काठमाडौं माघ २५ । पनौतीको १२ वर्षे मकर मेलामा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला सम्मानित भएका छन् ।
सोमबार मेलामा इन्द्रेश्वर उच्च माविमा विज्ञान संकाय थप्नका लागि आयोजित १०८ श्रीमदभागवत महापुराण कार्यक्रममा स्थानीय समाजसेवी रघुनाथ तिमि_िल्सनाले धमलालाई दोसल्ला ओढाएर सम्मान गरे । यस्तै माइती वृद्धाश्रमका लागि आयोजित शिवपुराण कार्यक्रममा कल्याणी माताले धमलालाई दोसल्ला ओढाएर सम्मान गरिन् ।
छुट्टाछुट्टै कार्यक्रममा अध्यक्ष धमलाले दान नगरी कोही व्यक्ति सफल नहुने धारणा राखे । ुधन थुपारेर मात्र केही हुँदैन दान नगरी कोही सफल हुँदैनु उनले भने- नेपालीहरु दानी र गुणग्राही छन् । उनले वृद्धाश्रम र विज्ञान संकाय खोल्न सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरे ।
सोमबार पनौती मकर मेलामा पूर्व राजा ज्ञानेन्द्रले समेत स्नान गरेका थिए । उनले उच्च मावि र वृद्धाश्रमलाई नगद एक एक लाख रुपैयाँ सहयोग गरेका छन् ।