REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

साहित्य
मैनबत्ती' चोकासंग्रहलाई नियाल्दा
July 29 2007

चोका कवि विष्णुवहादुर सिंह

- हरि चालिसे एबीसी

आजभन्दा पचपन्न वर्षअगाडि जुकेना, ६ कल्लेरी अर्घर्ााँचीमा जन्मीनुभएका साहित्यकार एवं चोका कवि इन्जिनियर विष्णुवहादुर सिंह हाल महाँकाल-७, मन्डिखाटार काठमाण्डौंमा बसोबास गर्दै आउनुभएको छ । एम.इ. सिभिल -हाइड्रोपावर), एम.एस्सी. वातावरण ब्यवस्थापनसम्मको अध्ययन गरी सक्नुभएका सिंह नेपाली साहित्यको इतिहासमा अपरिचित र अनभिज्ञ नाम होइन । बालकपनदेखि नै साहित्यको क्षेत्रमा नविनतम यात्रा गर्ने सिंहको पहिलो कृति 'देशको माटो' कविता संग्रह २०५६ सालमा प्रकाशित भए देखि हालसम्म सत्रवटा कृतिहरु प्रकाशित भइसकेका छन् । सिंहका मुख्य विधाका रुपमा ताङ्का, गीत, हाइकु, गजल, मुक्तक, यात्रा संस्मरण, कविता, लघुकथागलायतका अन्य समसामयिक लेखहरु प्रकाशित भएका छन । नेपाली साहित्यको फाँटमा आफना नविन र स्तरीय कृति मार्फ पाठकका मनमा अमिट छाप छोड्न सफल सिंह नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल हाइड्रोपावर एसोसिएसनलगायतका विविध संघ, संस्था तथा साहित्यक क्षेत्रमा आवद्ध हुनुहुन्छ । साहित्यको क्षेत्रमा विशेष योगदान र इतिहास कायम गर्न सफल भएकोमा विभिन्न साहित्यिक सम्मान र अन्तर्रर्ााट्रय पुरस्कार प्राप्त गरिसक्नु भएको छ । नेपाली, अंग्रेजी, रुसी र हिन्दी भाषाका ज्ञान भएका सिंह भारत, वंगलादेश, थाइल्याण्ड, सिंगापुर, जापान, क्यानाडा, अमेरीका लगायत विश्वका तीसभन्दा वढी राष्ट्रको भ्रमण गरी आफनो यात्रालाई गन्तब्य उन्मुख बनाई रहनुभएको छ ।

मिलनसार, मृदुभाषी सिंहका कृतिहरु प्रकाशन भईरहने क्रममा २०६४ बैशाखमा नयाँ विधाको संग्रह 'मैनबत्ती' चोका संग्रह प्रकाशित भएको छ जुन कृति चोका संग्रह ब्यक्तिगत रुपमा पहिलो कृति हो । प्रस्तुत छ यसै 'मैनबत्ती' चोका संग्रहका विविध पक्षहरु -

कृतिभित्र प्रवेश गर्नु अगाडि चोकाको बारेमा दर्ुइ शब्द लेख्न मन लाग्ोको छ । चोका अहिले साहित्यको क्षेत्रमा देखा परको नयाँ विधा हो जुन साहित्यको लागि एउटा खुशीको कुरा हो । हाइकु अहिलेको साहित्यिक परिवेशमा छोटो, मिठो र समय सापेक्ष रहेको र्सवविधितै छ । ५±±५ मा शब्द संयोजन गरिने हाइकुको विस्तारित रुप ताङ्का ५±±±±७ हो र ताङ्काको पनि विस्तारित रुप ५±±±±±±५......७±७ गरी कम्तिमा ९ देखि ११ हरफ वा सो भन्दा बढी शब्दको शाब्दीक अर्थ खुल्ने गरी लेखिन्छ । चोकामा शब्दहरु हाइकु र तांकामा भन्दा अलि बढी हुने भएकोले आफूले भन्न खोजीएको कुरालाई सम्भवतः सम्पर्ूण्ा रुपमा समेट्न सकिन्छ । निश्चित सीमा र परिधि भित्र रहेर निर्माण गर्नु पर्ने र त्यसमा शब्द, शब्दमा भाव हुनु पर्ने भएकोले केही जटिल जस्तो भएता पनि चोका पढ्दा लेख्दा र सुनाउँदाको आनन्द भने छुट्टै रहेको हुन्छ । मिठा र रसिला अन्तरमनका बहहरु सुत्रात्मक रुपमा ब्यक्त गर्न पाउँदा अफ्नो मन हलुका भएको आभाष हुन्छ । चोकाको बारेमा विस्तृत अध्यनय गर्न नै चोका सग्रह 'मैनबत्ती' तथा चोकासँग सम्वधित विभिन्न लेख रचनाहरुको अध्ययन गर्नु पर्ने हुन्छ । अहिलेलाई भने सिंहको चोका संग्रह 'मैनबत्ती' भित्र गहिरियर पस्न चाहन्छु ।

