REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रेम र जीवन
हेमराज, टेड र्टनर र र्रुपर्ट मुर्र्डोक
July 29 2007

लामो समय सरकारी सेवामा बिताएका नेपालीले सिएनएनका टेड र्टनर, फक्सका र्रुपर्ट मुर्र्डोक या बेरी डिलरजस्तै 'मिडिया टाइकुन' बन्ने सपना देख्दैनन् । समाजसेवामा रुचि राख्ने हिन्दु धर्म, संस्कृतिका ज्ञाता एवं लेखक हेमराज ज्ञवाली पञ्चायती शासकले अवकाश दिएपछि नजानिँदो रुपले मिडियाको संसारमा रमाउन पुग्नुभयो । मुलुककै सबैभन्दा ठूलो प्रकाशनगृहको मालिकमात्र होइन, एक नम्बर टेलिभिजन एवं रेडियोसमेत आप\mनो अधिनमा राखेर ज्ञवाली नेपालमात्र होइन, विश्वलाई नै चकित पार्न सफल हुनुभएको छ ।

'नेपाली मिडिया किङ' ज्ञवालीको कान्तिपुर प्रवेशको पृष्ठभूमि लामै छ । एकताका उहाँका कान्छा छोरा विनोद र कैलाश सिरोहियाले चावेलको घरमा गलैचा उद्योग चलाउनुभएको थियो । राम्रैसित चल्यो उद्योग । चारपाँच वर्षो अवधिमा धेरै निकासी गर्ने १० जनामा पर्नुभयो । खासमा कान्तिपुर पब्लिकेसनको सुरुवात जनकपुरका श्याम गोयन्काले गर्नुभएको थियो । हेमराज ज्ञवाली धनुषाको प्रजिअ हुँदा छोरा विनोदराजले जनकपुरमा पढ्नुभएको थियो । कैलाश सिरोहिया त जनकपुरकै भइहाल्नुभयो । गोयन्काले भन्नुभएछ- 'ल, मैले एक्लै सकिनँ, तिमीहरु आधा भागिदार हांै ।'

गोयन्काकै सल्लाहमा २०४९ को चैतमा कान्तिपुरमा ज्ञवाली र सिरोहियाको साझेदारी सुरु भयो । हेमराज ज्ञवाली त्यसका अध्यक्ष हुनुभयो । अर्को वर्षभदौमा गोयन्काले भन्नुभएछ- 'मैले घाटा बेहोर्न सक्दिन, कान्तिपुर पूरै तिमीहरु लेऊ ।' यसरी श्याम गोयन्का बाहिरिएपछि कान्तिपुर ज्ञवाली र सिरोहियाको अधिनमा आयो । कान्तिपुरको अभिभावकत्व भने पनि, नेतृत्व भने पनि हेमराज ज्ञवालीले लिनु स्वाभाविकै थियो । लामो प्रशासनिक अनुभव पनि त्यसका निम्ति सहयोगी भयो ।

त्यसपछि कान्तिपुरमा व्यापक हेरफेर भयो । सक्षम र नवयुवक पत्रकार एवं कर्मचारीको प्रवेश भयो । गलैचा उद्योग स्थगित गरेर त्यसको आम्दानीसमेत कान्तिपुरमा नै खन्याइयो । कान्तिपुर प्रकाशनगृहको स्वरुपमा आयो । कान्तिपुर दैनिक, द काठमान्डू पोस्ट त छँदै थिए । युवायुवतीका निम्ति नयाँ कलेवरमा साप्ताहिक थपियो, गृहिणी एवं महिलाका निम्ति सर्वोत्तम मासिक र समाचारपत्रिका नेपाल साप्ताहिक पनि कान्तिपुरको छातामुनि सुरु भयो ।

ती सबै नेपाली छापा पत्रकारिताका नवीन आयाम थिए । त्यसपछि सुरु भए विद्युतीय सञ्चारमाध्यम । रेडियो नेपालसित समय किनेर २०५२ देखि ०५५ सम्म कान्तिपुर एफएम पनि चलाउनुभयो । त्यसपछि अनुमति लिएर ढुक्कले पुल्चोकमा आप\mनै स्टेसन खोल्नुभयो । रेडियोको अनुभवपछि थपियो, टेलिभिजन । टेलिभिजन स्थापना गर्न थोरै पुँजीले पुग्ने अवस्था थिएन । रसियामा व्यापारमा संलग्न डा.उपेन्द्र महतो, जिवा लामिछाने, अरुण थापाजस्ता नेपालीहरु लगानी गर्न इच्छुक देखिनुभयो । कान्तिपुरका दर्ुइ र चारजना गैरआवासीय नेपालीको संयुक्त लगानीमा २०५९ मा कान्तिपुर टेलिभिजन सुरु भयो । टेलिभिजनमा अहिले कान्तिपुरका विनोद, कैलाश र गणेश अग्रवालको ५० प्रतिशत र एनआरएन उपेन्द्र महतोहरुको ५० प्रतिशत हिस्सा छ ।

