्ा विश्वास राख्नुहुन्छ । जनावरमा गाई मनपर्छ । नेपालमा घुम्न मनपर्ने ठाउँ सगरमाथा बेस क्याम्प र खुम्बु क्षेत्र र विदेशमा स्विटजरल्यान्ड मनपर्छ । कपालमा कहिल्यै कालो लगाउनुहुन्न । सिनेमा फर्ुसदमा कहिलेकाहीँ हर्ेर्नुहुन्छ । नेपाली सिनेमा हर्ेर्नुभएको छैन । खानबस्न पुग्ने सम्पत्ति छ । पुख्र्यौली घर सोलुमा छ । अहिले दिदीको घरमा बस्नुहुन्छ । बैंकमा ५, १० लाख राख्नुभएको छ । राजनीतिपछि समाजसेवामा लाग्ने विचार छ । बिहान ५ बजे उठ्नुहुन्छ । योगामा रुचि छ । खेलमा फुटबल मनपर्छ । जेलमा भलिबल खेल्नुभयो । राति ११ बजे सुत्नुहुन्छ ।
ऋषि धमला