बारा, १० फागुन । देशका विभिन्न ठाऊमा भएका दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । पुर्ब पश्चिम राजमार्ग अन्तरगत बाराको निजगढमा बस र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा रहेका २ जनाको मृत्यु भएको छ । निजगढ गाविस वडा नम्बर ५ का २८ वर्षका बुद्ध बहादुर भुलनको घट्नास्थलमै र घाइते भएका सन्जिव लामाको नारायणी उपक्षेत्रीय अस्पताल बिरगाजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । यस्तै महोत्तरीको लक्ष्मिनियामा ट्रक र मोटरसाइकल ठोकिदा मोटरसाइकलका चालक सर्लाही बिर्ताका ५५ बर्षका रामचन्द्र चौधरीको मृत्यु भएको छ । यस्तै मोरङको कद्माहामा राँगा गाडा र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक सिराहा ठाँडीका ४० बर्षका बिद्यानन्द झाको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।