नेपाली मिडिया संसारमा उदाएको कान्तिपुरको उमेर अहिले १५ वर्षपुग्यो । डेढ दसकमै यसले कमाएको ख्याति र लोकप्रियता लोभलाग्दो छ । कान्तिपुरका सबै प्रकाशनहरु जनप्रिय र विश्वसनीय मानिन्छन् । यो नै मुलुकको सबभन्दा ठूलो प्रकाशनगृहका साथै प्रशारण माध्यमको वादशाह भइसकेको छ । गएको वर्षकान्तिपुरले दर्ुइ करोड नाफा गरेको थियो । "हामीसित १९ करोडजति बैंक ऋण छ," कुशल व्यवस्थापकका रुपमा देखिएका ज्ञवाली भन्नुहुन्छ, "तर, हामी बिस्तारै ऋणमुक्त हुँदैछौं ।"

जनताको आस्थाको धरोहर बन्न पुगेको छ कान्तिपुर । शाही शासनकालमा त कान्तिपुरलाई आठौ दल समेत भनियो । हुन पनि राजा ज्ञानेन्द्र गद्दीमा बसेको भोलिपल्टदेखि कान्तिपुर नजानिँदो तवरले निशाना बन्न पुग्यो । २०५८ जेठ २४ गते माओवादी नेता डा. बाबुराम भट्टर्राईको लेख छापेको अभियोगमा हेमराज ज्ञवालीसहित कैलाश सिरोहिया, विनोदराज ज्ञवाली र सम्पादक युवराज घिमिरे जेल जानुपर्‍यो । हुन त त्यसबेला रामचन्द्र पौडेल गृहमन्त्री हुनुहुन्थ्यो भने गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री ।

कतिपय कान्तिपुरलाई प्रतिपक्ष पनि भन्छन् । सरकार बनाउनदेखि ढाल्न समेत कान्तिपुरको भूमिका रहेको चर्चा गरिन्छ । "हेर्नोैस्, कान्तिपुरको गुडविल छ । विराटनगर, चितवन र काठमाडौंबाट दर्ुइ लाख प्रति छापिन्छ कान्तिपुर । र्सर्भेअनुसार एउटा कान्तिपुर दैनिक ६ जनाले पढ्छन् । सेटलाइटमा गएकाले रेडियो र टेलिभिजन विश्वव्यापी भएका छन् । तर, हामीलाई अहिलेसम्म कसैले पैसाको बार्गेनिड गर्ने हिम्मत गरेका छैनन्," उहाँ भन्नुहुन्छ । ज्ञानेन्द्रको तीनवर्षो शासनकालमा कान्तिपुर पीडित भएको उहाँको विश्लेषण छ । "भदौ १६ मा २०, २५ वटा गाडी जलाइदिएर हाम्रो चार, पाँच करोड नोक्सान भयो । त्यसमा दरबारिया षड्यन्त्र थियो भन्ने स्पष्ट छ," उहाँ थप्नुहुन्छ । कान्तिपुरमा फुट आउने सम्भावना नरहेको ज्ञवालीको दाबी छ । "सकेसम्म मिलेर गइरहेका छौ," उहाँ भन्नुहुन्छ, "एकताबद्ध भएर जाँदा नै राम्रो हुन्छ, भविष्यको कुरा नगरौ, हाम्रो एकताले नै कान्तिपुर कान्तिपुर बनेको हो ।" हेमराज, कैलाश, विनोद, गणेश र स्वस्तिका सिरोहियाको लगनशीलता, क्षमता र अनुभवले नै एसियाकै नमुना मिडिया हाउस बनेको छ ।

