काठमाण्डौ, २४ माघ । परराष्ट्रमन्त्री सुजाता कोइरालाले माओवादी लडाकुको वास्तविक संख्या बढीमा ५ हजार मात्रै भएको दावी गर्नु भएको छ । उहाँले अन्य लडाकुलाई पनि बाहिर निकाल्नु पर्ने बताउनु भएको हो ।
भक्तपुरको सानोठिमीमा आज भएको कार्यक्रममा उपप्रधानमन्त्री कोइरालाले ५ हजार योग्य लडाकूलाई मात्रै राखेर अरु बाँकीलाई अयोग्य लडाकुलाई जस्तै विदाई गर्नुपर्ने बताउनु भयो ।
उपप्रधानमन्त्री कोइरालाले बास्तविक ५ हजार लडाकुलाई सुरक्षा निकायमा समायोजन गर्न सकिने बताउनु भएको छ ।