
- विष्णुबहादुर सिंह
म इन्जिनियरिङको तेस्रो वर्षा अध्ययन गरिरहेको थिए
" । जाडोको समय थियो । मास्कोमा माइनस १५ ड्रि्री सेन्टिग्रेडसम्म जाडो थियो । कोठामा तातो भए पनि होस्टलबाट बाहिर निस्क"दा ठूलो ओभरकोट र भालु-टोपी लगाएर निस्कनुपथ्र्यो । हामी बस्ने होस्टलबाट हामीले पढ्ने विश्वविद्यालय पुग्न बस वा ट्रलिबस, मेट्रो -भूमिगत रेल) अनि केहि बेर पैदल यात्रा गरी करिब एक घण्टाजति लाग्थ्यो । जाडोको समय भएकाले आठ बजेभन्दा अगाडि उज्यालो हु"दैनथ्यो भने चार बज्न नपाउ"दै अ"ध्यारो भइसक्थ्यो । यसरी जाडोको समयमा करिब चार महिना बिजुलीको प्रकाशबाहेक र्सर्ूयलाई देख्नु भनेको करिब-करिब असम्भव नै हुन्थ्यो ।जाडोको दिन अबेरसम्म सुतेपछि हतार हुने नै भयो । हतार भएकै कारणले होस्टलको आ
˚ू बस्ने कोठाको ढोका लगाउन बिर्सिएर विश्वविद्यालय गएछु । मेरो एक जना रुम-पार्टनर होन्डुरसको एडमुन्डो मभन्दा करिब पा"च मिनेटअगाडि नै हि"डेकाले म होस्टलबाट निस्क"दा आ˚ू बस्ने कोठाको सा"चो लगाउन बिर्सर्ेेे कुरा दिनभरि नै सम्भिmन सकिन" । ढोका लगाएरै हि"डेको आभास दिनभरि नै भयो भनौं । एडमुन्डोले पनि विश्वविद्यालयमा ढोकाबारे कुनै प्रश्न गरेन ।हुन त त्यो रेडियो आजकनलको जस्तो थिएन । अलि भद्दा खालको थियो । पछाडिपट्ट िकाठ जडिएको र स्विचहरू पनि ठूला-ठूला थिए । त्यस्तै चार-पा
"च किलो हु"दो हो त्यसको तौल । तर स्वर भने जापानीको भन्दा कम थिएन । पूरै तला थर्काउ"थ्यो त्यस रेडियोले । हाम्रो तलामा बस्ने साथीहरूले रेडियोको स्वर ठूलो भयो भनेर कहिलेकाहीं गुनासो पनि गर्दथे ।गएको बिदामा कजाकस्तानमा छुट्टीको समयमा काम गर्न विश्वविद्यालयले लगेको थियो । त्यहीं केही बचेको रकमबाट त्यो रेडियो किनेको थिए
" रेड स्क्वायरनिरको ँगुम’ भन्ने पसलबाट । गुममा त्यो बेला विशाल बजार नै थियो । सरकारी सुपर मार्केटको छोटकरीमा ँगुम’ नामकरण गरिएको थियो त्यो बेला । उक्त रेडियोको मूल्य चवन्न रुबल परेको थियो । हामी त्यो बेला नब्बे रुवल मात्र छात्रवृत्ति पाउ"थ्यौं । होस्टल र विश्वद्यालयमा पढ्न कुनै रकम तिर्नुपर्दैनथ्यो । नब्बे रुबलबाट किताब, कलम, खाना र यातायातको खर्च मात्र हामीले बेहोर्नुपर्दथ्यो ।विश्वविद्यालयबाट करिब पा
