REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
माओबादीले कोइरालालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको हो , प्रबक्ता के.सि.
February 06 2010


नुवाकोट २३ माघ । नेपाली काँग्रेसका प्रबक्ता अर्जुननरसिह के.सि.ले माओबादीको गोटी बनेर बर्तमान सरकार परिबर्तन गर्ने पक्षमा काँग्रेस नभएको स्पष्ट पार्नु भएको छ ।

नेपाल प्रेस युनियन द्धारा नुवाकोटको बिदुरमा आज आयोजना गरिएको श्रमजिवि पत्रकार ऐन कार्यान्वयन र अनुगमनका सम्बन्धमा आयोजित बागमती अाचल क्षेत्रिय गोष्ठिमा उहाँले सरकार तत्काल परिबर्तन हुने अवस्थामा नरहेको धारणा राख्नु भएको हो । माओबादीहरुले सुतिसुति भएपनि प्रधानमन्त्री बन्नाका लागि काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालई प्रस्ताव गरेको खुलासा गर्दै प्रबक्ता के।सि।ले माओबादी फेरी सरकार बनाउने अर्को षड्यन्त्रमा काँग्रेसलाई फासउने लागि परेको अरोप लगानु भयो ।

माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति कोइरालाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको भन्ने स्पष्टिकरण दिएको २४ घण्टा बित्न नपाउदै काँग्रेस प्रबक्ताको यस्तो धारणा आएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व सभापति तारानाथ दाहाल तथा पत्रकार महासंघका महासचिव पोषण के।सि।ले श्रमजिवि पत्रकार ऐनको कार्यान्वयनका पक्षमा सरकार उदाशिन रहेको आरोप लगाउनु भयो । उहाँले पत्रकारको हकहितका लागि ऐनको कार्यान्वन अतिआबश्यक रहेको बताउनु भयो ।

त्यसै गरेर नेपाल प्रेस युनियनका केन्द्रिय सचिव शिव लम्सालले अहिले एमालेले सरकारी साचारमाध्यममा पार्टी करण गरेको अरोप लगाउदै तत्काल संयुक्त सरकारको सहमति बेगर गरिएका नियुक्तिहरु बदर गर्न माग गर्नु भएको छ । उहाँले सरकारले एमाले करणलाई सरकारी साचारमाध्यमहरु पार्टी मुक्त राख्न नसकेमा युनियनले आन्दोलन गर्ने चेतावनि दिनु भएको छ । युनियनको क्षेत्रिय गोष्ठिले नुवाकोट घोषणा पत्र जारि गर्दै पत्रकारको भौतिक ब्यावसायीक लगायतको सुरक्षा सरकारसंग माग गरेको छ ।


Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
लोडसेडिङ बढयो
[March 11 2010]
काठमाडौ२८ फागुन । नेपाल विद्युत प्रधिकरणले लोडसेडिङको समय १ घण्टा थप गरेकेा छ । दैनिक ११ घण्टा हुदै आएको लोडसेडिङ आजदेखि दैनिक १२ घण्टा हुने भार
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Beema Sansthan Press Bigyapti
Suvakamana
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.