REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

साहित्य
मास्कोमा रेडियो हराएको दिन
July 29 2007

विष्णुबहादुर सिंह

- विष्णुबहादुर सिंह

म इन्जिनियरिङको तेस्रो वर्षा अध्ययन गरिरहेको थिए" । जाडोको समय थियो । मास्कोमा माइनस १५ ड्रि्री सेन्टिग्रेडसम्म जाडो थियो । कोठामा तातो भए पनि होस्टलबाट बाहिर निस्क"दा ठूलो ओभरकोट र भालु-टोपी लगाएर निस्कनुपथ्र्यो । हामी बस्ने होस्टलबाट हामीले पढ्ने विश्वविद्यालय पुग्न बस वा ट्रलिबस, मेट्रो -भूमिगत रेल) अनि केहि बेर पैदल यात्रा गरी करिब एक घण्टाजति लाग्थ्यो । जाडोको समय भएकाले आठ बजेभन्दा अगाडि उज्यालो हु"दैनथ्यो भने चार बज्न नपाउ"दै अ"ध्यारो भइसक्थ्यो । यसरी जाडोको समयमा करिब चार महिना बिजुलीको प्रकाशबाहेक र्सर्ूयलाई देख्नु भनेको करिब-करिब असम्भव नै हुन्थ्यो ।

जाडोको दिन अबेरसम्म सुतेपछि हतार हुने नै भयो । हतार भएकै कारणले होस्टलको आ˚ू बस्ने कोठाको ढोका लगाउन बिर्सिएर विश्वविद्यालय गएछु । मेरो एक जना रुम-पार्टनर होन्डुरसको एडमुन्डो मभन्दा करिब पा"च मिनेटअगाडि नै हि"डेकाले म होस्टलबाट निस्क"दा आ˚ू बस्ने कोठाको सा"चो लगाउन बिर्सर्ेेे कुरा दिनभरि नै सम्भिmन सकिन" । ढोका लगाएरै हि"डेको आभास दिनभरि नै भयो भनौं । एडमुन्डोले पनि विश्वविद्यालयमा ढोकाबारे कुनै प्रश्न गरेन ।

हुन त त्यो रेडियो आजकनलको जस्तो थिएन । अलि भद्दा खालको थियो । पछाडिपट्ट िकाठ जडिएको र स्विचहरू पनि ठूला-ठूला थिए । त्यस्तै चार-पा"च किलो हु"दो हो त्यसको तौल । तर स्वर भने जापानीको भन्दा कम थिएन । पूरै तला थर्काउ"थ्यो त्यस रेडियोले । हाम्रो तलामा बस्ने साथीहरूले रेडियोको स्वर ठूलो भयो भनेर कहिलेकाहीं गुनासो पनि गर्दथे ।

गएको बिदामा कजाकस्तानमा छुट्टीको समयमा काम गर्न विश्वविद्यालयले लगेको थियो । त्यहीं केही बचेको रकमबाट त्यो रेडियो किनेको थिए" रेड स्क्वायरनिरको ँगुम’ भन्ने पसलबाट । गुममा त्यो बेला विशाल बजार नै थियो । सरकारी सुपर मार्केटको छोटकरीमा ँगुम’ नामकरण गरिएको थियो त्यो बेला । उक्त रेडियोको मूल्य चवन्न रुबल परेको थियो । हामी त्यो बेला नब्बे रुवल मात्र छात्रवृत्ति पाउ"थ्यौं । होस्टल र विश्वद्यालयमा पढ्न कुनै रकम तिर्नुपर्दैनथ्यो । नब्बे रुबलबाट किताब, कलम, खाना र यातायातको खर्च मात्र हामीले बेहोर्नुपर्दथ्यो ।

