REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रेम र जीवन
पर्दा पछाडिका टिभी पत्रकार
March 02 2007

 

ऋषि धमला

आजका मूर्धन्य पत्रकार तीर्थ कोइरालाको बालापन राउटे शैलीमा बितेको रहेछ । पुख्र्यौली घर भोजपुर भए पनि पक्का लिम्बुवान क्षेत्र ताप्लेजुङको साँघुमा जन्मनुभयो । केही समय मोरङमा बिताएर सुनसरीमा हुर्किनुभयो । कक्षा १ देखि ३ सम्म ताप्लेजुङमा पढ्नुभयो भने ४, ५, ६ मोरङमा । कक्षा ७ देखि सुनसरी पढेका उहाँ २०३७ मा उच्च शिक्षाका लागि औपचारिक रुपमा काठमाडौं प्रवेश गर्नुभयो । २०३४ एसएलसी दिएपछि पहिलोपटक उहाँ काठमाडौं आउनुभएको थियो । 'त्यतिबेला गाउँबाट आउने मानिसलाई काठमाडौं ठूलै थियो,' उहाँ सम्झनुहुन्छ, 'तर, खास विशेष थिएन ।'

आमासित उहाँको मुस्किलै चार, पाँच वर्ष बितेका छन् । हजुरबुबा विद्यापति पूर्वाञ्चलकै नामी समाजसेवी हुनुहुन्थ्यो । विद्यापतिका ६ भाइ छोरामध्ये कान्छाको जेठीतिर छोरी जन्मेपछि थप जायजन्म भएन । त्यसको लामो समयपछि विवाह गरेको कान्छीतिरबाट तीर्थ कोइरालाको जन्म भएको हो । तीर्थ जन्मेपछि पारिवारिक उल्लासको सीमा थिएन । तर, जन्मनेबित्तिकै आमा बिरामी भएपछि दूधसमेत खान पाउनुभएन ।

पक्का लिम्बुवान् क्षेत्र ताप्लेजुङको साँघुमा २०१९ भदौतिर बुबा कोमलप्रसाद र राधाका ज्येष्ठ पुत्रका रुपमा जन्मेका कोइरालाका माइला भाइ राजेश पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ भने कान्छा भाइ गोपाल समाजसेवामा । त्यसो त पत्रकार बन्ने लालसाभन्दा पनि डाक्टर हुने चाहना थियो उहाँ । तर, गणितमा कमजोर भएकाले गणितविहीन कानुन पढ्नुभयो । पत्रकारिता र विद्यार्थी राजनीतिमा सामान्य चाख विद्यार्थीकालमै थियो । २०३६ को जनमतसंग्रहमा मनमोहन, भरतमोहनअधिकारीसित बहुदलका पक्ष्ामा पूर्वाञ्चलका धेरै जिल्लामा प्रचारमा हिँडेको हेक्का छ उहाँमा । किशोर उमेरमै नयाँ सन्देश, मातृभूमि, समीक्षाको नियमित पाठक हुनुहुन्थ्यो कोइराला । '२०३१ देखि ३६ सम्मका नयाँ सन्देशका कार्टुन संकलन थियो मसित,' पुराना दिन सम्झँदै उहाँ भन्नुहुन्छ, 'कहिले आप\mनो नाममा त कहिले अर्काको नाममा लेखरचना पनि छापेको थिएँ ।'

विद्यार्थी राजनीतिमा क्रियाशील भएकाले नवजवान, यथार्थ र छलफलमा लेख्न थाल्नुभयो उहाँले । गोपाल चिन्तन, अग्नि खरेल र कोइरालाको संलग्नतामा साहित्य सन्ध्या नामक संस्था पनि खुलेको थियो त्यतिबेला । तर, तत्कालीन अनेरास्ववियु -पाँचौं) म्ाा पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रता भन्ने विवादमा पार्टी स्वतन्त्रताको पक्ष अल्पमतमा परेपछि कोइराला क्रमशः राजनीतिबाट टाढा हुनुभयो । र, पत्रकारितामा उहाँ क्रियाशील हुन थाल्नुभयो ।

२०४० मा 'रातो युगधारा' साप्ताहिकमा नियमित संलग्न हुनुभयो कोइराला । त्यसमा हिरण्यलाल श्रेष्ठ र रघु पन्त हुनुहुुन्थ्यो । दुई वर्षपछि नेपाल प्रेस इन्स्िटच्युटमा दस महिने पत्रकारिता तालिम लिएपछि इन्टर्नसिपका क्रममा साप्ताहिक विमर्शमा एक वर्ष बिताउनुभयो । अनि मातृभूमिमा समाचार र अन्तर्वार्ता- २०४९ सालसम्म लेख्नुभयो । त्यसै वर्ष उहाँ नेपाल वातावरण पत्रकार समूहमा आबद्ध हुनुभयो । समूहमा तीनचोटि अध्यक्ष, कोषाध्यक्ष, उपाध्यक्ष, सदस्य हुनुभयो । लामो सम्बन्धकै कारण रेडियो नेपालमा वातावरण कार्यक्रम पनि चलाउनुभयो ।

