प्रधानमन्त्री र वेलायती सेनाध्यक्ष भेटघाट आज
February 06 2010
काठमाडौ,२४ माघ । निर्धारित समयभन्दा एकदिन ढिलो नेपाल आउनु भएका वेलायती सेनाध्यक्षले आजदेखि राजनीतिक भेटघाट गर्नुहुनेछ । हिजो नेपाल आइपुग्नु भएका बेलायती सेनाका सेनाध्यक्ष डेभिड जुलियन रिचर्डस्ले आज प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट गर्दै हुनुहुन्छ । हिजो पोखरा जानुभएका सेनाध्यक्ष रिचर्डस् आज पोखराबाट फर्किए पछि समय तय हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधानसेनापति छत्रमान िसंह गुरुङ्गको औपचारिक निमन्त्रणामा नेपाल आउनुभएका रिचर्डसले हिजो नै पोखरास्थित बृटिश गोर्खा क्याम्प पोखरा एरिया वेल्फेयर सेन्टरलगायतको कार्यक्रममा सहभागी हुन त्यहाँ जानुभएको हो ।
[March 10 2010]
काठमाडौ,२७ फागुन । चालक हत्याको विरोधमा यातायात मजदुरहरुले आज झापा बन्द गराएका छन् ।झापाको गौरादहमा जन्तीले सामान्य विवादमा कुटपिट गर्दा हिजो बेहुली लिएरफर्कदै गरेको मे