REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
संयन्त्रको नबसे पनि तीन दलको बैठक बस्यो
February 08 2010

काठमाडौ । काग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा गठित उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित बने पनि प्रमुख ठुला तीन दलका नेताहरुले नयाँ संविधानका विषयगत मस्यौदामा रहेको फरक मत र विवाद अन्त्य गर्ने विषयमा छलफल गरेका छन् । संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको बैठकमा संविधानसभाको शासकीय स्वरुप निर्धारण आयोग संबैधानिक निकायको संरचना निर्धारण समितिले पेश गरेको विषयगत प्रतिवेदनमा दलहरु विच रहेको मतभेद अन्त्य गर्ने विषयमा छलफल भएको माओबादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकासले जानकारी दिनु भयो । यद्यपि उहाँले बैठकका सबै विषय सार्वजनिक नगर्ने सहमति भएको ले सबै विषय सार्वजनिक गर्न नमिल्ने बताउनु भयो । शासकीय स्वरुप निर्धारण समितिको विषयगत प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदीय ब्यवस्था रहेको छ । भने निर्वाचन प्रणालीमा पनि दलहरु विच मतभेद रहेको छ । त्यस्तै संबैधानिक निकायको संरचना निर्धारण समितिले ६४ बटा संबैधानिक आयोगको प्रस्ताव गरेको छ । दलहरु सो संख्यालाई घटाउने विषयमा लगभग प्रमुख दलहरु सहमतिको नजिक पुगेको बताईएको छ । आजको बैठकमा एमाले अध्यक्ष झलनाथ खनाल भरतमोहन अधिकारी एकीकृत नेकपा माओबादीका उपाध्यक्ष प्रकास र काग्रेस नेता रामशरण महत लक्ष्मण घिमिरे लगायतकाको उपस्थिति रहेको थियो ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.