ज्ञवालीको जन्म १९९५ चैतमा गुल्मीको मानकोट भएको थियो । हेमराजका पिता भुवनेश्वरका चारवटी पत्नी हुनुुहुन्थ्यो । जेठी पर्ूण्ाकुमारीका तर्फबाट भने उहाँ एक्लो छोरा हुनुुहुन्छ । सबै विमातृबाट थुुप्रै भाइ छन् उहाँका । १२, १३ वर्षम्म मध्यकौमुदी, अमरकोश, रघुवंश नसकुञ्जेल घरमै पण्डित राखेर पढ्नुभयो उहाँले । २००७ सालमा प्रथमा परीक्षा दिन काठमाडौं आउनुभयो उहाँ । जयतु संस्कृतम आन्दोलनमा चाहिँ उहाँ पछि मात्र जोडिनुभएको हो ।

ज्ञवालीका मावली हजुरबुबा रानीपोखरी पाठशालामा पढाउनुहुुन्थ्यो । २००९ सालमा उहाँले सम्पर्ूण्ा मध्यमा परीक्षा दिनुभयो । वनारसको संस्कृत विश्वविद्यालयअर्न्तर्गतको जाँच काठमाडौंमा हुन्थ्यो । त्यसपछि मेटि्रक र आर्इर्र् वनारसबाट दिनुभयो उहाँले । शास्त्री, बीए र एमएसम्मको शिक्षाचाहिँ काठमाडौंबाटै लिनुभएको हो ।

बीए जाँच दिएपछि अर्थात् २०१८ सालतिर विकास मन्त्रालयमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गर्नुभयो । विकास मन्त्रालय पछि वाणिज्य पञ्चायत मन्त्रालय भयो । थुप्रै जिल्लामा प्रशासक हुनुभयो ज्ञवाली । कपिलबस्तु, बाँके, झापा, इलाम, चितवन, सर्ुर्खेत, र्सलाही, सर्ुर्खेत, भक्तपुर र धनुषामा प्रमुख जिल्ला अधिकारीको अनुभव लिनुभयो उहाँले । र्

दर्जनजति जिल्लामा प्रजिअ भएपछि ज्ञवालीको आन्तरिक प्रतियोगिताबाट प्रथम श्रेणीमा बढुवा भयो । अर्थ मन्त्रालयमा तीन वर्षसहसचिवका रुपमा काम गर्नुभयो । त्यसपछि भन्सार विभागको महानिर्देशकसमेत हुनुभयो । लामो प्रशासनिक अनुभव र क्षमता हुँदाहुँदै पनि उहाँ सचिव हुनचाहिँ पाउनुभएन । २०४४ सालमा उहाँको अवकाश भइहाल्यो ।

निजामती सेवामा जाने ज्ञवालीको खासै शोख थिएन । उहाँका मामाहरु सरकारी कर्मचारी हुनुुहुन्थ्यो । त्यसकै लहडमा उहाँ सरकारी जागिरे हुनुभयो । सरकारी सेवाबाट अवकाश प्राप्त गरेपछि ४, ५ वर्षबर्दिया गाउँमा सामाजिक सेवामा संलग्न हुुनुभयो उहाँ । आमाको नाममा विद्यालय खोल्नुभयो । स्थानीय हाइस्कुलमा पुस्तकालय राख्नुभयो । त्यसपछि २०४९ मा कान्तिपुर पब्लिकेसनमा आबद्ध हुनुभयो ।

ज्ञवालीलाई राजनीतिमा जाने इच्छा छैन । त्यसो त उहाँ बर्दियाबाट २०५६ सालमा चुनाव लड्ने हल्ला पनि चलेकेा थियो । जयतु संस्कृतमको अध्यक्ष, अहिंसा समवादको अध्यक्ष, प्रेस इन्स्िटच्युटको उपाध्यक्ष, एओएस बालग्रामका रुपमा समाजसेवामा सक्रिय हुनुुहुन्छ उहाँ । "उमेर ७० पुग्न लाग्यो, अव शान्तिसित बाँकी जीवन बिताउने विचार छ," उहाँ भन्नुहुन्छ । बरु उहाँ मिडियालाई परिमार्जन गरेर लैजाने, ग्राहक बढाउने एवं नेपालगन्जमा प्रेस राख्ने, योजनामा हुनुुहन्छ । उहाँ कमसेकम बिहान ८ बजे राजमार्गका किनाराका पाठकले कान्तिपुर पढ्न पाऊन् भन्ने चाहनुहुन्छ । उहाँका अनुसार छिट्टै कान्तिपुर एफएमको नेपालगन्ज, बुटवल र पोखरामा प्रसारण स्टे्सन खुल्दैछन् ।

