काठमाडौं, फागुन १ । रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सदस्य एवं इमेज च्यानलका प्रमुख समाचारदाता सन्तोष न्यौपानेलाई पितृशोक परेको छ । न्यौपानेका पिता जगदीश न्यौपानेको ६७ वर्षको उमेरमा उहाँकै निवास जिता, लमजुङमा शनिबार बिहान हृदयघातबाट निधन भएको हो ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले यस दुःखद् घडीमा स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् ।