"च बजेतिर होस्टलमा आएपछि ढोका खुल्लै भएको देख्नासाथ केही अनिष्ट भएको मनमा शङ्का त लागिसकेको थियो । पा"च बजे पनि त्यो बेला अ"ध्यारो भइसकेको थियो । ढोका खोलेर यसो कोठाको अवलोकनपश्चात् रेडियो नभएको प्रस्टै देखियो । सुत्ने खाटको छेउमै राख्ने गर्दथें त्यो रेडियोलाई मैले । एडमुन्डोलाई मैले विश्वविद्यालयमै छोडेकाले ऊ मभन्दा अगाडि आयो होला भन्ने अनुमान नै लगाइन" । सबभन्दा छिटो आउने रुट भनेको भूमिगत रेल -मेट्रो) नै हो जुन मैले प्रयोग गरेको थिए" ।साथी नआउन्जेल कसैलाई किन भन्ने भनी म मेरो रुम-पार्टनरलाई पर्खेर बसें । ऊ पनि केही बेरपछि आयो । केही नेपाली साथीहरूलाई पनि बोलाएर केही बेर छल
˚ल गरी होस्टल सुपरिन्टेन्डेन्टलाई खबर गरें । रसियामा त्यो बेला सामान हराउनु वा चोरी हुनु भनेको अलि असामान्य लाग्थ्यो । विदेशी जिन्सको प्यान्ट, विदेशी रक्सी र अत्तर चाहि" कहिलेकाहीं हराएको सुनिन्थ्यो । तर त्यो रसियन भद्दा रेडियो कसले चोरेको होला, किन चोर्यो होला आदि-इत्यादि प्रश्न मेरो मनमा तर्ेर्सिएको थियो ।सुपरिन्टेन्डेन्टको सल्लाहअनुसार लेकिननिस्की प्रस्पेक्टमा रहेको पुलिस थानामा गई अर्को दिन रिपोर्ट गरें । उनीहरूले हामी पछि खबर गरौंला भने र मेरो निवेदन लिए ।
यसरी करिब एक महिना बितेको थियो । मैले त्यो रेडियोबारे शत प्रतिशत नै माया मारिसकेको थिए
" । एउटा औपचारिकता निभाइएको थियो रिर्पोट गरेर । दोष शत प्रतिशत आनै थियो । आनो घरमा सा"चो आ˚ू नलाउने, दोष अरूलाई दिने, अलि मिल्दैनथ्यो । ठीकै छ, यस पटकको मिहिनेत खेर गयो, अर्को पटक किनु"ला पैसा बचाउन सकियो भने- यस्तै सोच्दै दिनभरि विश्वविद्यालय जाने र आउने क्रम चलिरहन्थ्यो । ˚ेरि त्यो विदेशी रेडियो पनि थिएन । रसियन रेडियो जतिखेर गए पनि किन्न सकिन्थ्यो पैसा भयो भने ।एक महिनापछि मलाई भेट्न एक जना अधिकृत आए । उनले मस
"ग रेडियो हराएका बारेमा दर्ुइ-चार प्रश्नहरू सोधे र पछि पुनः भेट गर्न आउने बाचाका साथ र्˚र्किए ।"रेडियो पाइने भयो कि क्या हो -" मैले उनीस
"ग प्रश्न तेर्स्याए" ।ँने तरपिस
’ -हतार नगर) मात्र भने र उनी हि"डिहाले ।यसरी करिब दर्ुइ महिना बितिसकेको थियो । मैले करिब-करिब माया मारिसकेको थिए
" । हुन त मलाई रेडियोको कुनै आवश्यकता पनि थिएन । रुसी होस्टलमा त्यहा"का सरकारी रेडियोहरू मास्को च्यानल नं. १ र २ बाट चौबीसै घण्टा चाहेको खबर प्राप्त गर्न सकिन्थ्यो । प्रत्येक कोठामा लाउड स्पिकरहरू राखिएका हुन्थे । बिहानदेखि बेलुकासम्म कार्यक्रम आइरहेका हुन्थे । यसो बी. बी. सी., भ्वाइस अ˚ अमेरिका आदि सुन्न मात्र अर्को रेडियोको आवश्यकता पर्दथ्यो ।मेरो ल्याटिन अमेरिकाको साथी एडमुन्डो पनि रेडियो हराएकोमा खिन्न नै थियो । जतिखेर र्