विश्वविद्यालयबाट करिब पा"च बजेतिर होस्टलमा आएपछि ढोका खुल्लै भएको देख्नासाथ केही अनिष्ट भएको मनमा शङ्का त लागिसकेको थियो । पा"च बजे पनि त्यो बेला अ"ध्यारो भइसकेको थियो । ढोका खोलेर यसो कोठाको अवलोकनपश्चात् रेडियो नभएको प्रस्टै देखियो । सुत्ने खाटको छेउमै राख्ने गर्दथें त्यो रेडियोलाई मैले । एडमुन्डोलाई मैले विश्वविद्यालयमै छोडेकाले ऊ मभन्दा अगाडि आयो होला भन्ने अनुमान नै लगाइन" । सबभन्दा छिटो आउने रुट भनेको भूमिगत रेल -मेट्रो) नै हो जुन मैले प्रयोग गरेको थिए"

साथी नआउन्जेल कसैलाई किन भन्ने भनी म मेरो रुम-पार्टनरलाई पर्खेर बसें । ऊ पनि केही बेरपछि आयो । केही नेपाली साथीहरूलाई पनि बोलाएर केही बेर छल˚ल गरी होस्टल सुपरिन्टेन्डेन्टलाई खबर गरें । रसियामा त्यो बेला सामान हराउनु वा चोरी हुनु भनेको अलि असामान्य लाग्थ्यो । विदेशी जिन्सको प्यान्ट, विदेशी रक्सी र अत्तर चाहि" कहिलेकाहीं हराएको सुनिन्थ्यो । तर त्यो रसियन भद्दा रेडियो कसले चोरेको होला, किन चोर्‍यो होला आदि-इत्यादि प्रश्न मेरो मनमा तर्ेर्सिएको थियो ।

सुपरिन्टेन्डेन्टको सल्लाहअनुसार लेकिननिस्की प्रस्पेक्टमा रहेको पुलिस थानामा गई अर्को दिन रिपोर्ट गरें । उनीहरूले हामी पछि खबर गरौंला भने र मेरो निवेदन लिए ।

यसरी करिब एक महिना बितेको थियो । मैले त्यो रेडियोबारे शत प्रतिशत नै माया मारिसकेको थिए" । एउटा औपचारिकता निभाइएको थियो रिर्पोट गरेर । दोष शत प्रतिशत आनै थियो । आनो घरमा सा"चो आ˚ू नलाउने, दोष अरूलाई दिने, अलि मिल्दैनथ्यो । ठीकै छ, यस पटकको मिहिनेत खेर गयो, अर्को पटक किनु"ला पैसा बचाउन सकियो भने- यस्तै सोच्दै दिनभरि विश्वविद्यालय जाने र आउने क्रम चलिरहन्थ्यो । ˚ेरि त्यो विदेशी रेडियो पनि थिएन । रसियन रेडियो जतिखेर गए पनि किन्न सकिन्थ्यो पैसा भयो भने ।

एक महिनापछि मलाई भेट्न एक जना अधिकृत आए । उनले मस"ग रेडियो हराएका बारेमा दर्ुइ-चार प्रश्नहरू सोधे र पछि पुनः भेट गर्न आउने बाचाका साथ र्˚र्किए ।

"रेडियो पाइने भयो कि क्या हो -" मैले उनीस"ग प्रश्न तेर्स्याए"

ँने तरपिस’ -हतार नगर) मात्र भने र उनी हि"डिहाले ।

यसरी करिब दर्ुइ महिना बितिसकेको थियो । मैले करिब-करिब माया मारिसकेको थिए" । हुन त मलाई रेडियोको कुनै आवश्यकता पनि थिएन । रुसी होस्टलमा त्यहा"का सरकारी रेडियोहरू मास्को च्यानल नं. १ र २ बाट चौबीसै घण्टा चाहेको खबर प्राप्त गर्न सकिन्थ्यो । प्रत्येक कोठामा लाउड स्पिकरहरू राखिएका हुन्थे । बिहानदेखि बेलुकासम्म कार्यक्रम आइरहेका हुन्थे । यसो बी. बी. सी., भ्वाइस अ˚ अमेरिका आदि सुन्न मात्र अर्को रेडियोको आवश्यकता पर्दथ्यो ।

मेरो ल्याटिन अमेरिकाको साथी एडमुन्डो पनि रेडियो हराएकोमा खिन्न नै थियो । जतिखेर र्˚र्ुसद हुन्थ्यो त्यही कुरा कोटयाइहाल्थ्यो । ँम त्रि्रो रुम-पार्टनर भएको बेलामा रेडियो चोरी भयो’ भन्थ्यो । म चाहि" उसको कुनै दोष नभएको बताउ"थें । ऊ राहतको सास लिन्थ्यो ।