कान्तिपुर पब्लिकेसनका अध्यक्ष ज्ञवालीलाई कुनै नेताले मनप्रसन्न पारेका छैनन् । दूरदर्शी, सक्षम र समय चिन्ने नेता नदेख्दा उहाँलाई दिक्दार लाग्दो रहेछ । विद्यार्थीकालमा बीपी कोइराला भेट्नुहुन्थ्यो । अहिलेसम्म उहाँले मान्ने आदर्श नेता बीपी नै हो । "गिरिजाप्रसाद कोइरालामा बीपीको जस्तो दूरदृष्टि देखिएन, स्वास्थ्य पनि कमजोर छ," उहाँ भन्नुहुन्छ, "प्रचण्ड हामीभन्दा कान्छो हुनुहुन्छ ।" राजा ज्ञानेन्द्र, वीरेन्द्र र महेन्द्रसित उहाँले भेट्नुभएको छ । "तर, राजसंस्थाको भविष्य राम्रो होला जस्तो लाग्दैन," उहाँ भन्नुहुन्छ ।

शुद्ध शाकाहारी भोजनमा रुचि छ ज्ञवालीको । दाल, भात, तरकारीका साथै दुग्ध पदार्थ उहाँका नियमित आहार हुन् । त्यसो त उहाँ कुनै बेला अल्कोहल र सिगरेट पनि पिउनुहुन्थ्यो । तर, छाडेको दर्ुइ दसक भइसकेको छ । वन्यजन्तु उहाँलाई मनपर्छ । घरमा कुुकुर पाल्नुभएको छ । तर, मन परेरभन्दा पनि परिवारको रहरले पाल्नुभएको हो । मिलनसार र मृदुभाषी हेमराज ज्ञवालीको सम्पत्ति कति होला त - "जेनतेन निर्वाह गरिरहेको छु," उहाँ भन्नुहुन्छ- "बर्दियामा जमिन छ नेपालगन्ज र काठमाडौंम्ाा घर छ । कान्तिपुर त साझा घर हो ।" उहाँका तीन भाइ छोरा हुुनुहुन् ध्रुव, अच्युत र विनोद । ध्रुव र अच्युत एउटै घरमा हुनुहुन्छ भने विनोदले पाटनमा छुट्टै घर बनाउनुभएको छ । उमेरमा उहाँले थुप्रै चलचित्र हर्ेर्नुभयो । दिलीपकुमार, माधुरी दीक्षित, हेमा मालिनी उहाँका रोजाइका नायक नायिका थिए ।

थुप्रै देश घुम्नुभएको छ ज्ञवालीले । अध्ययनका लागि २०२१ सालमा नै अमेरिका पुग्नुभएको थियो । कोरिया, जापान, हङकङका साथै युरोप जानुभएको छ । तर, चीनतिर पुग्नुभएको छैन । संस्कृत पढेकाले पनि उहाँमा धार्मिक चिन्तन छ । हरेक बिहान साढे ५ बजे नै उठेर गृहेश्वरी, पशुपति जानुहुुन्छ । गाल पर्छ भनेर दिउँसो र्सार्वजनिक कार्यक्रममा पुग्नुहुन्छ ।

ज्ञवालीको २००६ सालमा १२ वर्षै उमेरमा मागी विवाह भएको रहेछ । गुल्मीकी लक्ष्मीसित विवाह गरेपछि उहाँ काठमाडौं आउनुभयो । "गाउँघरमा हर्ुर्केबढेकी असल गृहिणी हुन् र भगवानप्रति आस्था छ,' उहाँको मूल्याकंन छ । पहिले मागी विवाह गरेपछि पतिपत्नीमा प्रेम हुन्थ्यो । आजभोलि प्रेम गरेर विवाह गरिन्छ । "कतिपयको प्रेम टुक्रेको छ भने कतिपयको आजीवन प्रेमपर्ूवक बितेको छ । यो व्यक्तिविशेषमा निर्भर छ । सुखी जीवन बिताउन एकले अर्कालाई मदत गर्नुपर्छ । आप\mनै ढिपीमा बस्नुहुँदैन," उहाँको भनाइ छ, "तर, विवाहअघि सेक्स आवश्यक छैन ।"

ऋषि धमला,

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.