˚र्ुसद हुन्थ्यो त्यही कुरा कोटयाइहाल्थ्यो । ँम त्रि्रो रुम-पार्टनर भएको बेलामा रेडियो चोरी भयो’ भन्थ्यो । म चाहि" उसको कुनै दोष नभएको बताउ"थें । ऊ राहतको सास लिन्थ्यो ।हुन त कोठामा तीन जनाका लागि व्यवस्था गरिएको थियो । एक जना रुसी विद्यार्थी चाहि
" मास्कोमा गर्लप|mेन्ड बनाएर उतै केटीको घरमा बस्ने गर्दथ्यो । हामीलाई त्यसले सजिलो पारिदिएको थियो । महिना दिनमा एक-दर्ुइ पटक मात्र आउ"थ्यो । ऊ अरु साथीको नोटबुक लिएर सार्नुपर्यो कि होस्टलमा आउ"थ्यो । कम्युनिस्ट पार्टर्ीीे युवक सङ्गठनमा ऊ सक्रिय थियो । उसलाई धेरै र्˚र्ुसद नभएकाले कक्षामा पनि कमै देखिन्थ्यो ।"विष्णु, तेरो रेडियो हरायो वा चोरी भयो भनेर म त पत्याउन्न
" । सोभियत सङ्घमा यस्ता घटना हु"दै हु"दैनन् । कहीं कसैलाई त तैंले दिइनस् ⁄" मस"ग भेट भयो कि ऊ त्यही कुरा दोहोर्याउ"थ्यो-तेहेर्याउ"थ्यो । ऊ त्यस्तो राजनीतिक कुरामा अलि बढी अडान राख्थ्यो । त्यहा" साथीभाइमा कुरा गर्दा कसैले दुःखमनाउ गर्दैनथे । त्यो प्रचलनले साथीहरूका बीचमा आत्मीयता साट्थ्यो । चाहे युरोपको होस् वा अप्रिmका वा एसिया वा ल्याटिन अमेरिका, सबैले सबैलाई ँत"’ नै सम्बोधन गर्थे । त्यो रुसी साथीले त तैंले दिएको निवेदन ˚तिर्ा लिएर आइजसम्म भन्थ्यो । मैले खुसीले त्यो निवेदन दिएको थिइन", सुपरिन्टेन्डेन्टले भनेबमोजिम गरेको थिए" । त्यसैले मैले निवेदन ˚तिर्ा लिनर्ेतर्˚ सोचाइ नै राखिन" ।करिब अर्ढाई महिनापछि मस
"ग दर्ुइ-चार प्रश्न सोध्न करिब केही दिनअगाडि आएका अधिकृत ˚ेरि होस्टलमै आए र उनको कार्यालयमा एक हप्ताभित्र कुनै समयमा आउन अनुरोध गर्दै उनको कार्यालयको ठेगाना दिई गए । ती वास्तवमा कानुन अधिकृत रहेछन् ।किन बोलाएको होला - पक्का पनि रेडियो पाइने भयो कि क्या हो
⁄ एउटा झीनो आशा मनमा पलायो । पढाइ कम हुने दिन पारेर दर्ुइ-चार मेट्रोका स्टेसन परिवर्तन गर्दै उनले दिएको ठेगानामा पुगें । ठेगाना दिने प्रचलन अति नै व्यवस्थित हुने गरेकाले पनि उनलाई भेट्टाउन मलाई गाह्रो परेन ।ँजर्दास्तउइचे
’ भन्दै म उसको कोठामा छिरें । उनले पनि मलाई बडो हार्दिकताका साथ अभिवादन गर्दै बस्न भने । रेडियो चोरीका बारेमा एक पाना टाइप गरेर उनले लेखेका रहेछन् इतिवृत्तान्त । मलाई पढेर सुनाए र हस्ताक्षर गर्न भने ।"रेडियो पाइने नै भयो -" मैले उसलाई हस्ताक्षरपश्चात् प्रश्न गरें ।
उसले
˚ेरि ँने तरपिस’ मात्र भन्यो ।सा
