REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

हत्यारालाई कडा कारबाही गर्छु: प्रधानमन्त्री
February 08 2010

 
 

काठमाडौं, माघ २५ - प्रधानमन्त्री माधवकुमार नेपालले जमिम शाहको हत्यारालाई  चाँडो पत्ता लगाएर कडा कारबाही गर्ने बताएका छन् ।  हत्या गरिएका सञ्चार उद्यमी शाहको पानीपोखरीस्थित निवासमा सोमबार पुगेर  उनको परिवारसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले दोषीलाई कडा कारबाही गर्ने बताएका हुन् ।  शाहका बुबाले प्रहरी प्रशासनको कमजोरीको कारण आफ्नो छोराको हत्या भएको गुनासो प्रधानमन्त्रीसँग गरेका थिए ।

२४ घण्टा वितिसक्दा पनि हत्यारा पत्ता नलाग्दा हत्यारालाई कारबाही हुन्छ भन्ने आशा नभएको उनले  प्रधानमन्त्रीसँग भने । शाहका बाबुले आफ्नो छोराको जस्तो मृत्यु कसैको छोराको नहोस भनि प्रधानमन्त्रीसँग दुःख व्यक्त गरेका थिए । प्रधानमन्त्रीको साथमा बनमन्त्री दीपक बोहरा र गृहराज्यमन्त्री रिजवान अन्सारी पनि शाह निवास गएका थिए । सिंहदरवारमा सुरक्षा अधिकारीलाई निर्देशन दिएलगत्तै प्रधानमन्त्री पानीपोखरीस्थित शाह निवासमा गएका थिए । शाहको शव पोस्मार्टमपछि उनकै निवासमा राखिएको छ ।

यसअघि प्रधानमन्त्री नेपालले सञ्चार उद्यमी शाहको हत्याबारेमा सुरक्षा अधिकारीहरुबाट जानकारी लिएका थिए । उनले तत्काल अपराधीहरुलाई पक्राउ गर्न निर्देशन दिएका प्रधानमन्त्रीका सहयोगी सुरोजङ पाण्डेले बताए ।

बैठकमा गृहराज्यमन्त्री रिजवान अन्सारी, गृहसचिव गोविन्द कुसुम, नेपाल प्रहरी, सशस्त्र र अनुसन्धान विभागका निमित्त प्रमुखलगायत उपत्यकाका विभिन्न प्रहरी ईकाईका अधिकारीहरुको उपस्थिति थियो । गृहमन्त्री भीम रावलसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरु भने अहिले चीन भ्रमणमा छन् ।

च्यानल नेपाल तथा स्पेशटाइम नेटवर्कका अध्यक्ष शाहको आइतबार दिउँसो लाजिम्पाटमा गोली हानी हत्या गरिएको थियो । गोली लागेर शाहका सवारी चालक मधुकरमान मालाकार घाइतेसमेत घाइते भएका थिए । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.