
अखिल नेपाल तेक्वान्दो संघ -एन्टा) आबद्ध अल्पाइन साम्भवी स्कुलमा भानु जयन्तीको अवसरमा तेक्वान्दोको विशेष खेल प्रदर्शनी गरियो । कार्यक्रममा स्कुलका साना विद्यार्थीहरुले विभिन्न उत्कृष्ट किकको पर््रदर्शन गर्दै आफ्ना अभिभावक तथा अतिथिहरुका सामु काठका फट्टाहरु फुर्टाई आफ्नो कौशल पर््रदर्शन गरेका थिए । विद्यालयका तेक्वान्दो प्रशिक्षक तथा एन्टाका केन्द्रिय सदस्य टिकादत्त दाहालले उक्त पर््रदर्शन खेलको निर्देशन गरेका थिए । कविता वाचन, गीत संगीत र नृत्यसंगै तेक्वान्दोको पर््रदर्शनीले उपस्थित अभिभावक तथा दर्शक रोमान्चित भएका थिए ।
भानु जयन्तीको उपलक्ष्यमा एक सप्ताह सम्म विद्यालयमा विविध कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम अनुसार तेक्वान्दो पर््रदर्शन तथा ग्रेडिङ कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम लाई सम्वोधन गर्दै कार्यक्रमका सभापति तथा विद्यालयका प्रिन्सिपल हरि सिंहले विद्यार्थीहरुका लागि ज्ञान र सूचनाको जति महत्व हुन्छ त्यति नै महत्व शारिरीक विकाशको लागि पनि दिनुपर्ने हुन्छ जसको लागि प्रशिक्षित गुरुहरुद्वारा सुरक्षित र व्यवस्थित तरिकाले सिकाइएको तेक्वान्दोले यसको पर्ूर्ति गर्ने र यसमा लागेका विद्यार्थीहरु कुलतमा नफस्ने कुरा अनुभवले देखाएको बताउनुभयो ।