
लामो समय सरकारी सेवामा बिताएका नेपालीले सिएनएनका टेड र्टनर, फक्सका र्रुपर्ट मुर्र्डोक या बेरी डिलरजस्तै 'मिडिया टाइकुन' बन्ने सपना देख्दैनन् । समाजसेवामा रुचि राख्ने हिन्दु धर्म, संस्कृतिका ज्ञाता एवं लेखक हेमराज ज्ञवाली पञ्चायती शासकले अवकाश दिएपछि नजानिँदो रुपले मिडियाको संसारमा रमाउन पुग्नुभयो । मुलुककै सबैभन्दा ठूलो प्रकाशनगृहको मालिकमात्र होइन, एक नम्बर टेलिभिजन एवं रेडियोसमेत आप
\mनो अधिनमा राखेर ज्ञवाली नेपालमात्र होइन, विश्वलाई नै चकित पार्न सफल हुनुभएको छ ।'नेपाली मिडिया किङ' ज्ञवालीको कान्तिपुर प्रवेशको पृष्ठभूमि लामै छ । एकताका उहाँका कान्छा छोरा विनोद र कैलाश सिरोहियाले चावेलको घरमा गलैचा उद्योग चलाउनुभएको थियो । राम्रैसित चल्यो उद्योग । चारपाँच वर्षो अवधिमा धेरै निकासी गर्ने १० जनामा पर्नुभयो । खासमा कान्तिपुर पब्लिकेसनको सुरुवात जनकपुरका श्याम गोयन्काले गर्नुभएको थियो । हेमराज ज्ञवाली धनुषाको प्रजिअ हुँदा छोरा विनोदराजले जनकपुरमा पढ्नुभएको थियो । कैलाश सिरोहिया त जनकपुरकै भइहाल्नुभयो । गोयन्काले भन्नुभएछ- 'ल, मैले एक्लै सकिनँ, तिमीहरु आधा भागिदार हांै ।'
गोयन्काकै सल्लाहमा २०४९ को चैतमा कान्तिपुरमा ज्ञवाली र सिरोहियाको साझेदारी सुरु भयो । हेमराज ज्ञवाली त्यसका अध्यक्ष हुनुभयो । अर्को वर्षभदौमा गोयन्काले भन्नुभएछ- 'मैले घाटा बेहोर्न सक्दिन, कान्तिपुर पूरै तिमीहरु लेऊ ।' यसरी श्याम गोयन्का बाहिरिएपछि कान्तिपुर ज्ञवाली र सिरोहियाको अधिनमा आयो । कान्तिपुरको अभिभावकत्व भने पनि, नेतृत्व भने पनि हेमराज ज्ञवालीले लिनु स्वाभाविकै थियो । लामो प्रशासनिक अनुभव पनि त्यसका निम्ति सहयोगी भयो ।
त्यसपछि कान्तिपुरमा व्यापक हेरफेर भयो । सक्षम र नवयुवक पत्रकार एवं कर्मचारीको प्रवेश भयो । गलैचा उद्योग स्थगित गरेर त्यसको आम्दानीसमेत कान्तिपुरमा नै खन्याइयो । कान्तिपुर प्रकाशनगृहको स्वरुपमा आयो । कान्तिपुर दैनिक, द काठमान्डू पोस्ट त छँदै थिए । युवायुवतीका निम्ति नयाँ कलेवरमा साप्ताहिक थपियो, गृहिणी एवं महिलाका निम्ति सर्वोत्तम मासिक र समाचारपत्रिका नेपाल साप्ताहिक पनि कान्तिपुरको छातामुनि सुरु भयो ।
ती सबै नेपाली छापा पत्रकारिताका नवीन आयाम थिए । त्यसपछि सुरु भए विद्युतीय सञ्चारमाध्यम । रेडियो नेपालसित समय किनेर २०५२ देखि ०५५ सम्म कान्तिपुर एफएम पनि चलाउनुभयो । त्यसपछि अनुमति लिएर ढुक्कले पुल्चोकमा आप
