नेपाल-चीनबीच सुरक्षा सहयोग सम्बन्धि सम्झौतामा हस्ताक्षर आज
February 07 2010
काठमाडौ,२५ माघ । चीनले नेपाली सुरक्षाकर्मीलाई उपलब्ध गराउने सहयोग सहमतिपत्रमा आज हस्ताक्षर हुदै छ । चीन सरकारले नेपाली सुरक्षा निकायलाई के कति परिणाममा कस्ता सामाग्री उपलब्ध गराउने भन्ने विषयमा आज हस्ताक्षर हुनेछ । चीनमा रहनुभएका गृहमन्त्री भिमबहादुर रावल र चीन जनसरकारका सार्वजनिकमन्त्री मेङ जीयान्जुबीच छलफलपछि हस्ताक्षर गर्ने कार्यक्रम छ । चीनियाँ सुरक्षा अधिकारीहरु समेतको सहभागितामा हुने वार्तामा सीमा अपराध नियन्त्रण व्यवस्थापन लगायतका विषयमा छलफल हुनॆ कार्यतालिका रहेको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस