काठमाण्डौ, २४ माघ । माओबादी शिविरमा रहेका लडाकुको रेखदेख पुनस्थापना व्यबस्थापन र समायोजन सम्बन्धी बिषेश समितिको आजको बैठकमा लडाकुको समायोजन गर्ने संख्याका बारेमा छलफल भएको छ ।
सिहदरबार स्थित प्रधानमन्त्रीको कार्यालयमा आज दिउसो बसेको बैठकमा लडाकुको समायोजन गर्ने संख्याका बिषयमा छलफल भएको समितिका सदस्य तथा काँग्रेसका नेता डाक्टर रामशरण महतले जानकारी दिनु भयो । उहाँले शिविरमा रहेका लडाकु मध्ये कति लाई सुरक्षा निकायमा समायोजन गर्न सक्किन्छ भन्ने बिषयमा छलफल भएको भन्दै आज कुनैपनि निर्णय नभएको बताउनु भयो ।
त्यसै गरेर बैठक पछि साचारकर्मि संग कुरागर्दै माओबादीका नेता तथा समितिका सदस्य बर्षमान पुनले पनि माओबादी लडाकुको समायोजन गर्ने सख्याका बारेमा छलफल भएको भन्दै त्यस बिषय निर्णय नभएको बताउनु भयो । उहाँले यस बिषयमा केहि दिन सम्म छलफल चल्ने बताउनु भयो ।
प्रधानमन्त्री तथा बिषेश समितिका संयोजक माधबकुमार नेपालले शिविरका लडाकुको समायोजन सम्बन्धी १ सय १२ दिनको कार्ययोजना पेस गर्नु भएकोमा त्यसै कार्ययोजनामा पछिल्लो केहि दिन यता छलफल जारी रहदै आएको ।