
पैँयाटार तेक्वान्दो डोजाङ्ग कपन-९ पैयाटार र स्पोर्ट स्पेसल क्लव आरुवारीले संयूक्त रुपमा एक समारोहवीच सातौ जेजू अन्तराष्ट्रिय तेक्वान्दो स्पोर्ट फर अल च्यामपेन्सिपमा पूम्से विधामा नेपाल र नेपालीका लागि चौविस राष्ट्र माझ स्वर्ण्र्ाादक विजेता अखिल नेपाल तेक्वान्दो संघका महासचिव एवं अन्तराष्ट्रिय रेप
|mी अनुयाज गौतम लाई एक सम्मान पत्रद्वारा सम्मानित गरियो ।पैयाटार डोजाङ्गमा अध्यक्ष राजेन्द्र बुढाथोकिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय विधायक आनन्दप्रसाद पोखरेल रहनु भएको थियो । पैयांटार तेक्वान्दो डोजाङ्गका संस्थापक डोजाङ्ग प्रमुख, एन्टा केन्द्रिय सदस्य एवं दोलखा जिल्ला प्रमुख प्रशिक्षक महेश के.सि.को आकर्षा जम्प प
|mण्ट किक ब्रेकिङद्वारा आकर्ष तेक्वान्दो खेल प्रदर्शन गरिएको थियो ।महेश के.सि. द्वारा स्वागत गरिएको उक्त सम्मान कार्यक्रममा दोलखामा तेक्वान्दो विकास र विस्तारमा सहयोग पुर्याउनु हुने लापिलाङ्ग आयर्ुर्वेदका प्रमुख कविराज उद्धव भट्टर्राईलाई समेत स्थानिय समाजसेवी रमेश थापाले सम्मान पत्रद्वारा सम्मान गर्नु भएको थिए ।
ने.का. प्रजातान्त्रिकका कपन इकाई सभापति राजाराम बुढाथोकी, लापिलाङ्ग सेवासमिति दोलखाका अध्यक्ष कुमार खड्का, स्र्पोट स्पेसल क्लव -आरुवारी) का उपाध्यक्ष भरत देवकोटा, समाजसेवी रव्रि्रसाद पौड्याल, चित्रध्वज खड्का, च्छो रोल्पा कार्पेट फ्याक्टि्रका संस्थापक अध्यक्ष समाजसेवी कमलराज श्रेष्ठ, कपन उसुका प्रशिक्षक अध्यक्ष शंकर थापा लेकाली, तेक्वान्दो प्रशिक्षक अनिल देवकोटा, विश्वनाथ लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय विधायक आनन्दप्रशाद पोखरेलले तेक्वान्दो खेलमा रहेको भ्रष्टाचार, विकृती र विसंगतीका लागि एण्टाले थालेको कदमप्रति आफू सहमति भएको र नेपालमा हुने गरेको यस्ता विसंगति का विरुद्ध आफूले आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसै गरी सम्मानित व्यक्तित्व अन्तराष्ट्रिय रेप्रि
m तथा एण्टा महासचिव गौतमले आफूलाई यसरी सम्मान गर्नु भन्दा नेपालमा व्याप्त तेक्वान्दो खेलमा भ्रष्टाचार र यसलाई पोषण गर्नेहरुलाई कानुनको कठघरामा दण्डित गर्न सके त्यो नै सच्चा सम्मान हुने छ भन्ने वताउनुभयो ।