चोकाकार सिंहको मैनबत्ती भित्र विविध रुप र रंगको स्वादलिन सकिन्छ । माया-प्रितीका कुराहरु, गाउँ समाजसंग भिजेर स्थान परिवेश सुहाउँदा शब्दहरु, राष्ट्रीय चिन्तन र मननप्रतिका शब्दहरु, देशमा सुनौलो सुशासन ब्यवस्थाका प्रति ब्यक्त भएका भाव लगायतका विविध विषयवस्तु समेटेको पाइन्छ । विभिन्न यात्राहरु गरी नयाँ र नौलो स्वाद दिन सफल सिंहका केही चोकाहरुलाई समालोचनात्मक दृष्टिकोणबाट हर्ेदा -

घालय प्रेम

समयको भेलमा

तड्पिरहेको

.........................

व्रि्रोहको स्वरमा

असन्तोष घरमा -चोका नं. १)

प्रस्तुत चोकामा प्रेमी-प्रेमीकाको प्रेमलापमा कुराहरु एकातिर छन् भने प्रेमी अथवा प्रेमीकालाई समयदिंदा घर परिवारमा उत्पन्न हुने द्धन्द्ध र व्रि्रोहलाई देखाउन खोजीएको छ । समयको दौरानमा सोह्र, सत्र वर्षो जवानीमा प्रेम नगरे कहिले गर्ने - र प्रेम नगरीसमय विताउँदा पनि असन्तोष नै भइरहनु परेको यथार्थ प्रस्तुत भएको छ ।

त्यस्तै आफ्नो स्वदेश माृतभूमिलाई विकसित मुलुक जस्तै छ भनी स्थान विशेषको वर्ण्र्ाागर्दै तुलनागरी प्राकृतिक छटाले भरिपर्ूण्ा गाउँको विवेचना शब्द मार्फत त्यहाँको विशेषताको बारेमा प्रकाश पार्दै

नेपाल भित्र

नौलो आइसल्याण्ड

डोल्पाको गाउँ

..................

हाम्रो उपल्लो डोल्पा

हिउँभित्र गुम्सिदै । -चोका नं. ५)

सिंहको विशेषगरी प्रणयपरक भावशैलीमा लेखिएका चोकाहरुको वाहुल्यता अग्रपंतीमा रहेको पाइन्छ । आफनी प्रेमीकाको तस्बिर आफै सिर्जीत गरी आफ्नो प्रेमतृप्ती मेटाउन आग्रह गर्दै चोका कवि लेख्छन -

मेरो तस्बिर

मैले आफै कोरेर

पठाउँदै छु

.................

त्यो पुरानो भित्रामा

बेरिएको फित्तामा । -चोका नं. १७)

आफनो यात्राको क्रममा कुनै अपरिचित केटीको नशालु आँखा, मन्द मुस्कानका साथमा र्स्पर्श गरेको कुरा र र्स्पर्श गर्दाको अनुभूतिलाई शब्द मार्फ यसरी सम्भिmन चाहनुहुन्छ लेखक -

गुलाबि आँखा

वक्षस्तलमा पर्दा

भुतुक्क भई

................

गन्तब्यको खोजी गर्दा

साइनो गाँस्दै थियो । -चोका नं. २३)

देशपे्रमको मायाँ, ममता शहीदहरुको सपना र रगतलाई पनि चोका कवि सिंहले शब्दै मार्फ हाम्रो देश भोलिको लागि सुन्दर ऐना जस्तै आफ्नो तस्बिर र अस्तित्व कायम होस भनि सहिद भएका ती विरहरुको सरम्झनामा यसरी ब्यक्त गर्छन आफना भावनाहरु -

रातो झण्डामा

बेरिएको शरीर

सहिद भई

..............

सुनौलो इतिहाँस

भविष्यको गर्भमा । -चोका नं. २६)

देशका राष्ट्रिय विभूति प्रति पनि सिंहको ध्यान केन्द्रित भएको छ । डाँडा पाखामा फुल्ने लाली गुँरासको वर्ण्र्ाापनि गरिएको छ, गुराँसलाई हर्ेर्दै प्रकृति भित्र रहेका अन्य रुखरु पनि खुसि भई नाची रहेका छन् । गुराँसको गुणगान गाई रहेका छन् भने नेपाली जनताले शान्ती रोजेको कुरालाइृ शब्द मार्फ ब्यक्त गर्छन -

मगमगाई

गुराँस हाँसेको छ

माथि डाँडामा

..................

नाच्न खोजेको बेला

शान्ति रोजेको बेला । -चोका नं. ३१)

देशलाइृ कसरि सुन्दर, शान्त बनाउन सकिन्छ भन्ने सवालमा शब्द मार्फ जवाफ यसरी दिनुहुन्छ सिंह

नयाँ नेपाल

जलाएर होइन

पानी सिंचेर

....................

बन्ला हाम्रो नेपाल

साँच्ची नयाँ नेपाल । -चोका नं. ३२)

यौन तृप्तीका कुराहरुलाई पनि आफ्ना शब्दले सिगार्ने चोका कविले मान्छे यौन प्राप्ती नहुँदाको आकुल ब्याकुलतालाई शब्द मार्फ यसरी ब्यक्त गर्छन -

नसालु रात

नाङ्िगएको शरीर

र्स्पर्शहरुमा

.......................

छिचोलेर यो मन

जलेको छ त्यही पो । -चोका नं. ३७)

प्रकृति भित्र रहेको एउटा वृक्षको महत्व के कस्तो छ र त्यसले मानवलाई के दिइरहेको छ भन्ने कुार तथा बृक्ष र मानवको सम्वन्धलाई नजिकबाट हर्ेदा

पीपलबोट

अक्सिजन फालेर

मावन सृष्टि

....................

पसिना साट्न खोज्छ

स्थिरता आफै रोज्छ । -चोका नं. ४५)

सिंहले बर्तमान परिवेशमा चलेको पत्रमित्रतालाई एउटा जीवन्त साइनोको डोरी कस्ने माध्यम बनेको छ भन्ने कुरालाई ब्यक्त गर्दै अपरिचित मान्छेसंग किन यति छिट्टै समायोजन हुन आतुर हुन्छन् भन्ने कुरालाई यसरी ब्यक्त गरेका छन ।

विरानो मान्छे

पत्रमित्रतासंग

लगन गाँठो

...................

साँस्कृतिक यात्रामा

पुलकित भावमा । -चोका नं. ५६)

नेपाली गीत संगीत प्रति चोकाकारहको उतिकै मोह जागेको छ, आजको युगमा नयाँ नौलो सन्देश प्रवाह गर्ने खालका, देश विकास तथा मावन मसितष्कमा उर्जा थप्ने खालका गीतिशब्द तथा गायकको आवश्यकता बोर चर्चा गर्दै सन्देश दिन चाहन्छन ।

नेपाली तारा

खोजी छ प्रतिभाको

गायकहरु

.......................

भावना साट्नु पर्‍यो

मनमा वाँध्नुपर्‍यो । -चोका नं. ६२)

चोका कविले आफु साहित्यमा रमाउन खोज्ने र साहित्यमै संलग्न रहको स्थान नुवाकोटको वर्ण्र्ाागर्दै त्यहाँ भएका यावत पक्षलाई समेट्दै साहित्यिक कार्यक्रम जीवन्त फूलीरहने छ भन्ने भाव ब्यक्त गर्छन नुवाकोटमा

स्वागतको वषर्ाले

न्रि्रुक्क भिजि

.....................

पिरती लगाउँला

इतिहासै साँटुला । -चोका नं. ७१)र्

वर्तमान परिवेशमा रोजगारविहीन अवस्थामा युवा युवतिको हाल र बेहाल स्थितिलाई पनि प्रकाश पार्ने काम भएको छ । सक्षम भई प्रमाणपत्र हातमा लिएर पनि कुनै उपलब्धी नभएको र रोजगार खोज्दै भौतारिनु परेको तितो यथार्थलाई शब्द मार्फ यसरी पोख्छन -

भ्ााले नबास्दै

यात्रामा होमिएको

बेरोजगार

...................

