काठमाडौ९ फागुण । नारायणगढबाट पोखरातर्फ आईरहेको ना३ख २६९६ नम्बरको बस पृथ्वीराजमार्ग अन्र्तगत घाँसीकुवा बजार नजिकै र्दुघटनाग्रस्त हुँदा ४१ यात्रु घाईते भएका छन् ।
घाईतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईते हुनेहरुमा चितवनका सविना विकज्योति खनालरुपन्देहीका माधव प्रसाद बराईरतन बराईर बाग्लुङका राम पौडेल रहेका छन् ।
घाईते सबैकेा अहिले पोखरास्थित पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ ।
गुडिरहेको बसमा एक्कासी करेन्ट सर्ट भई बसको बत्ति निभेपछि बस राजमार्गदेखि करिब ३० मिटर तल खसेर दुर्घटना भएको बताईएको छ ।