काठमाडौं, २५ माघ । हिन्दी फिल्मकी चर्चित नायिका मनिषा कोइरालाले आज काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाली कथानक चलचित्र "गल्र्स" को शुभारम्भ गर्नुभयो ।
लागूपदार्थको कुलतको कथामा आधारित चलचित्र गल्र्सको शुभारम्भ गर्दै नायिका कोइरालाले आफूलाई निर्माण गर्न लागिएको गल्र्स चलचित्रले उठाउन खोजेको विषयवस्तु मन परेको र यस्ता चलचित्रहरुले नेपाली फिल्मी क्षेत्रलाई माथि उठाउने विश्वास ब्यक्त गर्नुभयो । उहांले आफूले पनि अब केही नेपाली फिल्ममा खेल्ने सोचाइ बनाएको उल्लेख गर्दै फिल्मको कथावस्तु, निर्माण तथा प्राविधिक पक्ष सबल हुनुपर्छ भन्नुभयो ।
चलचित्रका निर्माता पि्रन्सले गल्र्स चलचित्र सन्देशमूलक हुने जानकारी दिनुभयो ।
शुभारम्भ कार्यक्रममा बोल्दै रिपोटर्स क्लवका अध्यक्ष ऋषि धमलाले मनिषा कोइराला जस्ता नायिकाले नेपाली फिल्म क्षेत्रलाई भित्रैदेखि माया गर्नुपर्ने भन्दै कोइरालाले एक दुइ वटा होइन् केही दर्जन चलचित्रमा अभिनय गर्नुपर्छ भन्नुभयो । आफूले पनि भावना नामक टेलिफिल्ममा खेलेको अनुभव सुनाउंदै उहांले राजनीतिक घटनाक्रममा आधारित फिल्म बन्नुपर्ने र फिल्मले शान्ति र परिवर्तनको पक्षमा सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।््