बाटो विनाको यात्रा

हुनु सम्मको जात्रा । -चोका नं. ७६)

चोका कविले प्रेमप्रसंग तथा यात्रात्मक अनुभूतिलाई बढी ठाउँ दिएको पाइन्छ । यसै क्रममा कुनै स्त्रीसंगको जम्काभेटमा भएका क्रियाले गर्दा आफ्ना गालामा औलाका डामको रेखी बसेको र त्यो ब्यथालाई साम्य पार्न तथा इजजत लुकाउन नशाको साथ रहेको कुरा यसरी देखाउन खोज्नु भएको छ -

आँखा झिम्काई

राता ती गालाहरु

कर्के मुस्कान

.....................

लुकाउने वाध्यता

इज्जतको खोजीमा । -चोका नं. ८८)

अन्धकार भनेको अशिक्षित तथा कुनै विषयवस्तुमा अनभिज्ञ तथा अज्ञानता हुनु हो र अन्धकार रुपी जीवनमा प्रकाशको खाँचो परिनै रहन्छ र अन्धकार कालरात्रीलाई चिर्दै मैनबत्तीले जसरी उज्याला र्छछ त्यसरी नै माया प्रेमले बैशालु यौवनको तृपती मेट्दछ भन्दै चोका कवि भन्छन -

अन्धकारमा

कालरात्रि बनेर

त्यै मैन बत्ती

.......................

आत्मीयताको ज्वाला

पग्लिदो मैनबत्ती । -चोका नं. १०१)

यसरी चोका संग्रह मेनबत्ती भित्रका केही चोकाका शब्दलाई मात्र सकेसम्म प्रकाशमा ल्याउन खोजेको छु । प्रस्तुत गरिएका उदाहरणीय चोका अपर्ूण्ा रुपमा प्रस्तुत गरिएको छ । ५±±५......७±७ को बनोटमा देखाईएको छ, त्यसभित्रका शब्दलाई आँकलन गर्न 'मैनबत्ती' चोका संग्रह पढनु पर्ने हुन्छ । प्रस्तुत समिक्षा कहाँसम्म सत्य र न्योचित गरे त्यो पाठककै जिम्मामा छ । 'मैनबत्ती' भित्र अन्य धेरै उज्याला पक्षहरु छन् ती सबैलाई मैले चाहँदा चाहँदै पनि बाल्न सकिन क्षमा प्रार्थी छु । जे जति सके त्यति नै लेखे र चोका सम्वन्ध्ी रुची राख्नु हुने मनहरुलाई 'मैनबत्ती' एउटा स्वादिष्ट खुराक बन्ने कुरामा शंका छैन । चोका नेपाली साहित्यमा नविन र नौलो प्रयोग भएपनि साहित्यको स्वणिर्म इतिहासमा यसको दर्ीघजीवन देखेको छु । आजका सम्पर्ूण्ा साहित्यिक स्रष्टाहरु चोका प्रति अवश्य पनि मोहित हुने छन् भन्ने लागेको छ । चोकाकार अग्रज स््रष्टा पुस्कर लोहनी, मोहनवहादुर कायस्थ, विष्णुबहादुर सिंहले प्रकाशन गरेको संयुक्त चोका संग्रह 'पिपलबोट' पनि चोकाको ज्ञान राख्नुहुनेका लागि उपयोगी ठान्दछु । प्रस्तुत चोका संग्रहमा पुस्कर लोहनीको भूमिकाले प्रमुख विशेषता राखेको छ । चोकाको कृतिहरु कम प्रकाशन भएपनि आगामी दिनहरुमा स्रष्टाहरुले चोकाको सिर्जना, संरक्षण तथा सर्म्बर्धन गर्न लागी पर्नु हुनेछ भन्ने आशा पनि लिएको छु ।

अन्त्यमा चोका कवि सिंहको साहित्यिक जीवन युग गुगान्तर फुलीरहोस, अन्धकार छाएको बेलामा पनि उज्यालो प्रकाश पार्ने अन्य धेरै धेरै मैनबत्तीहरु बलुन ।

-नोट ः चोका संग्रह मैनबत्ती २०६४।२।२६ गते हाम्रो मझेरी साहित्य प्रतिष्ठान तथा दामोदर पुडासैनी पुरस्कार कार्यक्रमको अवसरमा जिविस भवन भरतपुर चितवनको सभाहलमा विमोचन गरिएको थियो ।)

कृतिः मैनबत्ती -चोका संग्रह)

चोका कविः विष्णुवहादुर सिंह

प्रकाशक ः शिवपुरी साहित्य समाज

हात्तीगौडा, काठमाण्डौं ।

मल्य रु. १००, पेज ७३

मुद्रण मोर्डन प्रिन्टिङ्ग प्रेस, काठमाण्डौं ।

 

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.