REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
झाको दोस्रो सपथ, आजबाट कृयाशिल
February 07 2010



काठमाण्डौ, २४ माघ । भाषा विवादका कारण विगत सात महिनादेखि पद निष्क्रीय रहदै आएका उपराष्ट्रपति परमानन्द झाको पद आजबाट सकि्रय भएको छ ।

उपराष्ट्रपति झाले आज पुन अन्तरिम संविधान अनुसारको ढाँचामा सपथ खाएपछि उहाँको पद सकि्रय बनेको हो । उहाँलाई राष्ट्रपति कार्यालयमा आज आयोजित विषेस समारोहमा राष्ट्रपति डा। रामबरण यादवले पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो । सपथ लगत्तै उहाँले बहादुर भवनमा रहेको उपराष्ट्रपतिको कार्यालयमा गएर पदभार ग्रहण समेत गर्नु भएको छ ।
 
पहिलो पटक हिन्दी भाषामा सपथ लिएको विषयलाई सर्वोच्च अदालतले असंबैधानिक ठहर गरेपछि उहाँको पद निष्क्रीय रहदै आएको थियो । अदालतले उहाँलाई पुन नेपालीमा सपथ खान दिएको आदेश नमानेका कारण पद निष्क्रीय हुन फगेको हो ।

उपराष्ट्रपति झाले आज मातृभाषा मैथली र राष्ट्रिय भाषा नेपाली दुवैमा सपथ खानु भएको छ । यसअघिको सपथमा धोती लगाएर सपथ खानु भएका झाले आज भने दौरा सुरुवाल लगाएर सपथ खानु भएको थियो । सर्वोच्च अदालतले पुन नेपाली भाषामा सपथ खान गत साउन ९ गते अन्तरिम आदेश दिएकोमा आदेशको बेवास्ता गरेपछि उहाले भदौ सात गते पत्रकार सम्मेलन गरि निष्कृय बस्नु भएको थियो ।

उहाँ संविधानसभाको निर्वाचन पछि भएको निर्वाचनमा २०६५ सालको साउन महिनामा फोरमका तर्फबाट उपराष्ट्रपति पदमा निर्वाचित हुनु भएको थियो ।

 
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.