हुन त कोठामा तीन जनाका लागि व्यवस्था गरिएको थियो । एक जना रुसी विद्यार्थी चाहि" मास्कोमा गर्लप|mेन्ड बनाएर उतै केटीको घरमा बस्ने गर्दथ्यो । हामीलाई त्यसले सजिलो पारिदिएको थियो । महिना दिनमा एक-दर्ुइ पटक मात्र आउ"थ्यो । ऊ अरु साथीको नोटबुक लिएर सार्नुपर्‍यो कि होस्टलमा आउ"थ्यो । कम्युनिस्ट पार्टर्ीीे युवक सङ्गठनमा ऊ सक्रिय थियो । उसलाई धेरै र्˚र्ुसद नभएकाले कक्षामा पनि कमै देखिन्थ्यो ।

"विष्णु, तेरो रेडियो हरायो वा चोरी भयो भनेर म त पत्याउन्न" । सोभियत सङ्घमा यस्ता घटना हु"दै हु"दैनन् । कहीं कसैलाई त तैंले दिइनस् ⁄" मस"ग भेट भयो कि ऊ त्यही कुरा दोहोर्‍याउ"थ्यो-तेहेर्‍याउ"थ्यो । ऊ त्यस्तो राजनीतिक कुरामा अलि बढी अडान राख्थ्यो । त्यहा" साथीभाइमा कुरा गर्दा कसैले दुःखमनाउ गर्दैनथे । त्यो प्रचलनले साथीहरूका बीचमा आत्मीयता साट्थ्यो । चाहे युरोपको होस् वा अप्रिmका वा एसिया वा ल्याटिन अमेरिका, सबैले सबैलाई ँत"’ नै सम्बोधन गर्थे । त्यो रुसी साथीले त तैंले दिएको निवेदन ˚तिर्ा लिएर आइजसम्म भन्थ्यो । मैले खुसीले त्यो निवेदन दिएको थिइन", सुपरिन्टेन्डेन्टले भनेबमोजिम गरेको थिए" । त्यसैले मैले निवेदन ˚तिर्ा लिनर्ेतर्˚ सोचाइ नै राखिन"

करिब अर्ढाई महिनापछि मस"ग दर्ुइ-चार प्रश्न सोध्न करिब केही दिनअगाडि आएका अधिकृत ˚ेरि होस्टलमै आए र उनको कार्यालयमा एक हप्ताभित्र कुनै समयमा आउन अनुरोध गर्दै उनको कार्यालयको ठेगाना दिई गए । ती वास्तवमा कानुन अधिकृत रहेछन् ।

किन बोलाएको होला - पक्का पनि रेडियो पाइने भयो कि क्या हो एउटा झीनो आशा मनमा पलायो । पढाइ कम हुने दिन पारेर दर्ुइ-चार मेट्रोका स्टेसन परिवर्तन गर्दै उनले दिएको ठेगानामा पुगें । ठेगाना दिने प्रचलन अति नै व्यवस्थित हुने गरेकाले पनि उनलाई भेट्टाउन मलाई गाह्रो परेन ।

ँजर्दास्तउइचे’ भन्दै म उसको कोठामा छिरें । उनले पनि मलाई बडो हार्दिकताका साथ अभिवादन गर्दै बस्न भने । रेडियो चोरीका बारेमा एक पाना टाइप गरेर उनले लेखेका रहेछन् इतिवृत्तान्त । मलाई पढेर सुनाए र हस्ताक्षर गर्न भने ।

"रेडियो पाइने नै भयो -" मैले उसलाई हस्ताक्षरपश्चात् प्रश्न गरें ।

उसले ˚ेरि ँने तरपिस’ मात्र भन्यो ।

सा"च्ची भनू" भने म त्यो दिन रेडियो पाइएछ र लिन बोलाएको होला भनी गएको थिए" । पछि बुझदा त्यो सरकारी वकिलको कार्यालय रहेछ । मुद्दासुद्दा चलाउनका लागि मेरो बयानसहितको हस्ताक्षर लिएको रहेछ । पछि रुसी साथीहरूस"ग सोध्दा त्यो कुराको जानकारी भएको थियो । मेरो कोठाको रुम-पार्टनरले पनि अब त्रि्रो रेडियो पाइने भयो भनेको थियो ।