\mनै स्टेसन खोल्नुभयो । रेडियोको अनुभवपछि थपियो, टेलिभिजन । टेलिभिजन स्थापना गर्न थोरै पुँजीले पुग्ने अवस्था थिएन । रसियामा व्यापारमा संलग्न डा.उपेन्द्र महतो, जिवा लामिछाने, अरुण थापाजस्ता नेपालीहरु लगानी गर्न इच्छुक देखिनुभयो । कान्तिपुरका दर्ुइ र चारजना गैरआवासीय नेपालीको संयुक्त लगानीमा २०५९ मा कान्तिपुर टेलिभिजन सुरु भयो । टेलिभिजनमा अहिले कान्तिपुरका विनोद, कैलाश र गणेश अग्रवालको ५० प्रतिशत र एनआरएन उपेन्द्र महतोहरुको ५० प्रतिशत हिस्सा छ ।नेपाली मिडिया संसारमा उदाएको कान्तिपुरको उमेर अहिले १५ वर्षपुग्यो । डेढ दसकमै यसले कमाएको ख्याति र लोकप्रियता लोभलाग्दो छ । कान्तिपुरका सबै प्रकाशनहरु जनप्रिय र विश्वसनीय मानिन्छन् । यो नै मुलुकको सबभन्दा ठूलो प्रकाशनगृहका साथै प्रशारण माध्यमको वादशाह भइसकेको छ । गएको वर्षकान्तिपुरले दर्ुइ करोड नाफा गरेको थियो । "हामीसित १९ करोडजति बैंक ऋण छ," कुशल व्यवस्थापकका रुपमा देखिएका ज्ञवाली भन्नुहुन्छ, "तर, हामी बिस्तारै ऋणमुक्त हुँदैछौं ।"
जनताको आस्थाको धरोहर बन्न पुगेको छ कान्तिपुर । शाही शासनकालमा त कान्तिपुरलाई आठौ दल समेत भनियो । हुन पनि राजा ज्ञानेन्द्र गद्दीमा बसेको भोलिपल्टदेखि कान्तिपुर नजानिँदो तवरले निशाना बन्न पुग्यो । २०५८ जेठ २४ गते माओवादी नेता डा. बाबुराम भट्टर्राईको लेख छापेको अभियोगमा हेमराज ज्ञवालीसहित कैलाश सिरोहिया, विनोदराज ज्ञवाली र सम्पादक युवराज घिमिरे जेल जानुपर्यो । हुन त त्यसबेला रामचन्द्र पौडेल गृहमन्त्री हुनुहुन्थ्यो भने गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री ।
कतिपय कान्तिपुरलाई प्रतिपक्ष पनि भन्छन् । सरकार बनाउनदेखि ढाल्न समेत कान्तिपुरको भूमिका रहेको चर्चा गरिन्छ । "हेर्नोैस्, कान्तिपुरको गुडविल छ । विराटनगर, चितवन र काठमाडौंबाट दर्ुइ लाख प्रति छापिन्छ कान्तिपुर । र्सर्भेअनुसार एउटा कान्तिपुर दैनिक ६ जनाले पढ्छन् । सेटलाइटमा गएकाले रेडियो र टेलिभिजन विश्वव्यापी भएका छन् । तर, हामीलाई अहिलेसम्म कसैले पैसाको बार्गेनिड गर्ने हिम्मत गरेका छैनन्," उहाँ भन्नुहुन्छ । ज्ञानेन्द्रको तीनवर्षो शासनकालमा कान्तिपुर पीडित भएको उहाँको विश्लेषण छ । "भदौ १६ मा २०, २५ वटा गाडी जलाइदिएर हाम्रो चार, पाँच करोड नोक्सान भयो । त्यसमा दरबारिया षड्यन्त्र थियो भन्ने स्पष्ट छ," उहाँ थप्नुहुन्छ । कान्तिपुरमा फुट आउने सम्भावना नरहेको ज्ञवालीको दाबी छ । "सकेसम्म मिलेर गइरहेका छौ," उहाँ भन्नुहुन्छ, "एकताबद्ध भएर जाँदा नै राम्रो हुन्छ, भविष्यको कुरा नगरौ, हाम्रो एकताले नै कान्तिपुर कान्तिपुर बनेको हो ।" हेमराज, कैलाश, विनोद, गणेश र स्वस्तिका सिरोहियाको लगनशीलता, क्षमता र अनुभवले नै एसियाकै नमुना मिडिया हाउस बनेको छ ।