पत्रकार जीवनमा नेपालीपत्रमा आबद्ध हुनुहुन्थ्यो कोइराला । कमल जोशी, जनार्दन आचार्य, पदम ठकुराठीसित बसउठ थियो । भारतदत्त कोइरालासित पनि सम्पर्क र सम्बन्ध थियो । २०४९ मा कान्तिपुर नेपाली दैनिक र दी काठमाडौं पोस्ट अंग्रेजी दैनिकमा सुरु भएपछि प्रमुख संवाददाताका रुपमा संलग्न हुनुभयो उहाँ । निजी क्षेत्रको दोस्रो राष्ट्रिय दैनिक श्री सगरमाथा दैनिकको सम्पादकको प्रस्ताव आएपछि उहाँले कान्तिपुर पब्लिकेसन्स छाड्नुभयो । तर, अल्पायुमा श्री सगरमाथा बन्द भयो । 'वास्तवमा त्यो राम्रो स्किम थियो, त्यस्तो पत्रिका अझै पनि चल्छ,' उहाँ भन्नुहुन्छ, 'तर त्यहाँ व्यवस्थापकीय त्रुटि, कमजोरी देखिनथालेपछि म अलग भएँ ।'

नेपाली पत्रकारिता क्षेत्रका खम्बा तीर्थ कोइराला नेपाल टेलिभिजनको समाचार सल्लाहकार, सञ्चालक समिति सदस्य हुँदै अध्यक्ष बन्नसमेत सफल हुनुभयो । स्वतन्त्र पत्रकारका रुपमा पाँच वर्ष बिताएपछि उहाँ हिमालय टाइम्समा एक वर्ष सल्लाहकार सम्पादक हुनुभयो । फेरि कान्तिपुर प्रकाशनगृहको नेपाल साप्त्ााहिकमा दुई वर्ष सम्पादक भएपछिपछि उहाँ कान्तिपुर टेलिभिजनमा समाचार प्रमुखको जिम्मेवारी बहन गरिरहनुभएको छ ।

पत्रकार जीवनमा झन्डै १२ सय व्यक्तित्वसित अन्तर्वार्ता लिएको अनुभव उहाँसित छ । 'अन्तर्वार्ता लिनेमा म झन्डै तपाईंसँगै हुँुला,' पंक्तिकारसित उहाँले भन्नुभयो । उहाँले राजा ज्ञानेन्द्रको अन्तर्वार्ता पनि लिनुभयो । दर्शनभेटको समयमा भएका कुराकानी राजाको अनुमतिले स्मरणका आधारमा उहाँले अन्तर्वार्ता बनाएर छाप्नुभयो । र, त्यसले राम्रै चर्चा पाएको थियो । उहाँले गिरिजाबाबु, किसुनजीको पनि अन्तर्वातर्ा लिनुभएको छ । तर, माओवादी अध्यक्ष प्रचण्डलाई सामान्य भेट्नुमात्र भएको छ, अन्तर्वार्ता लिनुभएको छैन ।

साढे दुई दशकको पत्रकार जीवनमा उहाँले छापा र विद्युतीय -रेडियो, टेलिभिजन) दुवै माध्यममा काम गर्नुभयो । तर, उहाँले आफूलाई छापामाध्यम सुहाउँदो अनुभव गर्नुभएको छ । टेलिभिजनको समाचार प्रमुख भए पनि अन्तर्त्रिmया र बहसमूलक कार्यक्रम उहाँले चलाउनुभएको छैन किन त ? 'त्यसको पनि समय आउला,' उहाँ भन्नुहुन्छ, 'अहिले बोल्नेभन्दा पनि सुन्ने बेला छ ।' लामो समयदेखि उहाँ पत्रकार महासंघमा पार्षद हुनुहुन्छ । एकपटक महासचिवमा पराजित हुनुभयो । महासंघ एनजीओ हो वा ट्रेड युनियन भन्ने स्पष्ट नभएको उहाँको धारणा छ । पत्रकारितापछि उहाँ राजनीतिमा लाग्नुहुन्छ त ? 'र।जनीतिमा जान्न भन्दिन,' कोइराला भन्नुहुन्छ, 'जाने सोचाइ पनि छैन ।' उहाँको विचारमा पत्रकारितामा अलि बढी पपुलर कुराले ठाउँ पाएको छ । देश, प्रजातन्त्र र प्रेस स्वतन्त्रतालाई आप\mनो परिवेशमा बुभ\mन सक्ने पत्रकारलाई नै उहाँ सम्मान गर्नुहुन्छ । गोविन्द वियोगी, मणिराज उपाध्यायमा केही कमजोरीबाहेक निष्ठा रहेको उहाँको धारणा छ ।

