काठमाण्डौ, २३ माघ । पुर्वपश्चिम राजमार्गको पथलैया-हेटौडा सडक खण्डमा लुटेराहरुको एक समुहले रड सहितको ट्रकमा लुटपाट गरेर ट्रक लाई बेपत्ता बनाको छ ।
सिराहाबाट जगदम्बा स्टिलको रड लिई हेटौँडा आउँदै गरेको ना ४ ख २९९ नम्बरको ट्रक गयराती १० बजे बाराको चुरीयामाईमा लुटिएको प्रहरीले जनाएको छ । चार वटा मोटरसाईकलामा आएको ७ जनाको समुहले ट्रकका चालक देवि प्रसाद अधिकारी र सहचालक विन्दु चौधरीलाई नियन्त्रणमा लिई ट्रक लिएर गएको पिडीतले बताएका छन् ।
टुलेराहरुले ट्रकमा ब्राउन सुगर रहेको भन्दै चालक र सहचालकमाथि कुटपिट गर्नुका साथै उनिहरुको साथमा रहेको नगद ३५ सय र मोवाईल सेट समेत लुटेको पिडितको वादी छ । यसअघि पनि बारामा सिमेन्ट सहितको ट्रक लुटिएको थियो ।