REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
संविधानसभाको म्याद एक वर्ष थप्नुपर्छ : माओवादी, अब कांग्रेसकै नेतृत्वमा सरकार : थापा
February 07 2010

काठमाडौं माघ २४ । एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले वर्तमान सरकार नढली शान्ति र संविधान असम्भव भएको बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा प्रवक्ता शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादीले सरकार परिवर्तनको निर्णय गराउने दाबी गरे ।
नेता शर्माले माओवादीले आफ्नै नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार बनाउन चाहेको स्पष्ट पारे ।  संविधानसभाको म्याद एक वर्ष थप्न सकिने उनको भनाइ थियो । त्यसका लागि संविधान संशोधन गर्न पछि नपरिने बताए । 
संविधान नबनाउँदै सेना समायोजन भन्नु प्रगतिगामी सोच र २०४७ को संविधान ब्युँताउने षड्यन्त्र भएको उनको भनाइ थियो । 'संविधान बन्नुअघि सेना समायोजन हुनै सक्दैन' उनले भने ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा नेकपा एमालेका सचिव युवराज ज्ञवालीले २०६७ जेठ १४ सम्म वर्तमान सरकारको विकल्प नभएको दाबी गरे । उनले भने- माओवादी अध्यक्षले नौ महिनादेखि यो  सरकार ढाल्ने बताइरहेका छन् । तर १४ जेठसम्म यो सरकारलाई कसैले हल्लाउन सक्दैन । ज्ञवालीले संविधान जारी हुनुअघि नै माओवादी लडाकु समायोजन गरिनुपर्ने दोहोर्याए ।
कार्यक्रममा नेपाली कांग्रेसका सभासद् गगन थापाले अब कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउनु सबैभन्दा उत्तम विकल्प भएको बताए । 'यो सरकारले केही गर्न सकेन' उनले भने- मन्त्रीहरु अनुशासनहीन र अराजक छन् । त्यसैले अब निश्चित कार्ययोजना बनाएर कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सरकार सबैभन्दा उत्तम विकल्प हो । थापाले संविधानसभाको म्याद नथपी शान्ति र संविधान बन्न नसक्ने बताए । 'वास्तविकताको धरातलमा उभिएर सोच्दा म्याद थप्नुको विकल्प छैन' उनले भने । उच्चस्तरीय राजनीतिक संयन्त्र समयको आवश्यकता र परिस्थितिको बाध्यता भएको उनको भनाइ थियो । 

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.