REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
विषेश समितिको बैठक बस्दै,चेन अफ कमाण्डबारे विवाद
February 06 2010


काठमाडौ,२३ माघ । सेना समायोजन र पुर्नस्थानाका लागि बनाएको कार्ययोजना बारे छलफल गर्न सेना समायोजन विषेश समितिको बैठक आज बस्दैछ । दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय िसंहदरबारमा बस्ने बैठकमा माओवादी लडाकुको चेन अफ कमाण्डका विषयमा छलफल हुनेछ । माओवादीको निगरानीका लागि बनाइने ९ सदस्यीय सचिवालयको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन । चेन अफ कमान्डको सचिवालय संयोजकका एकीकृत माओवादीले कमान्डर नन्दकिशोर पुनको नाम प्रस्ताव गरेको छ भने अरु दलहरुले स्वतन्त्र व्यक्ति हुनुपर्ने प्रस्ताव गरेको समितिका सदस्य फोरमका सह-अध्यक्ष जय प्रकाश प्रसाद गुप्ताले जानकारी दिनुभयो ।

माओवादी लडाकु नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीबाट एक—एक जना प्रतिनिधि तथा समायोजन सम्बन्धी चारजना विज्ञलाई सचिवालयमा समावेश गर्न सहमति भने भइसकेको छ । आजको बैठकमा समितिमा नै छलफल गरेर मिलाउने र उच्चस्तरीय राजनीततिक संयन्त्रमा छलफलका लागि पठाउने विषयमा पनि छलफल हुने गुप्ताले बताउनुभयो । सेना समायोजन नयाँ संविधान अघि या पछि समायोजनको संख्या र क्षेत्रका बारेमा संयन्त्रले टुङ्गो लगाउने प्रारम्भिक सहमति भइसकेको छ ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.