एक किसिमले त्यो रेडियो चोरीको घटनाले मलाई रुसको कानुनसम्बन्धी केही झल्कोको जानकारी गराएकोमा कता-कता खुसी पनि लागेको थियो । मलाई त्यो बेलासम्म कम्युनिस्ट देशहरूमा अदालत र सरकारी वकिलहरू पनि हुन्छन् भने हेक्का नै थिएन । कानुनी प्रक्रिया पुर्‍याइ"दै रहेछ ।

एक दिन मलाई त्यही सरकारी वकिलको कार्यालयमा आउन अनुरोध गरियो । एक जना साथी पनि र सकिन्छ भने रुम-पार्टनर ल्याउन भनियो । रेडियो भेटिइसकेको समेत जानकारी गराइयो । औपचारिकताका लागि एक दिन अदालत जानुपर्ने बताइयो ।

"रेडियो कसले चोरेको रहेछ - त्यसको नाम के हो - रसियन हो वा विदेशी हो -" मैले एकै पटक धेरै प्रश्नहरू ऊसामु राखेको थिए"

"तिमीलाई रेडियो पाए पुगिगयो नि किन चोरको नाम चाहियो -" उसले दिएको जवा˚ थियो ।

उसलाई जति कर गरे पनि उसले चोरको नाम भन्दै भनेन ।

एक दिन एउटा घरको ठूलो हलमा म र एडमुन्डो गयौं । मलाई आनो कुरा भन्न लगाइयो । मैले रेडियो चोरी भएको घटना सुनाए" । एडमुन्डोले ँहो’ भनिदियो ।

अनि हामीलाई बाहिर जान भनियो । हामी बिदा भई हि"डयौं । त्यसको दर्ुइ-तीन दिनपछि होस्टल सुपरिन्टेन्डेन्टले मेरो त्यही रेडियो मलाई ˚तिर्ा दिए ।

रेडियो पाएर मलाई खुसी त लाग्यो तर त्यो चोर्ने मान्छेको अनुहारसम्म हर्ेन पाएको भए हुन्थ्यो भन्ने थकथक त्यो बेलादेखि अहिलेसम्म पनि लागिरहेको छ ।

त्यो रेडियोको चोरी जसले पनि गरेको हुन सक्थ्यो । एक सय चालीस देशका विद्यार्थी बस्ने त्यो होस्टलमा कुनै अप्रिmकीले चोरेको पनि हुन सक्थ्यो, रसियनले पनि चोरेको हुन सक्थ्यो । तर त्यहा"को पुलिसले कसरी पत्ता लगाउन सक्यो होला - मलाई अहिलेसम्म त्यस घटनाले घचघच्याइरहन्छ । त्यो चोर को थियो होला - सम्झ"दा त्यही चोरकै रेखाचित्र मानसपटलमा कोरिन खोज्छ । कालो थियो कि गोरो थियो कि वा गहु"गोरो थियो - जे होस्, त्यो रेडियो म नेपाल आउ"दा लिएर आएको थिए" । त्यसले करिब दस वर्षमेरो साथ दिएको पनि थियो । पछि बिग्रियो र एउटा रेडियो पसलमा बनाउन दिएको थिए"- बानेश्वरमा । रेडियो लिन एक महिनाजति गइएन । पछि त्यो ठाउ"मा जा"दा उसले पसल नै अन्त कतै सारेछ । अहिलेसम्म भेटिएको छैन ।

रेडियो हराएको त्यो दिनको घटना र अहिलेसम्मको घटनाचक्र कहिलेकाहीं मेरो मन-मस्तिष्कमा आइरहन्छ, घुमिरहन्छ र बिर्सइन्छ । ˚ेरि केही दिनपछि आउन थाल्छ- मेरा स्मृतिका पानाहरूमा ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.