REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
'शिविर खाली गरेपछि मात्र संविधान'
February 06 2010

हेटौडा, २३ माघ/ नेपाली कांग्रेसका नेताहरुले माओवादी लडाकुका शिविर खाली गरेर मात्र संविधान जारी गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा कांग्रेस नेताहरुले हतियारधारी पार्टी लिएर संविधान जारी गरे लोकतन्त्रमाथि खतरा उत्पन्न हुने औंल्याए । साथै उनीहरुले संविधानसभाको तीन ठूला दल एमाओवादी, नेपाली कांग्रेस र एमाले मिले एक महिनामै संविधान बन्ने बताए ।

कार्यक्रममा कांग्रेस महामन्त्री केबी गुरुङले समयमै संविधान बन्ने दाबी गरे । 'केही समितिका प्रस्तावहरु बहुमत नपुगेर अड्किएका छन्, तिनीहरुको समाधान गर्न पनि संयन्त्र छन्’, उनले भने, 'हामीलाई जनताले संबिधान बनाउन पठाएका हुन्, हामी संबिधान बनाउँछौं ।छिनछिनमै बक्तव्य फेरिरहने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको बोली नै बुुझ्न नसकिएको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तीन मिले तोकिएको समयमै संबिधान बन्ने विचार व्यक्त गरे । 'दाहाल, गिरिजाप्रसाद कोइराला र झलनाथ खनाल मिले एक महिनामै संविधान बन्छ,' उनले भने, 'जेठ १४ कुनर्ैै पर्दैन ।संबिधान जारी नगरेसम्म वर्तमान सरकार परिवर्तन गर्न नहुने उनको धारणा थियो ।

नेताद्वयले संविधान जारी गर्नुअघि नै माओवादी लडाकु व्यबस्थापन हुनुपर्नेमा कांग्रेस अडिग रहेको धारणा राखे । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुनिलकुमार भण्डारी र विनयध्वज चन्द, सभासद् डीना उपाध्याय, कांग्रेस जिल्ला सभापति माइकल रामचन्द्र अर्यालको समेत उपस्थिति थियो ।

रिपोर्टर्स क्लब मकवानपुर शाखा अध्यक्ष सविन न्यौपानेको सभाध्यक्षतामा साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो ।

 

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.