"च्ची भनू" भने म त्यो दिन रेडियो पाइएछ र लिन बोलाएको होला भनी गएको थिए" । पछि बुझदा त्यो सरकारी वकिलको कार्यालय रहेछ । मुद्दासुद्दा चलाउनका लागि मेरो बयानसहितको हस्ताक्षर लिएको रहेछ । पछि रुसी साथीहरूस"ग सोध्दा त्यो कुराको जानकारी भएको थियो । मेरो कोठाको रुम-पार्टनरले पनि अब त्रि्रो रेडियो पाइने भयो भनेको थियो ।एक किसिमले त्यो रेडियो चोरीको घटनाले मलाई रुसको कानुनसम्बन्धी केही झल्कोको जानकारी गराएकोमा कता-कता खुसी पनि लागेको थियो । मलाई त्यो बेलासम्म कम्युनिस्ट देशहरूमा अदालत र सरकारी वकिलहरू पनि हुन्छन् भने हेक्का नै थिएन । कानुनी प्रक्रिया पुर्याइ
"दै रहेछ ।एक दिन मलाई त्यही सरकारी वकिलको कार्यालयमा आउन अनुरोध गरियो । एक जना साथी पनि र सकिन्छ भने रुम-पार्टनर ल्याउन भनियो । रेडियो भेटिइसकेको समेत जानकारी गराइयो । औपचारिकताका लागि एक दिन अदालत जानुपर्ने बताइयो ।
"रेडियो कसले चोरेको रहेछ - त्यसको नाम के हो - रसियन हो वा विदेशी हो -" मैले एकै पटक धेरै प्रश्नहरू ऊसामु राखेको थिए
" ।"तिमीलाई रेडियो पाए पुगिगयो नि
⁄ किन चोरको नाम चाहियो -" उसले दिएको जवा˚ थियो ।उसलाई जति कर गरे पनि उसले चोरको नाम भन्दै भनेन ।
एक दिन एउटा घरको ठूलो हलमा म र एडमुन्डो गयौं । मलाई आ
नो कुरा भन्न लगाइयो । मैले रेडियो चोरी भएको घटना सुनाए" । एडमुन्डोले ँहो’ भनिदियो ।अनि हामीलाई बाहिर जान भनियो । हामी बिदा भई हि
"डयौं । त्यसको दर्ुइ-तीन दिनपछि होस्टल सुपरिन्टेन्डेन्टले मेरो त्यही रेडियो मलाई ˚तिर्ा दिए ।रेडियो पाएर मलाई खुसी त लाग्यो तर त्यो चोर्ने मान्छेको अनुहारसम्म हर्ेन पाएको भए हुन्थ्यो भन्ने थकथक त्यो बेलादेखि अहिलेसम्म पनि लागिरहेको छ ।
त्यो रेडियोको चोरी जसले पनि गरेको हुन सक्थ्यो । एक सय चालीस देशका विद्यार्थी बस्ने त्यो होस्टलमा कुनै अप्रि
mकीले चोरेको पनि हुन सक्थ्यो, रसियनले पनि चोरेको हुन सक्थ्यो । तर त्यहा"को पुलिसले कसरी पत्ता लगाउन सक्यो होला - मलाई अहिलेसम्म त्यस घटनाले घचघच्याइरहन्छ । त्यो चोर को थियो होला - सम्झ"दा त्यही चोरकै रेखाचित्र मानसपटलमा कोरिन खोज्छ । कालो थियो कि गोरो थियो कि वा गहु"गोरो थियो - जे होस्, त्यो रेडियो म नेपाल आउ"दा लिएर आएको थिए" । त्यसले करिब दस वर्षमेरो साथ दिएको पनि थियो । पछि बिग्रियो र एउटा रेडियो पसलमा बनाउन दिएको थिए"- बानेश्वरमा । रेडियो लिन एक महिनाजति गइएन । पछि त्यो ठाउ"मा जा"दा उसले पसल नै अन्त कतै सारेछ । अहिलेसम्म भेटिएको छैन ।रेडियो हराएको त्यो दिनको घटना र अहिलेसम्मको घटनाचक्र कहिलेकाहीं मेरो मन-मस्तिष्कमा आइरहन्छ, घुमिरहन्छ र बिर्सइन्छ ।
˚ेरि केही दिनपछि आउन थाल्छ- मेरा स्मृतिका पानाहरूमा ।