ज्ञवालीको जन्म १९९५ चैतमा गुल्मीको मानकोट भएको थियो । हेमराजका पिता भुवनेश्वरका चारवटी पत्नी हुनुुहुन्थ्यो । जेठी पर्ूण्ाकुमारीका तर्फबाट भने उहाँ एक्लो छोरा हुनुुहुन्छ । सबै विमातृबाट थुुप्रै भाइ छन् उहाँका । १२, १३ वर्षम्म मध्यकौमुदी, अमरकोश, रघुवंश नसकुञ्जेल घरमै पण्डित राखेर पढ्नुभयो उहाँले । २००७ सालमा प्रथमा परीक्षा दिन काठमाडौं आउनुभयो उहाँ । जयतु संस्कृतम आन्दोलनमा चाहिँ उहाँ पछि मात्र जोडिनुभएको हो ।
ज्ञवालीका मावली हजुरबुबा रानीपोखरी पाठशालामा पढाउनुहुुन्थ्यो । २००९ सालमा उहाँले सम्पर्ूण्ा मध्यमा परीक्षा दिनुभयो । वनारसको संस्कृत विश्वविद्यालयअर्न्तर्गतको जाँच काठमाडौंमा हुन्थ्यो । त्यसपछि मेटि्रक र आर्इर्र् वनारसबाट दिनुभयो उहाँले । शास्त्री, बीए र एमएसम्मको शिक्षाचाहिँ काठमाडौंबाटै लिनुभएको हो ।
बीए जाँच दिएपछि अर्थात् २०१८ सालतिर विकास मन्त्रालयमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गर्नुभयो । विकास मन्त्रालय पछि वाणिज्य पञ्चायत मन्त्रालय भयो । थुप्रै जिल्लामा प्रशासक हुनुभयो ज्ञवाली । कपिलबस्तु, बाँके, झापा, इलाम, चितवन, सर्ुर्खेत, र्सलाही, सर्ुर्खेत, भक्तपुर र धनुषामा प्रमुख जिल्ला अधिकारीको अनुभव लिनुभयो उहाँले । र्
दर्जनजति जिल्लामा प्रजिअ भएपछि ज्ञवालीको आन्तरिक प्रतियोगिताबाट प्रथम श्रेणीमा बढुवा भयो । अर्थ मन्त्रालयमा तीन वर्षसहसचिवका रुपमा काम गर्नुभयो । त्यसपछि भन्सार विभागको महानिर्देशकसमेत हुनुभयो । लामो प्रशासनिक अनुभव र क्षमता हुँदाहुँदै पनि उहाँ सचिव हुनचाहिँ पाउनुभएन । २०४४ सालमा उहाँको अवकाश भइहाल्यो ।
निजामती सेवामा जाने ज्ञवालीको खासै शोख थिएन । उहाँका मामाहरु सरकारी कर्मचारी हुनुुहुन्थ्यो । त्यसकै लहडमा उहाँ सरकारी जागिरे हुनुभयो । सरकारी सेवाबाट अवकाश प्राप्त गरेपछि ४, ५ वर्षबर्दिया गाउँमा सामाजिक सेवामा संलग्न हुुनुभयो उहाँ । आमाको नाममा विद्यालय खोल्नुभयो । स्थानीय हाइस्कुलमा पुस्तकालय राख्नुभयो । त्यसपछि २०४९ मा कान्तिपुर पब्लिकेसनमा आबद्ध हुनुभयो ।
ज्ञवालीलाई राजनीतिमा जाने इच्छा छैन । त्यसो त उहाँ बर्दियाबाट २०५६ सालमा चुनाव लड्ने हल्ला पनि चलेकेा थियो । जयतु संस्कृतमको अध्यक्ष, अहिंसा समवादको अध्यक्ष, प्रेस इन्स्िटच्युटको उपाध्यक्ष, एओएस बालग्रामका रुपमा समाजसेवामा सक्रिय हुनुुहुन्छ उहाँ । "उमेर ७० पुग्न लाग्यो, अव शान्तिसित बाँकी जीवन बिताउने विचार छ," उहाँ भन्नुहुन्छ । बरु उहाँ मिडियालाई परिमार्जन गरेर लैजाने, ग्राहक बढाउने एवं नेपालगन्जमा प्रेस राख्ने, योजनामा हुनुुहन्छ । उहाँ कमसेकम बिहान ८ बजे राजमार्गका किनाराका पाठकले कान्तिपुर पढ्न पाऊन् भन्ने चाहनुहुन्छ । उहाँका अनुसार छिट्टै कान्तिपुर एफएमको नेपालगन्ज, बुटवल र पोखरामा प्रसारण स्टे्सन खुल्दैछन् ।
