काठमाण्डौ २८ माघ । गत आइतवार दोस्रो पटक सपथ खाएका उपराष्ट्रपति परमानन्द झाले आज पहिलो पटक राष्ट्रपति डाक्टर रामबरण यादव सँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपतिको कार्यालय शितल निवासमा भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र अन्य बिविध समसामयिक राजनीतिक बिषयहरुमा छलफल भएको थियो ।
उपराष्ट्रपति झाले राष्ट्रपति डाक्टर यादव संँग भेटगरेर मुलुकको पछिल्लो अबस्थाका बारेमा छलफल गर्नुका साथै आफ्नो कार्यालयको काम कारवाही वारे जानकारी गराउनु भएको उहाँको नीजि सचिवालयले जनाएको छ । उहाँहरुविच राष्ट्रपतिको आशन्न भारत भ्रमणबारे पनि छलफल भएको थियो । यद्यपि उहाँहरुको आजको यो भेटलाई नियमित भेट भनिएको छ ।