REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
आर्थिक वृद्धिका लागि लगानीको सुनिश्चितत&
February 28 2007

मुलुकका अर्थविद् एवं उद्योगी व्यवसायीले निजी क्षेत्र लगानीका लागि आश्वस्त हुन नसकेसम्म मुलुकको अर्थतन्त्रले फड्को मार्न नसक्ने बताएका छन् । निरन्तर बन्द, हड्तालले लगानीको वातावरण धमिल्याउने चिन्ता गर्दै उनीहरुले एक दिनको बन्दले एक अर्बभन्दा बढी घाटा बेहोरिरहेको उल्लेख गरे ।

रिपोर्टस क्लब नेपालद्वारा १६ फागुनमा आयोजित साक्षात्कार कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.जगदीश पोखरेलले निजी क्षेत्रलाई अहिलेको असामान्य परिस्थितिमा असामान्य ढंगबाट लगानी गर्ने सोचको विकास गर्न आग्रह गर्नुभयो । उहााले भन्नुभयो-निजी क्षेत्रले असामान्य रुपमा सोच्ने बेला होइन । आयोगले ३ वर्षे अन्तरिम योजना बनाइरहेको जानकारी दिादै उहााले निजी क्षेत्रलाई लगानी वृद्धि गर्न आग्रहसमेत गर्नुभयो । निजी क्षेत्र पूर्ण रुपमा आश्वस्त हुन नसकेको उहााको धारणा थियो ।

डा. पोखरेलका अनुसार तीनवटा जलविद्युत् आयोजना सञ्चालनका लागि निजी क्षेत्रसित प्रक्रिया अघि बढाइएको छ भने फागुनको अन्त्यसम्म सुर्खेतबाट जुम्लासम्म मोटर बाटो पुग्ने छ । त्यसपछि सदरमुकामसम्म सडक जोडिन बााकी जिल्ला दुइटामात्र हुनेछन् । उहााले समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माणका लागि मानसिक र भौतिक रुपमा विस्थापित राज्यलाई पुनस्र्थापित गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्थविद् डा. शंकर शर्माले निजी क्षेत्रमा विश्वास दिलाउने गरी योजना र कार्य अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो । उहााले भन्नुभयो- निजी क्षेत्रमा विश्वास जगाउनैपर्छ । आर्थिक सुधार, योजना र स्वतन्त्रतामा सत्तारुढ दलहरु र अन्यले सहमति निर्माण गर्नैपर्ने उहााको भनाइ थियो । सरकारले विकासमा जस नपाइरहेको अवस्था रहेको शर्माले बताउनुभयो । मुलुकले कम्तीमा वाषिर्क ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्नैपर्ने अवस्था रहेको उहााको भनाइ थियो ।

अर्थविद् डा. डिल्लीराज खनालले आर्थिक विकासका लागि दलहरुले न्यूनतम साझा सहमति निर्माण गर्नैपर्ने बताउनुभयो । उहााले भन्नुभयो-आर्थिक मुद्दालाई राजनीतिक मुद्दासागै अगाडि लानुपर्छ । विगतमा आर्थिक उदारीकरणका कारण भएका गल्ती सच्याएर अगाडि बढ्नपर्नेमा उहााको जोड थियो । संक्रमणकालको अन्त्यलगत्तै मुलुकले वाषिर्क ८ प्रतिशत वृद्धिदर हासिल गर्ने उहााले बताउनुभयो । विरोधाभाषपूर्ण आर्थिक कार्यक्रमका कारण मुलुकले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको खनालले औल्याउनुभयो । आर्थिक र सामाजिक विकासका लागि तलबाट माथि पुग्ने नीतिमा उहााको जोड थियो ।

कार्यक्रममा अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले राजनीतिक एजेन्डासागै आर्थिक पुनर्सरचना आवश्यक रहेको धारणा राख्नुभयो । मुलुकको आर्थिक विकासका निम्ति संघीयतालाई अवलम्बन गर्नुपर्ने उहााले बताउनुभयो । संक्रमणकाल लामो समयसम्म नरहने भएकाले त्यसमा चिन्ता नगर्न उहााले व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । आर्थिक एजेन्डामा सात दलभन्दा माओवादी स्पष्ट भएको उहााको विचार थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष विनोदबहादुर श्रेष्ठले नयाा नेपाल निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 'नयाा नेपाल बनाउन राजनीतिक परिवर्तनमात्र पर्याप्त हुादैन,' श्रेष्ठले भन्नुभयो, 'आर्थिक-सामाजिक रुपान्तरण सबैभन्दा महत्वपूर्ण मुद्दा हो ।' उहााले ११ वर्षे द्वन्द्वमा समेत सेवा, रोजगारीको अवसर दिइरहेको निजी क्षेत्रलाई लोकतन्त्रमा एकतर्फी रुपमा प्रहार भइरहेको आरोप लगाउनुभयो । दिनहुा श्रम र पुाजी पलायन भइरहेको दृश्य सरकार टुलुटुलु हेरिरहेको उहााको धारणा थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रलाई सरकारले अपराधीका रुपमा व्यवहार गरिरहेको आरोप लगाउनुभयो । अध्यक्ष ढकालले दातृ संस्थाको दबाबमा सरकारले ८० जनाको राहदानी जफत गर्ने निर्णय गरेर मानवअधिकारको उल्लंघन गरेको समेत आरोप लगाउनुभयो । यस्तो गतिविधिले भोलि आठ सयजनाको राहदानी जफत गर्ने अवस्था आउाछ, उहााले भन्नुभयो- राष्ट्र विकासमा निजी क्षेत्रको योगदानमा अवरोध पुग्छ । उहााले उद्यमी-व्यवसायीले निरन्तर औद्योगिक अशान्ति बेहोर्नु परिरहेको बताउादै तराई आन्दोलनका क्रममा १ खर्ब नोक्सान भएको तथ्यांक प्रस्तुत गर्नुभयो ।

ढकालका अनुसार तराई आन्दोलनका क्रममा निकासी नोक्सानी २ अर्ब ५० करोड, पैठारी नोक्सानी ७ अर्ब ४५ करोड, कुल गार्हस्थ उत्पादनमा नोक्सानी २८ अर्ब ७४ करोड, उत्पादनमा नोक्सानी १८ अर्ब ६४ करोड, कृषि क्षेत्रमा नोक्सानी १० अर्ब ५० करोड, राजस्व नोक्सानी ५ अर्ब, यातायात क्षेत्रमा २० करोड एवं भन्सार नाका, भारतको कोलाकाता बन्दरगाहमा अलपत्र सामानको नोक्सानी ४ अर्ब रहेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले निजी क्षेत्र लगानीका लागि विश्वस्त बन्न नसकेको बताउनुभयो । लगानी गर्दा डुबिन्छ कि भन्ने भय छ-मालाकारले बताउनुभयो । बन्दका कारण आफूहरुले ठूलो घाटा व्यहोर्नुपरेकाले त्यसको समाधानमा उहााले जोड दिनुभयो । बन्दका कारण प्रत्येक दिन १ अरब २७ करोड घाटा पर्ने मालाकारको आंकडा थियो । उहााले चन्दा आतंकको अन्त्य हुनुपर्ने पनि बताउनुभयो ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.