कान्तिपुर पब्लिकेसनका अध्यक्ष ज्ञवालीलाई कुनै नेताले मनप्रसन्न पारेका छैनन् । दूरदर्शी, सक्षम र समय चिन्ने नेता नदेख्दा उहाँलाई दिक्दार लाग्दो रहेछ । विद्यार्थीकालमा बीपी कोइराला भेट्नुहुन्थ्यो । अहिलेसम्म उहाँले मान्ने आदर्श नेता बीपी नै हो । "गिरिजाप्रसाद कोइरालामा बीपीको जस्तो दूरदृष्टि देखिएन, स्वास्थ्य पनि कमजोर छ," उहाँ भन्नुहुन्छ, "प्रचण्ड हामीभन्दा कान्छो हुनुहुन्छ ।" राजा ज्ञानेन्द्र, वीरेन्द्र र महेन्द्रसित उहाँले भेट्नुभएको छ । "तर, राजसंस्थाको भविष्य राम्रो होला जस्तो लाग्दैन," उहाँ भन्नुहुन्छ ।
शुद्ध शाकाहारी भोजनमा रुचि छ ज्ञवालीको । दाल, भात, तरकारीका साथै दुग्ध पदार्थ उहाँका नियमित आहार हुन् । त्यसो त उहाँ कुनै बेला अल्कोहल र सिगरेट पनि पिउनुहुन्थ्यो । तर, छाडेको दर्ुइ दसक भइसकेको छ । वन्यजन्तु उहाँलाई मनपर्छ । घरमा कुुकुर पाल्नुभएको छ । तर, मन परेरभन्दा पनि परिवारको रहरले पाल्नुभएको हो । मिलनसार र मृदुभाषी हेमराज ज्ञवालीको सम्पत्ति कति होला त - "जेनतेन निर्वाह गरिरहेको छु," उहाँ भन्नुहुन्छ- "बर्दियामा जमिन छ नेपालगन्ज र काठमाडौंम्ाा घर छ । कान्तिपुर त साझा घर हो ।" उहाँका तीन भाइ छोरा हुुनुहुन् ध्रुव, अच्युत र विनोद । ध्रुव र अच्युत एउटै घरमा हुनुहुन्छ भने विनोदले पाटनमा छुट्टै घर बनाउनुभएको छ । उमेरमा उहाँले थुप्रै चलचित्र हर्ेर्नुभयो । दिलीपकुमार, माधुरी दीक्षित, हेमा मालिनी उहाँका रोजाइका नायक नायिका थिए ।
थुप्रै देश घुम्नुभएको छ ज्ञवालीले । अध्ययनका लागि २०२१ सालमा नै अमेरिका पुग्नुभएको थियो । कोरिया, जापान, हङकङका साथै युरोप जानुभएको छ । तर, चीनतिर पुग्नुभएको छैन । संस्कृत पढेकाले पनि उहाँमा धार्मिक चिन्तन छ । हरेक बिहान साढे ५ बजे नै उठेर गृहेश्वरी, पशुपति जानुहुुन्छ । गाल पर्छ भनेर दिउँसो र्सार्वजनिक कार्यक्रममा पुग्नुहुन्छ ।
ज्ञवालीको २००६ सालमा १२ वर्षै उमेरमा मागी विवाह भएको रहेछ । गुल्मीकी लक्ष्मीसित विवाह गरेपछि उहाँ काठमाडौं आउनुभयो । "गाउँघरमा हर्ुर्केबढेकी असल गृहिणी हुन् र भगवानप्रति आस्था छ,' उहाँको मूल्याकंन छ । पहिले मागी विवाह गरेपछि पतिपत्नीमा प्रेम हुन्थ्यो । आजभोलि प्रेम गरेर विवाह गरिन्छ । "कतिपयको प्रेम टुक्रेको छ भने कतिपयको आजीवन प्रेमपर्ूवक बितेको छ । यो व्यक्तिविशेषमा निर्भर छ । सुखी जीवन बिताउन एकले अर्कालाई मदत गर्नुपर्छ । आप
\mनै ढिपीमा बस्नुहुँदैन," उहाँको भनाइ छ, "तर, विवाहअघि सेक्स आवश्यक छैन ।"ऋषि धमला,