REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
इतिहाँस चरे दीपकले, बुधवार घर फर्किदै
February 08 2010

 

ढाका । अघिल्लो चरणमा झण्डै झण्डै वेइज्जत गराएको नेपालले सागमा पछिल्लो पटक इज्जत राखेको छ । तेक्वान्दो स्टार दीपक विष्टले दक्षिण एसियाली खेलकुदमा लगातार ४ वटा स्वर्ण जित्ने दुर्लभ कीर्तिमान बनाएका छन्। सोमबार भुटानी प्रतिद्वन्द्वी टासीलाई फाइनलमा ६/३ अंकले पराजित गरेपछि उनी दक्षिण एसियाली खेलकुदको २६ वर्ष लामो इतिहासमा फरक संस्करणमा ४ स्वर्ण जित्ने पहिलो दक्षिण एसियाली खेलाडी बनेका छन्।

उनको यो सफलतापछि दक्षिण एसियाली खेलकुदका तीन संस्करणमा लगातार स्वर्ण जित्ने अर्को नेपाली ख्यातिप्राप्त म्याराथन धावक बैकुण्ठ मानन्धरको कीर्तिमान भंग भएको छ। दीपकले आठौंदेखि एघारौ सागसम्म लगातार ४ स्वर्ण जित्ने कीर्तिमान बनाएका छन। दक्षिण एसियाली खेलकुदमा एउटै खेलाडीले लगातार ४ वटा सागमा स्वर्ण जित्ने कीर्तिमान उनीबाहेक कसैले बनाएका छैनन्।

मानन्धरले सन् १९८४ देखि सुरु भएको पहिलो दक्षिण एसियाली खेलकुददेखि कोलकातामा भएको तेस्रो सागसम्म तीनवटा स्वर्ण जित्न सफल भए पनि इस्लामाबादमा सन् १९८९ मा भएको चौथो साफमा स्वर्ण जित्न सकेनन्। उनी चौथो साफमा कास्यमा सीमित भए।

'मैले यसको कल्पना पनि गरेको थिइनँ। यसपालि मलाई थुप्रै दबाब थियो,' दक्षिण एसियाली खेलकुदमा लगातार ४ स्वर्ण जित्ने इतिहास बनाएका दीपकले नागरिकसँग भने।

उनलाई सागमा यो दुर्लभ कीर्तिमान बनाउन सोमबार ठूलै मेहनत गर्नुपर्‍यो। एक वर्षअघि बेइजिड ओलम्पिकको तयारी गर्दा बायाँ घुँडामा लागेको चोटका कारण राम्रोसँग तालिम गर्न नसकेका दीपकका अगाडि यसपालि पदक जित्न ठूलै दबाब थियो। 'दबाबका कारण रातभरि सुत्न सकेको थिइनँ। धेरै नेपालीको आशा ममाथि थियो,' खेलअगाडिको पीडा सुनाउँदै उनले भने।

उनको दायाँ घुँडाको शल्यक्रिया दुईपल्ट भइसकेको अवस्थामा चिकित्सकहरूले बायाँ घुँडाको पनि शल्यक्रिया गर्ने सल्लाह दिएका थिए। तर, उनले शल्यक्रिया गर्दा एघारौं साग प्रभावित बन्ने भन्दै मानेका थिएनन्।

एघारौ सागको पहिलो खेलमै दशौं सागका स्वर्ण विजेता बंगलादेशी मोहम्मद मिजानुर रहमानलाई पाएपछि दीपकको स्वर्ण जित्ने सम्भावनालाई कम आँकिएको थियो। अघिल्ला तीन सागमा स्वर्ण जित्दा दीपक ७८ केजी तौल समूहमा उत्रिएका थिए। यसपालि उनी घुँडाको चोटका कारण धेरै तौल घटाउन नहुने चिकित्सकहरूको सल्लाहबमोजिम ८७ केजीमूनि तौल समूहमा उत्रिएका थिए। यो समूहमा मिजानुरले दसौं सागको स्वर्ण जितेका थिए। तर, दीपकले स्थानीय बंगाली प्रतिद्वन्द्वी मिजानुरलाई पहिलो खेलमै १०/१ को भारी अन्तरले पराजित गरे। सुरुमै अप्पर किक प्रहार गर्दै तीन अंक जोडेयता पछाडि नफर्किएका दीपकको प्रदर्शनपछि नेपाली समर्थकको चर्को हुटिडले खेलस्थल नै गुन्जिएको थियो।

'यो कीर्तिमान म सबै नेपालीलाई समर्पण गर्न चाहन्छु र बेइजिड ओलम्पिकमा सारा नेपालीलाई दुखी तुल्याएको घटना बिर्सन विशेष आग्रह गर्छु,' स्वर्ण जितेपछि ३३ वर्षीय कीर्तिमानधारी खेलाडीले प्रतिक्रिया दिए। बेइजिड ओलम्पिकमा दीपकको प्रदर्शन निकै फितलो थियो।

दीपकले फाइनल प्रवेशका लागि भारतका नकुल मल्होत्रालाई ६/१ अंकमा हराए।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.