हल्लै हल्लामा पूर्वाञ्चल बन्द
February 06 2010
धरान,२४ माघ । पूर्वक ९ जिल्लालाई लिम्वुवान क्षेत्र घोषणा गर्नुपने भन्दै संघीय लिम्वुवान राज्य परिषद क्रान्तिकारी ले आह्वान गरॆको पूर्वााचल वन्दको कारण आज बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । बन्दले सुनसरी झापा ईलाम पाचथर तेह्थुम धनकुटा जिल्ला प्रभावित भएको छ भने मोरंग संखुवासभा लगायत अन्य जिल्लामा भने खासै प्रभाव नपरेको प्रहरीले जनाएको छ । प्रभावित जिल्लाहरुमा यातायात वजार पसल कलकारखाना शैक्षिक संस्थ्ााहरु ठप्प रहेका छन् । पुर्ण रुपमा वन्द भए पनि अहिलेसम्म कतै पनि परिषदका नेता कार्यकर्ता सडकमा नदेखिएकाले अपि्रय घटना नभएको प्रहरीले जनाएको छ । उल्लेख्य कार्यकर्ता र सर्मथन नपाएको परिषदको बन्द आह्वानले खासै प्रभाव पार्न नसक्ने अन्य जातिय संगठनहरुले दाबी गरे पनि हल्लाकै भरमा बन्द भएको हो ।
[September 02 2010]
काठमाडौ, १८ भदौ । गएराती साढे आठ बजे सर्लाहीको बरहथवाका एक व्यापारीको गोली हानी हत्या गरिएको छ । बरहथवामा पसल भएका शम्भु दासलाई हतियारधारीले गोली