संजीवकुमार झा जनकपुरधाम ३ फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पार्टी प्रवक्ता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेस एक मधेश स्वायत प्रदेश र जातिय आधारमा राज्य पुर्नसंरचना गर्ने पक्षमा नरहेको वताएका छन् । वर्तमान अवस्थामा संबिधान निर्माण र शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याने कांग्रेसको एक मात्र एजेण्डा रहेको उनले वताए ।
जनकपुरमा आज आयोजीत पत्रकार सम्मेलनमा सहमहामन्त्री केसिले वर्तमान संयन्त्र सरकार गठन गर्नको लागि नभई संबिधान निर्माण र राजनीतिक सहमति गर्नको लागि भएको वताए । मधेशबादी दलका नेताहरुलाई पनि संयन्त्रमा राख्ने विषयमा छलफल भईरहेको भन्दै उनले माओवादीलाई सत्ताको खेलमा नलागि संबिधान निर्माण गर्नतिर गंभिरहुन आग्रह गरे ।
संबिधान निर्माण भन्दा पहिले सेना समायोजन हुनुपर्ने तर माओवादीको उग्रपक्ष संबिधान निर्माण हुन नदिने पक्षमा रहेको उनले वताएका ।