'व्यवस्थापन र सम्पादकीय सम्बन्धको असल नभएको भए यसको प्रगति हुने थिएन । यहाँ व्यक्तिभन्दा पद्धतिलाई महत्व दिइएको छ । समाचारको हिसाबले कान्तिपुर नं. १ छ,' कान्तिपुर टेलिभिजनको अवस्था कस्तो छ ? पंक्तिकारको प्रश्नमा उहाँले भन्नुभयो- 'उतारचढावका बेला पनि साह्रै चित्त दुख्ने र अप्ठ्यारो पर्ने गरी प्रस्तुत गरेनौं । समाचार लुकाएनौं । कान्तिपुर समाचार विवादरहित छ । अरुले पनि सिको गरे राम्रै हुन्छ ।' कान्तिपुर समाचारको प्रस्तुति निष्पक्षभन्दा पनि सापेक्ष रहेको उहाँको धारणा छ ।

नेपालको इतिहासमा पृथ्वीनारायण शाह, जंगबहादुर राणा, राजा महेन्द्र, बीपी, पुष्पलाल र मदन भण्डारीप्रति उहाँको सम्मान छ । 'अहिलेका सन्दर्भमा गिरिजाप्रसाद कोइराला नै नेता हो,' उहाँ भन्नुहुन्छ, 'प्रचण्ड त अहिलेका समकालीन नेताहरुकै दाँजोमा पनि आउँछन् कि आउँदैनन् भन्न सक्दिन ।' कोइरालाले पहिले कतै लेख्नुभएको थियो मनमोहनजस्तो भिजन र गिरिजाबाबुजस्तो अडान हुने हो भने असल हुन्थ्यो । भेटेका राजामध्ये वीरेन्द्रलाई उहाँ 'समुद्र' भन्न हिच्किचाउनुहुन्न ।

विद्यार्थीकालमा स्कुलबाट भागेर पनि उहाँले धेरै चलचित्र हेर्नुभयो । बलिउडका नायक नाना पाटेकरका प्रशंसक कोइर।ला अमिताभ बच्चनलाई सर्वकालिक नायक मान्नुहुन्छ । वाइन पिए पनि उहाँ प्राथमिकतामा राख्नुहुुन्न । पहिरनमा दौरासुरुवालका पारखी कोइरालाको माछामासुमा भुतुक्कै हुने शोख छैन । ब्याडमिन्टन खेल्ने उहाँ मन्दिर जानहुुन्छ । जनावरसित संगत छैन उहाँको । 'म वातावरण पत्रकार, सिकार खेल्दिन,' उहाँ भन्नुहुन्छ । सौन्दर्यबोध गर्न चाहने कोइराला मान्छेलाई सौन्दर्यले जीवन्त राख्ने धारणा राख्नुहुन्छ । सुन्दरीहरुलाई राम्रो फूलजस्तै लाग्छ ।

२०४५ सालमा बाजा बजाएर, अघिपछि लस्करै जन्ती लिएर सवितासित उहाँको मागी विवाह भयो । बाबुआमा, गुरु र राज्यलाई सम्मान गर्ने भएकाले विवाहमा उहाँले कुनै असहमति राख्नुभएन । पत्नीको सौन्दर्य र बौद्धिकतामा उहाँले कहिल्यै गुनासो गर्नुभएन । घरगाउँले भएकाले हनिमुन मोरङमा बित्यो । विवाहको पाँच, सात दिनपछि उहाँ काठमाडौं आउनुभयो । त्यो यात्रा निरन्तर छ । दाउरा नठोसी बल्दैन भनेजस्तो ठाकठुक कहिलेकाहीँ हुने उहाँको धारणा छ ।

कोइरालाको विचारमा प्रेमले उत्तरदायी बनाउँछ भने सेक्स जैविक आवश्यकता हो । केटाकेटी मनमा क्या राम्रो भनेर बखानबाहेक कसैलाई उहाँले प्रेमपत्र लेख्नुभएन । विवाहपछि बाहिर सेक्स भयो कि भएन ? 'जति गोप्य भए पनि छिप्ने कुरा होइन सेक्स,' उहाँ भन्नुहुन्छ, 'मेरो बारेमा गुनासो र टिप्पणी सुन्नुभएको छ ? छैन भने यस्तो प्रश्न सोध्नु आवश्यक र्छैन ।' टेलिभिजनमा पनि पर्दापछाडिका मान्छे तीर्थ कोइरालाको सानो घर छ काठमाडौंमा, मोेरङमा खेती छ । भाइ राजेशको पनि घर छ । छोरी प्रतिष्ठा ए लेबल पढ्दैछिन् भने छोरा प्रयास आठमा । पत्रकार तीर्थ कोइराला बन्ने श्रेय कसलाई दिने त ? उहाँ भन्नुहुन्छ, 'कतिपयलाई परिस्थितिले नै बनाउँदो रहेछ । मामा श्यामदाइ गौतमको संगतले म पत्रकारितामा आकषिर्त भएको हँ । मलाई लाग्छ, धेरैजनाको सहयोगबाट म बनेको हुँ । म व्यक्तिविशेषको कृपाबाट बनेको होइन तर तीर्थ कोइराला एक्लै पनि होइन ।'

Comments
Posted By: bhim ghimire
May 05, 2008
good writting.
Posted By: SHYAM
Dec 20, 2008
YE BALL PO THAHA PAIO SIR KO BASTBIK JIBAN KO STORY. THANK U .
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.